Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रकाशकीय – हामी सातौं वर्षमा प्रवेश
    कनकाई खबर बिशेष

    प्रकाशकीय – हामी सातौं वर्षमा प्रवेश

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ आश्विन २३, बुधबार १२:१६ गते3 Mins Read

    झापाको सुन्दर नगरी कनकाईबाट नियमित प्रकाशन हुँदै आएको कनकाई खबरका प्रिय पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबै– सबैप्रति आभारी छौं । संघर्षपूर्ण चुनौतीहरु पार गर्दै हामी सातौं वर्षमा प्रवेश गरेका छौं ।

    छैठौं वर्ष पूरा गरेर सातौं वर्षमा प्रवेश गरेको यो सुखद अवसरमा यस सञ्चार माध्यमको अत्यन्तै महत्वपूर्ण जिम्मेवारीमा रहेर कनकाई खबरलाई काँध हाल्नु हुने यस क्षेत्रका वौद्धिक व्यक्तित्व, लेखक, पत्रकार एवं प्राध्यापक तीर्थराज खरेल, त्यस्तै हामीलाई अभिभावकत्व प्रदान गर्नु हुने समाजसेवी वौद्धिक व्यक्तित्वद्वय कनकाई खबरका निर्देशक टिकाप्रसाद जमरकट्टेल साथै प्रमुख सल्लाहकार कुमारमणि पोखरेल, त्यस्तै शिक्षक एवं युवा लेखक साथै कनकाई खबरका साहित्यिक स्तम्भकार सूर्यप्रसाद अधिकारी, विशेष प्राविधिक सहयोगी झुलन रेग्मी, किशोर उपरकोटी, सिएम शर्मा, स्तम्भकार भिमप्रसाद दाहाल, सम्बाददाताहरु सङ्गीता उप्रेती, शान्ता अधिकारी, समिर आलम, बजार प्रतिनिधिहरु सहित अन्य कर्मचारी साथीहरूप्रति विशेष आभार प्रकट गर्दछौं । उहाँहरूको परिश्रम, लगाव र सल्लाह सुझाव सहित मायाकै कारण संस्थाले यहाँसम्मको यात्रा तय गर्न सफल भएको छ ।

    नेपालमा २०४६ सालको परिवर्तनसँगै फस्टाएको पत्रकारिता २०७२ सालमा संविधान सभाबाट नयाँ संविधान जारी भइसक्दा समेत गुणस्तरीयतामा फड्को भने मार्न सकिरहेको छैन । अहिले झापामा सञ्चार माध्यम धेरै छन् तर गुणस्तर मापनमा पछाडि छन् । कोठे पत्रकारिताका कारण पत्रकारको क्षमता झन् कमजोर बनिरहेको छ । समाजले पत्रकारलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । अबको नेपाली पत्रकारिता सन्देश र जानकारी भन्दा पनि खोजमुलक हुनुपर्छ । पत्रकारिताको विकास र समृद्धिका लागि अब खोज पत्रकारिताकोे विकल्प छैन । नेपालमा पत्रकारका विविध कामलाई व्यवस्थापन गर्न जरुरी छ । खोज पत्रकारिताको विकाससँगै पत्रकारको सुरक्षा चुनौती पनि उत्तिकै छ ।यहाँहरुले प्रत्यक्ष रुपमा हाम्रा गतिविधिहरु हेर्दैहुनुहुन्छ ।यी सबै कुरा चिर्न हामी लागि परेका छौं ।

    सञ्चार माध्यमको विकास र बृद्धिसँगै पत्रकारको संख्या बढ्दै जाँदा ती पत्रकारको क्षमता विकास, पेशाप्रति जवाफदेही र जिम्मेवार बनाउनुपर्ने दायित्व स्वयम् आफुसँग मात्र छ । यहाँ समाचार लेखेको आधारमा नभएर फेसबुकको स्टाटसमा लाइक, कमेन्टको आधारमा पत्रकारको श्रेणी मापन गरिन्छ । यसबाट आउने दिनहरूमा स्वतन्त्र रूपले मर्यादित पत्रकारिता गर्ने, समाजप्रति जिम्मेवारी भई आफ्नो कामप्रतिउत्तरदायित्व बहन गर्ने पत्रकारिता इतिहास त बन्ने होइन भन्ने चिन्ता हुन थालेको छ ।

    डिजिटल मिडियाको यो प्रतिस्पर्धी बजारमा डिजिटलसँगै प्रिन्ट मिडिया जन्माएर आफ्नो पहिचान स्थापित गर्नु सजिलो काम होइन । प्रिय पाठकले देखाएको विश्वासका कारण हामीले यो छ वर्षको अवधिमा एउटा पहिचान स्थापित गर्न सफल भएको ठानेका छौं । विभिन्न सञ्चार माध्यहरुको यो भीडमा अलग पहिचान बनाइराख्न अनवरत खटिरहनु भएका पत्रकार साथीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सक्रियताको अपेक्षा राख्दछौं । प्रिय पाठकको माया, सद्भाव र समालोचनात्मक प्रतिक्रियाले हामीलाई सधैं उत्साहित बनाइराख्ने ऊर्जा प्रदान गरिरहन्छ ।
    हरेक चुनौतीको सामना गर्दै आम पाठकहरुलाई समाचारका माध्यमबाट हरेक विषयवस्तु प्रस्तुत गर्नु र सुसूचित गराउनु हाम्रो कर्तव्य हो । अनेकौं चुनौतीको सामना गर्दै आज हामी सातौं वर्षमा प्रवेश गरेका छौं । साप्ताहिकको रुपमा मात्र सञ्चालन भएको कनकाई खबर सातौं बर्षमा आइपुग्दा सञ्चार गृह सफल बनेको हाम्रो बुझाई छ ।

    हामीले साप्ताहिकको रुपमा कनकाई खबर साप्ताहिक, डिजिटल रुपमा कनकाई खबर डटकम अनलाइन र बार्षिक रुपमा कनकाई खबर म्यागजिन, वार्षिक क्यालेण्डर प्रकाशन गरिरहेका छौं । कनकाई खबरलाई थप व्यवस्थित बनाएर सञ्चालन गर्ने अभियानमा निरन्तर सक्रिय भएर लागिरहेका छौं साथै निरन्तर अघि बढिरहनेछौं । पत्रिकालाई थप व्यवस्थित गर्दै पठनीय बनाउन हामी सधैं प्रतिबद्ध छौं ।
    …………प्रकाशक \ सम्पादक – रामप्रसाद निरौला

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.