Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » समृद्धिको यात्रामा प्रजापति सामुदायिक वन
    कनकाई नगरपालिका

    समृद्धिको यात्रामा प्रजापति सामुदायिक वन

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ आश्विन ११, शुक्रबार १३:२० गते5 Mins Read

    सामुदायिक वनको आम्दानी ः गरिवी न्यूनीकरणमा लगानी

    कनकाई खबर \ झापाको कनकाई—१ स्थित प्रजापति सामुदायिक वनले संस्थाको आम्दानीलाई वन संरक्षणसँगै गरिवी न्यूनीकरणमा लगानी गरेको छ ।

    वन संरक्षण, सम्बद्र्धन तथा सदुपयोगलाई पहिलो प्राथमिकतामा राखेर समृद्धिको यात्रा तय गरेको प्रजापति सामुदायिक वनले सामाजिक विकास तर्फ विशेष ध्यान दिँदै गरिवी न्यूनीकरणमा अघि बढेको हो । वन समूहले स्थानीय उपभोक्ताहरुको उत्साहजनक उपस्थितीमा सम्पन्न गरेको ३८औं साधारण सभामा समूहका अध्यक्ष मात्रिकाप्रसाद पोखरेलले संस्थाको आयव्ययसहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वन मार्फत गरिवी न्यूनिकरण साथै सामाजिक विकास तर्फ विशेष ध्यान दिएको बताएका छन् ।

    दुई वर्ष अघि २०७९ माघ ४ गते सपथ ग्रहण गरेको यस वन समूहको वर्तमान कार्यसमितिले अघिल्लो समितिको ठूलो दायित्व भुक्तानी गर्नु पर्ने भएका कारण उपभोक्ताहरुको माग अनुसारको काम गर्न नसकेको बताइएको छ । कार्यक्रममा अध्यक्ष पोखरेलले अबको समय गरिवी न्यूनिकरण साथै सामाजिक विकास तर्फ संस्था अघि बढेको बताएका छन् । वन विकासको कार्यलाई निरन्तरता दिँदै वन क्षेत्रको व्लक नं.४ मा पर्ने सेती खोलामा ढुङ्गा र तारजालीको व्यवस्था गरी भु–क्षय नियन्त्रण गर्ने प्रयास भएको अध्यक्ष पोखरेलले सभामा जानकारी दिए ।

    त्यस्तै डिभिजन वन कार्यालय र प्रजापति सामुदायिक वनको संयुक्त लगानीमा फायरलाइन चौरीमा विभिन्न प्रजातीका २५ हजार बिरुवाको नर्सरी व्यवस्थापन गरेको जानकारी दिँदै अध्यक्ष पोखरेलले उपभोक्तालाई निशुल्क बिरुवा वितरण गर्ने जानकारी दिए । सामुदायिक वनको बैकल्पीक आयआर्जनका लागि वन क्षेत्रमा एकसयवटा सुपारीका विरुवा र ५० वटा कागतीका बिरुवा रोपण गरिएको बताउँदै अध्यक्ष पोखरेलले यस कार्यलाई हरेक वर्ष निरन्तरता दिँदै अघि बढ्ने लक्ष्य रहेको जानकारी गराए ।

    यसका साथै उपभोक्तालाई बेसारमा आत्मनिर्भर बनाउँने उद्येश्यका साथ परिक्षणका रुपमा वन क्षेत्रमा बेसार खेतीको सुरुवात गरिएको र यसको उत्पादनका आधारमा मुल्याङ्कन गरी प्राविधिकसँगको परामर्शका साथमा तालिम उपलव्ध गराएर उपभोक्तालाई समेत आफ्नो खेतबारीमा बेसार खेती गर्न प्रोत्साहन गर्ने योजना रहेको अध्यक्ष पोखरेलले सभामा जानकारी दिए । गत वर्षदेखी नै सुरुवात गरिएको गड्यौले मल उत्पादनलाई यस वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँदै अध्यक्ष पोखरेलले स्थानीय सरकार कनकाई नगरपालिकासँग सहयोगको अपेक्षा राखेको बताए । वन क्षेत्रमा साल जातका रुख तथा बोटबिरुवाहरु प्रशस्तै भएकाले हालसम्म खेर गइरहेको सालको पातलाई सदुपयोग गर्दै आयआर्जनमा समेत वृद्धि गर्ने उद्येश्यका साथ टपरी बनाउँने मेसिन उपलव्ध गराउँन कनकाई नगरपालिका साथै प्रदेश सरकारलाई वन समुहका तर्फबाट अध्यक्ष पोखरेलले आग्रह गरेका छन् ।

    यसका साथै वन क्षेत्रको ब्लक नं.१ मा पर्ने फायरलाइन चौरीमा पर्यापर्यटन कार्यक्रमकालागी वडा कार्यालय र कनकाई नगरपालिका साथै वन समुहको समेत संयुक्त लगानीमा कार्य प्रारम्भ भएको बताउँदै अध्यक्ष पोखरेलले प्रदेश सरकारबाट समेत भएको सहयोगले पर्यापर्यटन विकासका लागि थप हौसला प्राप्त भएको बताए । अध्यक्ष पोखरेलले वन विकासलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै २५प्रतिशत भन्दा बढी बजेट वन विकासमा बिनियोजन गरेको बताएका छन् । वन संरक्षण, विरुवा उत्पादन, झाडी सफाई, वृक्षरोपण, जडीबुटी संरक्षण, चोरीसिकारी साथै वन डढेलो नियन्त्रण तथा अनुसन्धानका लागि २८ लाख २३ हजार४२० रुपैंया विनियोजन गरी खर्च गर्ने लक्ष्य राखेको वन समुहका अध्यक्ष पोखरेलले सभामा जानकारी गराए ।

    वन समुहका तर्फबाट आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले हालसम्म भएका उपलव्धी साथै आगामी योजनाका बारेमा सभामा जानकारी गराएका थिए । सामुदायिक वन राज्यले समुहलाई हस्तान्तरण गर्नुको मुख्य लक्ष्य र उद्येश्य भनेकै गरिवी न्युनिकरण भएकाले यसलाई मुल मन्त्र ठान्दै स्वास्थ्य, शिक्षा र रोजगारीलाई समेत विशेष ध्यान दिएको समुहका अध्यक्ष पोखरेलले बताएका छन् ।

    यसै क्रममा विभिन्न युवा लक्षीत कार्यक्रम अन्तर्गत गरिव तथा विपन्न उपभोक्ता परिवारका तर्फबाट स्थानीय सविन विश्वकर्मालाई वन विज्ञान अध्ययनका लागि वार्षिक एक लाख र अभिनाष विष्टलाई सि.टी.इ.भि.टी अन्तर्गत प्राविधिक शिक्षा अध्ययन गराइरहेकोमा विश्वकर्माले वन विज्ञानमा सफलता प्राप्त गरिसकेको र विष्ट अध्ययनरत रहेको अध्यक्ष पोखरेलले सभामा जानकारी दिए । त्यस्तै स्थानीय विद्यालयलाई शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सहयोग गर्दै आएको वन समुहले विपन्न वर्गलाई स्वास्थ्य विमा सहित महिला लक्षीत कार्यक्रममा समेत प्राथमिकताका साथ अघि बढेको बताइएको छ । सामुदायिक वनले स्थानीय सरकारको भुमिका निर्वाह गर्दै आएको भन्दै कार्यक्रममा सहभागीहरुले वन समुहले समाज रुपान्तरणमा खेलेको भुमिकाप्रति प्रशंसा गरे ।

    वन समुहका अध्यक्ष मात्रिकाप्रसाद पोखरेलको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सामुदायिक वनको विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण भुमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा क्रमशः खेमराज पोखरेल, डिल्लीमाया पोखरेल, भागवतदास काफ्ले, कमला घिमिरे, अन्नकुमारी श्रेष्ठ, धनबहादुर मिजार, थिरकुमार पोखरेल, निरा पौडेल, गान्धारा आचार्य, तुलसादेवी पोखरेल, मानबहादुर गिरी, कोकिला बस्नेत, खगेन्द्र निरौला र नरेश बास्कोटा रहेका छन् । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथी पोखरेल सहित वन समुहका अध्यक्ष पोखरेल, कनकाई –१ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल लगायतका अतिथीहरुबाट दोसल्ला सहित सम्मान पत्रबाट सम्मान गरिएको वन समुहका कार्यालय सचिव नरेश बास्कोटाले जानकारी दिए ।
    कार्यक्रममा प्रमुख अतिथी कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले गरिबी न्युनिकरण साथै विषादीमुक्त समाज निर्माणमा सामुदायिक वनको भुमिका अनुकरणीय बन्नु पर्नेमा जोड दिए । विषादीयुक्त खानेकुरा साथै सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष क्यान्सरबाट धेरै मानिसहरु पिडित बन्दै गएकोमा दुःख व्यक्त गर्दै प्रमुख अतिथी पोखरेलले यसबाट सचेत बन्दै अघि बढ्नु पर्नेमा जोड दिए ।

    समुहकी उपाध्यक्ष प्रमिला डाँगीले स्वागत तथा सचिव दलबहादुर विश्वकर्माले संचालन गरेको कार्यक्रममा कनकाई वडा नं.–१का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष वेदप्रसाद भण्डारी, कनकाई सब डिभिजन वन कार्यालय सुरुङ्गाका अधिकृत सुरेशकुमार खनाल, नेपाली कांग्रेस वडा सभापति मनोज बस्नेत, वन समुहका पुर्व अध्यक्ष एवं सल्लाहकार दुर्गाप्रसाद निरौला, लेखा सदस्य केदार श्रेष्ठ लगायतले सामुदायिक वनभीत्र अथाह सम्पत्ति भएकाले यसलाई भरपुर सदुपयोग गर्न सुझाव दिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.