Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “सबैमा शुभकामना” कविता
    कनकाई नगरपालिका

    “सबैमा शुभकामना” कविता

    कनकाई खबरBy कनकाई खबर२०८१ आश्विन २४, बिहीबार १८:४२ गते2 Mins Read

    म मात्रै सुनको मान्छे ! अरु हुन् रङ्ग रोगन ।

    म विद्यावारिधि अन्य जो जो छन् मात्र लेपन ।।

    अर्काको रिसमा हाम्ले आगो आफ्नै शरीरमा ।

    लगाई जित हो भन्छौं पग्ली यी हिम रितमा ।।

    उल्लुले ठान्दछ सूर्य छँदै छैन धरा महाँ ।

    नदेख्दा उसले रश्मी मानोस् के रविका कण ।।

    भन्ने छोडौँ सबै आज जोडौं मानव बन्धन ।

    अरण्य बीचमा एक्लै सुगन्ध छ चन्दन ।।

    ठुला, वीर भयौँ धेरै असल बन्न सिकौँ अब ।

    सुकेको समिदा छिट्टै अग्निले खान्छ त्यो सब।।

    घृणा, द्वेष पखालेर गङ्गाझैँ मन निर्मल ।

    देवत्व मनमा जागोस् राक्षसी क्षय भूतल ।।

    रोगव्याधि सबै भागून् शुद्ध होस् मनको गति ।

    सत्कर्म जनले पाउन् नहोस् वैराग्यको मति।।

    भत्केका मन जोडेर हाली “साँघु” बढौँ अघि ।

    होस् यात्रा सबका निम्ति नहोस् त्यो अघि वा पछि।।

    झरी -हिलो सुकेजस्तै सुकोस् उन्माद देशमा ।

    राज- रैती बनून् दर्पण नहून रावण भेषमा।।

    सूर्यको रश्मी छोपेर सकिन्न त्यो सधैंभरि ।

    अँजुली भरको पानी रहन्न त्यो कसै गरी ।।

    पखालौँ मनको मैलो हेरौँ सुन्दर चाँदनी ।

    काँडाको बीचमा फुल्दा गुलाव बन्छे रागिनी ।।

    दुर्गा भग्वतीले हाम्रो अनित्य त्रास ती हरून् ।

    नेपाली जनको रक्षा भवानी यिनले गरुन्।।

    दुःख कष्ट जति छन् ती लुकाई शान्ति- कामना ।

    बडा दसैँ एकासीको सबैमा शुभकामना ।।

       अस्तु

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.