Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विविध कार्यक्रम सहित जामुनखाडी कृषि सहकारीको १०औं वार्षिकोत्सव सम्पन्न

    २०८२ चैत्र ११, बुधबार ०६:०८ गते

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    २०८२ चैत्र ९, सोमबार ०७:०३ गते

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल भारत मैत्री संघ सुरुङ्गाको निशुल्क मुटु परिक्षण शिविर सम्पन्न
    कनकाई नगरपालिका

    नेपाल भारत मैत्री संघ सुरुङ्गाको निशुल्क मुटु परिक्षण शिविर सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८१ आश्विन १७, बिहीबार ०९:२३ गते2 Mins Read

    कनकाई खबर / नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाले विश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण शिविर सम्पन्न गरेको छ ।

    कनकाई वडा नं.८ को सहयोग तथा नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा लक्ष्मीपुरस्थित हिमाली माध्यमिक विद्यालयमा सम्पन्न निशुल्क मुटु परिक्षण शिविरमा २४० सेवा ग्राहीले मुटु परिक्षण गरेको बताइएको छ । शिविरमा नोबेल मेडिकल कलेज बिराटनगरका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर दिपक बरालको नेतृत्वमा अस्पतालका कोडिनेटर नविन दहाल सहित डा.सुभाष थापा, डा.सुदर्शन कडेल, कौशिका यादव, दिनेश खत्री र युवराज थापाले सहजीकरण गरेका थिए । शिविरमा मुटु रोगसँग सम्बन्धि ओपिडी जाँच, ईसीजी सेवा, इको कार्डियो ग्राम (मुटुको भिडियो एक्सरे) लगायतका सेवा प्रदान गरिएको साथै आवश्यक्ता अनुसार निशुल्क औषधि बितरण गरिएको आयोजक संस्था नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाका सभापति अर्जुन बोहोराले जानकारी दिए । मुटु परिक्षणपछि समस्या देखिएका बिरामीहरुलाई नोबेल मेडिकल कलेज विराटनगरमा रेफर गरिएको सभापति बोहोराले बताए ।

    उपशाखाका सभापति बोहोराको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथिहरु कनकाई वडा नं. ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल, वडा नं. ७ का वडाअध्यक्ष भीष्म सिटौला, नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य प्रेमप्रसाद चुडाल लगायतको आतिथ्य रहेको थियो । त्यस्तै अतिथिहरु नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाका सल्लाहकार संयोजक कुमारमणि पोखरेल, सल्लाहकारहरु शेर बहादुर थापा, एल पी उप्रेती,भवानी लुइँटेल जनप्रतिनिधिहरु रिता उप्रेती, बलभद्र ढुङ्गेल,कबिता बि.क,भक्तबहादुर बिष्ट ,हिमाली माबि व्यवस्थापन समिति अध्यक्ष नेत्र नेपाल, हिमाली माविका प्रधानाध्यापक माधव घिमिरे, लक्ष्मीपुर बजार व्यवस्थापन समिति अध्यक्ष चन्द्र निरौला लगाएतको आतिथ्य रहेको थियो । नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाकी उपाध्यक्ष कविता बस्नेतले स्वागत मन्तव्य राखेको औपचारिक कार्यक्रमको संचालन संस्थाकी सचिव गोमा कार्कीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    विविध कार्यक्रम सहित जामुनखाडी कृषि सहकारीको १०औं वार्षिकोत्सव सम्पन्न

    २०८२ चैत्र ११, बुधबार ०६:०८ गते

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    २०८२ चैत्र ९, सोमबार ०७:०३ गते

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    विविध कार्यक्रम सहित जामुनखाडी कृषि सहकारीको १०औं वार्षिकोत्सव सम्पन्न

    २०८२ चैत्र ११, बुधबार ०६:०८ गते

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    २०८२ चैत्र ९, सोमबार ०७:०३ गते

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते

    बजारमा ग्याँसको अभाव भएसँगै कनकाई नगरपालिकाले गर्यो आकस्मिक अनुगमन

    २०८२ चैत्र ३, मंगलवार २२:३४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.