Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » होटल डिलाइटले दशैं तिहार कप वडास्तरीय फुटबल प्रतियोगिता गर्ने
    कनकाई नगरपालिका

    होटल डिलाइटले दशैं तिहार कप वडास्तरीय फुटबल प्रतियोगिता गर्ने

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक ८, बिहीबार ०६:२० गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा वडास्तरीय फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

    कनकाईको खेलकुद विकासमा थप सहयोग पुर्याउँने उद्येश्यका साथ सुरुङ्गास्थित होटल डिलाइटले आगामी कार्तिक ९ देखि १४ सम्म प्रथम वडास्तरीय दशैं तिहार कप (नकआउट) फुटबल प्रतियोगिता संचालन गर्ने भएको हो । प्रतियोगिताको मुख्य प्रायोजक हाल अमेरीका बस्दै आएका खेलप्रेमी स्थानीय युवा आशिष संग्रौला, अमेरीकास्थित नेप्लीज मिल्ट्री भेट्रान्स क्लव र दारी क्लव युएसए रहेको बताइएको छ । त्यस्तै प्रायोजकका रुपमा युएसए आर्मी नविन सुवेदी सहित बद्री संग्रौला, आकाश संग्रौला, ओजिस उप्रेती, क्रिस्टल कडेँल, योगेश आचार्य र संदिप वास्तोला रहेका छन् ।
    सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ । प्रतियोगितामा कनकाई नगरपालिकाको ९ वटा वडाबाट एक\ एक टिम र कनकाई भेट्रान क्लवको एउटा टिमले सहभागिता जनाउँने आयोजक समिति होटल डिलाइटका सञ्चालक ख्याम ओलीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७१ हजार र दोस्रो हुने टिमले नगद ३५ हजार रुपैँया प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीहरुले समेत जनही ५ हजार रुपैँया नगद प्राप्त गर्ने बताइएको छ । पुरस्कार राशी कनकाईको वडास्तरीय प्रतियोगिताको हाल सम्मकै सबैभन्दा बढी रकम हो ।

    पत्रकार सम्मेलनमा खेल संयोजक दिपेन ओली, आयोजक होटल डिलाइटका संचालक ख्याम ओली सहित पुर्व युएस आर्मीका आशिस संग्रौला, सहयोगी युएस आर्मी नविन सुवेदी लगायातले पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै प्रतियोगितामा करिव साढे ६ लाख रुपैँयाको बजेट खर्च हुन सक्ने जानकारी गराइयो । प्रतियोगिताका लागि आवश्यक पर्ने रकम कुनै सरकारी निकाय वा संघ संस्थासँग सहयोग नमागिएको आयोजकले बताएको छ । आगामी बर्षमा समेत कुनै संघ संस्थाले चाड पर्वमा प्रतियोगिता नगराएमा हरेक बर्ष आँफूहरुले निजी लगानीमै कनकाई माविको खेल मैदानमा फुटबल खेलाउने आयोजक समितिले जनाएको छ ।

    प्रतियोगिताको उद्घाटनमा कनकाई नगर क्षेत्रका पत्रकारहरुको संस्था कनकाई सुरुङ्गा प्रेस क्लव र आयोजक बीच मैत्रीपूर्ण खेल संचालन हुने बताइएको छ । संघीय सांसद एलपी साँवाबाट उद्घाटन हुने विशेष समारोहमा पहिलो दिनको उद्घाटन खेल वडानम्बर ३ र ७ बीच हुने आयोजक समितिका खेल संयोजक दिपेन ओलीले जानकारी दिए ।

    कनकाई माविको खेल मैदानमा सम्पन्न हुने उद्घाटन विशेष समारोहका अवसरमा राष्ट्रिय फुटबल खेलाडी स्थानीय रोहन कार्की र सिम्रन राईलाई नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको आयोजक होटल डिलाइटका संचालक ख्याम ओलीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.