Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पर्यटकीय क्षेत्र जामुनखाडी सिमसारले प्राप्त गर्यो अन्तर्राष्ट्रिय अवार्ड
    कनकाई नगरपालिका

    पर्यटकीय क्षेत्र जामुनखाडी सिमसारले प्राप्त गर्यो अन्तर्राष्ट्रिय अवार्ड

    कनकाई खबरBy कनकाई खबर२०८१ आश्विन १२, शनिबार ११:४४ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई -२ \ १ स्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

    नेपालका अन्य थुप्रै यस्ता क्षेत्रलाई पछि पादैँ पूर्वी नेपालकै प्रसिद्ध पर्यटकीय गन्तव्य जामुनखाडीले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको हो । विश्व पर्यटन दिवसका आवसरमा हरेक वर्ष सिलिगुडीमा हुने कार्यक्रममा यसवर्ष पनि शुक्रबार साँझ आयोजित कार्यक्रममा जामुनखाडीले ‘सस्टेनेवल टुरिजम डिस्टीनेशन अफ द इयर अवार्ड २०२४’ प्राप्त गरेको हो ।

    हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्कले आयोजना गरेको छैठौं हिमालयन हस्पिटालिटी टुरिजम अवार्ड २०२४ का अवसरमा विभिन्न २४ वटा विधामा पुरस्कार प्रदान गरेको थियो । जामुनखाडीको उक्त पुरस्कार कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठ, जामुनबारी सामुदायिक वन उपभोक्ता समिति, जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका सचिव दिपक ओली, सल्लाहकार सदस्य अनिरुद्र ओली र अशोक न्यौपानेले संयुक्तरुपमा ग्रहण गरेका थिए ।

    यसअघि २०२३ को हिमालय ल्याण्डस्कप नेपाल र सन् २०२२ को पर्यटकमैत्री ग्रामीण पर्यटकीय पुरस्कार इलामको पर्यटकीय क्षेत्र कन्यामलाई यो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको थियो । नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्यप्रसाद थपलिया र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाटा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको पहलमा जामुनखाडीलाई उक्त अवार्ड प्राप्त भएको हो । नेपाल पर्यटन बोर्ड र निवर्तमान अध्यक्ष श्रेष्ठले भारतका पश्चिम बंगाल बिहार राज्य नजिक रहेका नेपालका आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेका क्षेत्रलाई सिफारिस गरिएको थियो ।

    सिफारिस पश्चात आयोजकले विभिन्न मापदण्ड बनाएर एउटालाई छनौट गर्ने गरेको छ । ‘नेपालको पर्यटन प्रवर्धनमा क्रस बोर्डर गन्तव्य आर्कषण महत्वपूर्ण छ’ नेपाल पर्यटन बोर्डका प्रवन्धक सुर्यप्रसाद थपलियाले भने, —‘छिमेकी राज्य पश्चिम बंगालमा झापाका पर्यावरणीय गन्तव्यको हुनुपर्छ र यो अवार्ड जामुनबारी सामुदायिक वन उपभोक्ता समू एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका लागि एउटा सुखद परिणाम हो । ’ यो अवार्डले जामुनखाडीसहित आसपासमा रहेका यस्ता पर्यटकीयक्षेत्रको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने र कोशेढंङ्गा सावित हुने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाटा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।

    आयोजक हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्कका अध्यक्ष सन्दिप दासका अनुसार जामुखाडीमा दार्जिलिङ, खर्साङ, कालेम्पोङ, सिक्किम, सिलिगुढी, नक्सलबाडी, अधिकारी खोरीबारीसहित बतासी र बिहार राज्यका थुप्रै पर्यटकका लागि झपाको कनकाई—१÷२ मा रहेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा रहेको छ ।

    २०५२ मा जामुनबारी सामुदायिक वन स्थापना गरि २०५६ बाट जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सञ्चालन गर्न थालिएपछि यस क्षेत्रमा बर्सेनी लाखौँ पर्यटकहरु आउने गरेका छन् । कूल ४ सय ३४ दशमलव १९ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन परिसर भित्रको २६ दशमलव ५४ हेक्टर क्षेत्रफलमा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र सञ्चालित रहेको छ । यसकारण पनि जामुनबारी सामुदायिक वन उपभोक्ता समितिद्वारा सञ्चालित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र पछिल्लो समय पर्यटकको रोजाईको केन्द्रबिन्दु बन्दै गएको छ ।

    झापाको कनकाई — २ \ १ लाई कार्यक्षेत्र बनाएर सञ्चालित यस क्षेत्रमा विभिन्न प्रजातिका वनस्पतिका साथै लोपोन्मुख दुर्लभ वन्यजन्तुहरू नील गाई, अष्ट्रिच, एमु, अजिङगर, चितुवा, भालु, मृग, खरायो, हुचिल, सेतो मुसा, सारस तथा विभिन्न प्रजातिका चराहरू तथा विभिन्न प्रजातिका सरिसृप जिवजन्तुहरूको अवलोकन गर्न सकिन्छ । उक्त क्षेत्रभित्र रहेको पोखरी र झोलुंगे पुल र पोखरी पनि विशेष आकर्षण रहेको सचिव दीपक ओलीले जानकारी दिए ।

    पोखरीमा डुङ्गा खियाउन समेत सकिने हुँदा आगन्तुकहरुले विशेष मनोरन्जन समेत लिन सकिन्छ । यति मात्र होईन यहाँ भएका विभिन्न प्रजातिका फूलवारी र बच्चाहरूका विभिन्न प्रकारका खेलहरूले बालक देखि बृद्धसम्मको मनलाई आकर्षण गरिरहेको छ । जामुनखाडीले भने विभिन्न प्रजातिका जिवजन्तु र वनस्पतिको अध्यन अनुसन्धानका लागि पनि जामुनखाडी पछिल्लो समय अनुसन्धानकर्तासहित पर्यटकका लागि आकर्षण बन्दैं गएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनमा आजदेखी महायज्ञ सुरु हुने

    २०८२ बैशाख २४, बुधबार ०७:४५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.