Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई सन्थाल मेलाको तेस्रो संस्करणका लागि तयारी तिब्र
    कनकाई नगरपालिका

    कनकाई सन्थाल मेलाको तेस्रो संस्करणका लागि तयारी तिब्र

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ आश्विन २१, सोमबार ०५:११ गते3 Mins Read

    कनकाई खबर \ बडादशैंको अवसरमा कनकाई मावि सुरुङ्गाको खेल मैदानमा वृहत कनकाई सन्थाल मेलाको तेस्रो संस्करण हुने भएको छ ।

    कनकाई खेलकुद प्रतिष्ठान (कासा) ले यही फूलपातीका दिन बिहिवार प्रतियोगितात्मक सन्थाल नृत्यसहित सन्थाल मेलाको आयोजना गर्ने भएको हो । कनकाई सन्थाल मेलाको सम्पूर्ण तयारी पुरा गरिसकिएको आयोजकले सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
    प्रतिष्ठानले हरेक वर्षको बडादसैंको फूलपातीका दिन कनकाई सन्थाल मेला आयोजना गर्ने गरी आफ्नो वार्षिक कार्ययोजनामा समावेश गरेको जनाइएको छ । प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले झापा,मोरङ, सुनसरी सहित अन्य क्षेत्रबाट समेत गरी यसपटक२० वटा सम्म टिमले सन्थाल नृत्य प्रतियोगितामा सहभागिता जनाउँन सक्ने अनुमान गरेको बताए । खेलकुद प्रतिष्ठानको मुख्य उद्येश्य खेलकुदका गतिविधिसँग जोडिएको भएता पनि संस्था स्थापनाकालदेखि नै खेलका गतिविधि मात्रै नभएर अतिरिक्त क्रियाकलापमा पनि प्रतिष्ठानले विभिन्न गतिविधि गर्दै आएको प्रतिष्ठानका अध्यक्ष थपलिया बताउँछन् ।

    यसै सन्दर्भमा लोपोन्मुख सन्थाल संस्कृतिको जगेर्ना गर्दै वडा दशैंको अवसरमा देशविदेशबाट चाडपर्व मान्न घरमा आएका स्थानीयवासीका लागि मनोरञ्जन समेत हुनेगरी कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेतीले जानकारी दिए । मेला सम्पन्न गर्न करिव ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसका लागि कनकाई नगरपालिकाले आफ्नो कार्यक्रमका रुपमा लिएर वार्षिक बजेटमा समेत समावेश गरेको बताइएको छ । कार्यक्रमका लागि मुख्य संरक्षक रहेको कनकाई नगरपालिकाबाट नगद २ लाख५० हजार सहयोग प्राप्त हुने भएको छ भने अपुग अन्य खर्च आयोजक समिति, अन्य संघसंस्था एवं चन्दादाता सहयोगी मनहरुबाट प्राप्त हुने अपेक्षा गरिएको बताइएको छ ।

    प्रतियोगितामा प्रथम पुरस्कार नगद ३५हजार, दोस्रो पुरस्कार ३०हजार, तेस्रो पुरस्कार २५हजार, चौथो पुरस्कार २०हजार, पाचौं पुरस्कार १८हजार रुपैँया र प्रमाण पत्र पाउने छन् भने त्यसपछिका सहभागी समूहहरुलाई सान्त्वना स्वरुप नगद पुरुस्कार १० हजार रुपैयाँका दरले प्रदान गरिने जनाइएको छ । प्रतियोगिताका लागि प्रथम पुरस्कार कनकाई—३ निवासी पुष्प संग्रौलाको परिवारबाट प्राप्त हुने भएको छ भने दोस्रो पुरस्कार एलेक्स कन्सट्रक्सन प्रा.लि.का प्रोप्राइटर कनकाई ३ निवासी डम्बर फुयालबाट सहयोग प्राप्त हुने भएको छ । त्यस्तै सान्त्वना पुरस्कार बापत कनकाई सामुदायिक वन समूहबाट रु.१० हजार प्राप्त हुने भएको छ ।

    त्यसैगरी, विभिन्न सामाजिक संघसंस्था, खेलप्रेमी महानुभाव, लोपोन्मुख संस्कृति संरक्षण गर्ने अभियन्ताहरूबाट मेला सम्पन्न गर्न आर्थिक, भौतिक, नैतिक सबै प्रकारका सहयोग प्राप्त हुने प्रतिष्ठानका सचिव मान्ता खरेलले विश्वास व्यक्त गरिन् ।प्रतियोगितात्मक सन्थाल मेलामा निर्णायकको भुमिकामा सन्थाल समूहबाटै दुई जना र अन्य तीन जना गरी पाँच सदस्यीय निर्णायक समिति रहने बताइएको छ । प्रतियोगितामा सहभागीहरुको भेषभुषा, नृत्य प्रस्तुती, सहभागी संख्या लगायतको मुल्यांकन हुने जनाइएको छ ।

    सन्थाल मेला सम्पन्न गर्न गोपाल खरेलको संयोजकत्वमा २५ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ भने अन्य विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन् । जसमध्ये आर्थिक समितिको संयोजकमा प्रतिष्ठानका अध्यक्ष छवि थपलिया, अतिथी सत्कार समितिको संयोजकमा प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेल, प्रचारप्रसार समिति संयोजकमा प्रतिष्ठानका उपसचिव भुवन खतिवडा, मञ्च व्यवस्थापन संयोजकमा प्रतिष्ठानका अर्का उपसचिव रमेश मैनाली, स्वयंसेवक परिचालन समिति संयोजकमा सुनिल मुर्मु रहेका छन् । प्रतियोगिता उद्घाटन विशेष समारोहमा संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहाल प्रमुख अतिथीका रुपमा आउने भएका छन् ।

    ‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मूल नाराका साथ २०७१ सालमा स्थापित प्रतिष्ठानले कला, संस्कृति संरक्षण र सम्बद्र्धनका क्षेत्रमा पनि काम गर्दै आइरहेको छ । संयोजक गोपाल खरेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष थपलियाले सन्थाल मेला संचालनको औचित्यमाथि प्रकाश पारेका थिए । सचिव मान्ता खरेलले सहजीकरण गरेको कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरु सहित संस्थापक अध्यक्ष ज्योती उप्रेती, सल्लाहकारहरू राजेन्द्र उप्रेती, नारायण पोखरेल, रामप्रसाद निरौला लगायतले प्रतियोगिताको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.