Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सरकार भ्रष्टाचार विरुद्ध निर्ममता पूर्वक लाग्नेछ ः प्रदीप ज्ञवाली
    कनकाई नगरपालिका

    सरकार भ्रष्टाचार विरुद्ध निर्ममता पूर्वक लाग्नेछ ः प्रदीप ज्ञवाली

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक ९, शुक्रबार १२:०३ गते3 Mins Read

    बिर्तामोड \ नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले यो सरकार भ्रष्टाचार विरुद्ध निर्ममता पूर्वक लाग्ने बताएका छन् । नेकपा एमाले झापाले बिहिबार बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले वर्तमान सरकार भ्रष्टचार विरुद्धमा निर्ममता पूर्वक लाग्ने बताएका हुन् ।

    राज्यका निकायलाई काम गर्न दिनुपर्ने तर्फ जोड दिँदै एमाले नेता ज्ञवालीले भ्रष्टाचारमा संलग्न भए कानुनी कारबाही हुन्छ, नभए सफाई पाइने बताए । एमालेले संविधानसभा सदस्य इच्छाराज तामाङदेखि बहालवाला बाग्लुङका मेयरलाई भइरहेको कारबाहीमा अवरोध नगरेको उनले बताए ।
    केन्द्र तह, जिल्ला, पालिका र जनवर्गीय संगठनका नेताहरु सहभागी भएको कार्यकर्ता भेलामा समसामयिक विचार प्रस्तुत गर्दै नेता ज्ञवाली गल्ती नगर्नेहरु डराउनु नपर्ने बताएका छन् ।

    रास्वपाले सडक अदालतबाट फैसला गर्न चाहेको तर्फ संकेत गर्दै नेता ज्ञवालीले अब सडक अदालतले फैसला गर्ने दिन गएको बताए । नेता ज्ञवालीले रास्वपालाई अदालतले फैसला गर्ने भन्दै सडकबाट फैसला गर्न खोज्नु बेठिक भएको बताए । उनले रास्वपाले ‘क्लिन चिट’ पाएको भन्दै हुर्रे गरिसकेकाले अदालतबाट पनि क्लिन चिट ल्याउन सूझाव दिए । सरकारले संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्छ, ज्ञवालीले भने – कसैलाई कानुन लाग्ने, रास्वपालाई नलाग्ने भन्ने हुदैन ।

    कांग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाण, एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी सहित अन्य धेरै नेताहरु पक्राउ पर्दा कुनै पनि पार्टीले जुलुस ननिकालेको ज्ञवालीको भनाई छ । सहकारी ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको अनुसन्धान चलिरहेको बेला प्रदर्शन गरेर कानुन कार्यान्वयन गर्ने निकायलाई प्रभावित बनाउन खोजेर गल्ती गरेको बताए ।

    वर्तमान सरकार गणतन्त्र जोगाउनकालागि बनेको भन्दै उनले व्यवस्थाकै विरुद्ध गतिविधि बढेपछि एमाले, कांग्रेसले सरकार बनाएको धारणा राखे । यो सरकारले अस्थिरताको अन्त्य गर्ने नेता ज्ञवालीको भनाई छ । अब देश बन्दैन, बंगलादेश जस्तो बनाइदिन्छांै भन्दै देशमा निराशा फैल्याउने काम भइरहेकोले सचेत हुन नेताकार्यकर्ताहरुलाई एमाले नेता ज्ञवालीले आग्रह गरेका छन् । गणतन्त्र मन नपराउनेहरुले बंगलादेश बनाइदिन्छांै भन्दा राजाबादीहरुले पनि मुख मिठ्याएको उनको प्रतिक्रिया थियो ।

    नेता ज्ञवालीले पार्टी र सरकार बारेमा धारणा बनाउदा राम्रो बुझेर मात्र बनाउन सूझाव दिएका छन् । पार्टीबाट पनि कमजोरी हुन्छ, हुन सक्छ, उनले भने – त्यो बेला पनि धारणा बनाउदा यथार्थ बुझेर बनाउन आग्रह गरेका छन् ।पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिदैं आत्मबल बलियो बनाएर काम गर्न भनिएको छ । नेता ज्ञवालीले थपे, आत्मबल नै कमजोर भयो भने मात्र समस्या हुन्छ, नत्र केही हुने वाला छैन ।

    प्रशिक्षणका क्रममा उनले माओवादीको प्रसंगलाई पनि जोडे । माओवादी अध्यक्ष प्रचण्डले ३२ सिटे जादुमयी नम्बरबाट कांग्रेस एमालेलाई घुमाइरहने सपना देखेपछि उनको नेतृत्वले अस्थिरता बढाउदै लैजाने निष्कर्ष निकालेको बताए । नेता ज्ञवालीले माओवादीले एमाले–कांग्रेसलाई घुमाइरहने अवस्थालाई बन्द गर्न पनि राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिएको उनले बताए । नेता ज्ञवालीले कांग्रेस एमाले सरकारमा भएपनि निर्वाचनमा एकअर्काको प्रतिष्पर्धी भएको जनाए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.