Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु,उद्घाटन खेलमा वडा नं.२ विजयी
    कनकाई नगरपालिका

    कनकाईमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु,उद्घाटन खेलमा वडा नं.२ विजयी

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ आश्विन २०, आईतवार ०७:३१ गते3 Mins Read

    कनकाई खबर \ पुर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र जामुनाबारी सामुदायिक वन एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र कनकाई—२÷१ स्थित खेलमैदानमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

    जामुनखाडी स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा कनकाईको वडा नं.२ र वडा नं.९ बीच भएको शनिबारको उद्घाटन खेलमा वडा नं.२ विजयी बनेको छ । वडा नं.९ का विरुद्ध वडा नं. २ ले ३—१ गोलको अन्तरमा विजयी बनेको हो । वडा नं.२ का लागि रोशन दर्जीले तीन गोल गरेका थिए भने वडा नंं.९ ले एक गोल मात्र फर्काउन सक्यो । खेलको म्यान अफ द म्याच विजेता टिमकै गोल कर्ता दर्जी घोषित भए । उनलाई आयोजक समितिले नगद २ हजार र ट्रफी प्रदान गरेको थियो भने हाल मलेसियामा रहेका गणेश भुजेलले म्यान अफ द म्याचको स्पोन्सर गरेको जनाइएको छ ।

    प्रतियोगिताको आइतबार हुने पहिलो खेल १ः३० बजेदेखी कनकाईको वडा नं.८ र वडा नं.६ बीच हुने छ भने दोस्रो खेल ३ः३० बजेदेखी वडा नं.३ र वडा नं.५ बीच हुने आयोजक जामुनबारी स्पोटिङ क्लवका अध्यक्ष रत्नकुमार राईले जानकारी दिए । विजया दशमीको शुभअवसरमा यहि असोज १९ गतेदेखी सुरु भएको प्रतियोगिताको फाइनल खेल बडादशैंको फुलपातीका दिन असोज २४ गते हुने जनाइएको छ ।

    प्रतियोगितामा प्रथम पुरस्कार नगद ३१ हजार र दोस्रो पुरस्कार २१ हजार, ट्रफी र प्रमाण पत्र रहेको जनाइएको छ । पहिलो नगद पुरस्कारको राशी झापा क्षेत्र नं.४ का सांसद एलपी साँवा लिम्बूबाट सहयोग प्राप्त भएको छ भने दोस्रो पुरस्कारको राशी हाल जर्मनमा रहेका नगेन्द्रकुमार श्रेष्ठबाट सहयोग प्राप्त भएको आयोजक समितिका खेल संयोजक दिलीप राईले जानकारी दिए । प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच नगद २ हजार र ट्रफी, हाई स्कोररलाई नगद ५ हजार र ट्रफी र म्यान अफ द टुनामेन्ट नगद ५ हजार र ट्रफीको व्यवस्थापन गरिएको खेल संयोजक राईले कनकाई खबरलाई जानकारी दिए ।

    आयोजक जामुनबारी स्पोटिङ क्लवका अध्यक्ष रत्नकुमार राईको अध्यक्षता एवं प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन विशेष समारोहमा स्थानीय पुर्व खेलाडीहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा दिलबहादुर गिरी, डबलबहादुर भण्डारी, पदम पुलामी, भानुभक्त भुजेल, अमृत डाँगी, सुर्य गुरुङ र गोविन्द पौडेल रहेका छन् ।

    खेल संयोजक दिलीप राईले औचित्यमाथी प्रकाश पारेको औपचारिक कार्यक्रममा क्लवका उपाध्यक्ष अर्जुन गिरीको स्वागत तथा पुर्व खेलाडी विनोद रानामगरले संचालन गरेका थिए । प्रतियोगिताको उद्घाटन विशेष समारोहमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ, कनकाई वडा नं.२ का वडाअध्यक्ष बलराम राई, कार्यपालिका सदस्य नरादेबी मगर र चेता राई , वडासदस्य सुलभ भण्डारी, राधा रेन्चुरी, कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा, सरस्वती माविका सहायक प्रधानाध्यापक निर्मल खनाल, जामुनखाडी योग साधना केन्द्रका संयोजक शिव गिरी, जामुनबारी सामुदायिक वन समूहकी उपाध्यक्ष रेणुका खवास, कनकाई खेलकुद प्रतिष्ठानकी सचिव मान्ता खरेल लगायतको आतिथ्य रहेको थियो ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.