Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सरकार भ्रष्टाचार विरुद्ध निर्ममता पूर्वक लाग्नेछ ः प्रदीप ज्ञवाली
    कनकाई नगरपालिका

    सरकार भ्रष्टाचार विरुद्ध निर्ममता पूर्वक लाग्नेछ ः प्रदीप ज्ञवाली

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक ९, शुक्रबार १२:०३ गते3 Mins Read

    बिर्तामोड \ नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले यो सरकार भ्रष्टाचार विरुद्ध निर्ममता पूर्वक लाग्ने बताएका छन् । नेकपा एमाले झापाले बिहिबार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले वर्तमान सरकार भ्रष्टचार विरुद्धमा निर्ममता पूर्वक लाग्ने बताएका हुन् ।

    राज्यका निकायलाई काम गर्न दिनुपर्ने तर्फ जोड दिँदै एमाले नेता ज्ञवालीले भ्रष्टाचारमा संलग्न भए कानुनी कारबाही हुन्छ, नभए सफाई पाइने बताए । एमालेले संविधानसभा सदस्य इच्छाराज तामाङदेखि बहालवाला बाग्लुङका मेयरलाई भइरहेको कारबाहीमा अवरोध नगरेको उनले बताए ।
    केन्द्र तह, जिल्ला, पालिका र जनवर्गीय संगठनका नेताहरु सहभागी भएको कार्यकर्ता भेलामा समसामयिक विचार प्रस्तुत गर्दै नेता ज्ञवाली गल्ती नगर्नेहरु डराउनु नपर्ने बताएका छन् ।

    रास्वपाले सडक अदालतबाट फैसला गर्न चाहेको तर्फ संकेत गर्दै नेता ज्ञवालीले अब सडक अदालतले फैसला गर्ने दिन गएको बताए । नेता ज्ञवालीले रास्वपालाई अदालतले फैसला गर्ने भन्दै सडकबाट फैसला गर्न खोज्नु बेठिक भएको बताए । उनले रास्वपाले ‘क्लिन चिट’ पाएको भन्दै हुर्रे गरिसकेकाले अदालतबाट पनि क्लिन चिट ल्याउन सूझाव दिए । सरकारले संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्छ, ज्ञवालीले भने – कसैलाई कानुन लाग्ने, रास्वपालाई नलाग्ने भन्ने हुदैन ।

    कांग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाण, एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी सहित अन्य धेरै नेताहरु पक्राउ पर्दा कुनै पनि पार्टीले जुलुस ननिकालेको ज्ञवालीको भनाई छ । सहकारी ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको अनुसन्धान चलिरहेको बेला प्रदर्शन गरेर कानुन कार्यान्वयन गर्ने निकायलाई प्रभावित बनाउन खोजेर गल्ती गरेको बताए ।

    वर्तमान सरकार गणतन्त्र जोगाउनकालागि बनेको भन्दै उनले व्यवस्थाकै विरुद्ध गतिविधि बढेपछि एमाले, कांग्रेसले सरकार बनाएको धारणा राखे । यो सरकारले अस्थिरताको अन्त्य गर्ने नेता ज्ञवालीको भनाई छ । अब देश बन्दैन, बंगलादेश जस्तो बनाइदिन्छांै भन्दै देशमा निराशा फैल्याउने काम भइरहेकोले सचेत हुन नेताकार्यकर्ताहरुलाई एमाले नेता ज्ञवालीले आग्रह गरेका छन् । गणतन्त्र मन नपराउनेहरुले बंगलादेश बनाइदिन्छांै भन्दा राजाबादीहरुले पनि मुख मिठ्याएको उनको प्रतिक्रिया थियो ।

    नेता ज्ञवालीले पार्टी र सरकार बारेमा धारणा बनाउदा राम्रो बुझेर मात्र बनाउन सूझाव दिएका छन् । पार्टीबाट पनि कमजोरी हुन्छ, हुन सक्छ, उनले भने – त्यो बेला पनि धारणा बनाउदा यथार्थ बुझेर बनाउन आग्रह गरेका छन् ।पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिदैं आत्मबल बलियो बनाएर काम गर्न भनिएको छ । नेता ज्ञवालीले थपे, आत्मबल नै कमजोर भयो भने मात्र समस्या हुन्छ, नत्र केही हुने वाला छैन ।

    प्रशिक्षणका क्रममा उनले माओवादीको प्रसंगलाई पनि जोडे । माओवादी अध्यक्ष प्रचण्डले ३२ सिटे जादुमयी नम्बरबाट कांग्रेस एमालेलाई घुमाइरहने सपना देखेपछि उनको नेतृत्वले अस्थिरता बढाउदै लैजाने निष्कर्ष निकालेको बताए । नेता ज्ञवालीले माओवादीले एमाले–कांग्रेसलाई घुमाइरहने अवस्थालाई बन्द गर्न पनि राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिएको उनले बताए । नेता ज्ञवालीले कांग्रेस एमाले सरकारमा भएपनि निर्वाचनमा एकअर्काको प्रतिष्पर्धी भएको जनाए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनमा आजदेखी महायज्ञ सुरु हुने

    २०८२ बैशाख २४, बुधबार ०७:४५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.