कनकाई खबर / नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाले विश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण शिविर सम्पन्न गरेको छ ।

कनकाई वडा नं.८ को सहयोग तथा नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा लक्ष्मीपुरस्थित हिमाली माध्यमिक विद्यालयमा सम्पन्न निशुल्क मुटु परिक्षण शिविरमा २४० सेवा ग्राहीले मुटु परिक्षण गरेको बताइएको छ । शिविरमा नोबेल मेडिकल कलेज बिराटनगरका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर दिपक बरालको नेतृत्वमा अस्पतालका कोडिनेटर नविन दहाल सहित डा.सुभाष थापा, डा.सुदर्शन कडेल, कौशिका यादव, दिनेश खत्री र युवराज थापाले सहजीकरण गरेका थिए । शिविरमा मुटु रोगसँग सम्बन्धि ओपिडी जाँच, ईसीजी सेवा, इको कार्डियो ग्राम (मुटुको भिडियो एक्सरे) लगायतका सेवा प्रदान गरिएको साथै आवश्यक्ता अनुसार निशुल्क औषधि बितरण गरिएको आयोजक संस्था नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाका सभापति अर्जुन बोहोराले जानकारी दिए । मुटु परिक्षणपछि समस्या देखिएका बिरामीहरुलाई नोबेल मेडिकल कलेज विराटनगरमा रेफर गरिएको सभापति बोहोराले बताए ।

उपशाखाका सभापति बोहोराको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथिहरु कनकाई वडा नं. ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल, वडा नं. ७ का वडाअध्यक्ष भीष्म सिटौला, नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य प्रेमप्रसाद चुडाल लगायतको आतिथ्य रहेको थियो । त्यस्तै अतिथिहरु नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाका सल्लाहकार संयोजक कुमारमणि पोखरेल, सल्लाहकारहरु शेर बहादुर थापा, एल पी उप्रेती,भवानी लुइँटेल जनप्रतिनिधिहरु रिता उप्रेती, बलभद्र ढुङ्गेल,कबिता बि.क,भक्तबहादुर बिष्ट ,हिमाली माबि व्यवस्थापन समिति अध्यक्ष नेत्र नेपाल, हिमाली माविका प्रधानाध्यापक माधव घिमिरे, लक्ष्मीपुर बजार व्यवस्थापन समिति अध्यक्ष चन्द्र निरौला लगाएतको आतिथ्य रहेको थियो । नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाकी उपाध्यक्ष कविता बस्नेतले स्वागत मन्तव्य राखेको औपचारिक कार्यक्रमको संचालन संस्थाकी सचिव गोमा कार्कीले गरेकी थिइन् ।