Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कन्काई माविमा ४० लाख छात्रवृत्ति वितरण
    Uncategorized

    कन्काई माविमा ४० लाख छात्रवृत्ति वितरण

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८१ आश्विन १०, बिहीबार १५:३९ गते3 Mins Read
    Exif_JPEG_420

    कनकाई खबर \ कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कन्काई माध्यमिक विद्यालयमा ४० लाख रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ ।

    विशेष शिक्षाका बहिरा तथा सुस्त श्रवण क्षमताका विद्यार्थीका लागि केन्द्रीय सरकारबाट ३२ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यसका साथै अन्य विद्यार्थीका लागि सङ्घीय सरकारबाट प्राप्त २ लाख ४८ हजार २ सय रुपैयाँमध्ये २ लाख ४ हजार १ सय रुपैयाँ र विद्यालयको आन्तरिक स्रोतबाट ६ लाख ५२ हजार ६ सय ७५ रुपैयाँ गरी जम्मा ४० लाख ५६ हजार ७ सय ५० रुपैयाँ विद्यार्थीलाई छात्रवृत्ति स्वरूप वितरण गरिएको हो ।

    विशेष शिक्षाको छात्रवृत्तिमा प्राप्त रकममध्ये आवासीय २८ जनालाई जनही ५ हजारका दरले १ लाख ४० हजार रुपैयाँ, आंशिकतर्फ ९ जनालाई २८ हजारका दरले २ लाख ५२ हजार रुपैयाँ, डेरा गरी बस्ने ४३ जनालाई जनही ४० हजारका दरले १ लाख ७२ हजार रुपैयाँ वितरण गरिएको थियो । छात्रावास सञ्चालनका लागि आ.व. २०८०\०८१ मा १३ लाख ८७ हजार ४ सय ३२ रुपैयाँ जम्मा खर्च भएको र आवास सञ्चालनका लागि विद्यालयले आन्तरिक स्रोतबाट २ लाख ९९ हजार ४ सय ३२ रुपैयाँ खर्च गरेको बताइएको छ ।

    सङ्घीय (केन्द्रीय) बजेटबाट प्राप्त रकमबाट ८४ जना दलित विद्यार्थीलाई जनही ४ सय का दरले ३३ हजार ६ सय रुपैयाँ, १ सय ९ जना सीमान्तकृतलाई जनही ५ सयका दरले ५४ हजार ५ सय रुपैयाँ र अन्य छात्रातर्फ २ सय ९० जनालाई जनहरु ४ सयका दरले १ लाख १६ हजार रुपैयाँ वितरण गरिएको थियो । सो अवसरमा विद्यालयको स्रोतबाट १ सय ६२ जना विद्यार्थीलाई ६ लाख ६३ हजार ४ सय ७५ रुपैयाँ छात्रवृत्ति वितरण गरिएको थियो ।

    सो छात्रवृत्ति सम्बन्धित विद्यार्थीका अभिभावकको उपस्थितिमा विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो । स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कन्काई माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईं लगायतले सो छात्रवृत्ति वितरण गरेका थिए । छात्रवृत्ति वितरण गर्दै मेयर पोखरेलले प्राप्त छात्रवृत्ति सदुपयोग गर्न अभिभावकलाई सुझाव दिएका थिए । स्रोतसाधन भएन भनेर भन्नुभन्दा राज्यले उपलब्ध गराएको सुविधा उपयोग गर्दै पढाइमा लाग्न र आफ्नो भविष्य निर्माण गर्न विद्यार्थीलाई सल्लाह दिए । स्वागत मन्तव्य राख्दै विद्यालयका प्रअ कर्णबहादुर डाँगीले फरक क्षमता भएका बहिरा तथा सुस्त श्रवण क्षमताका विद्यार्थीलाई सुविधासम्पन्न कक्षाकोठामा राखी प्रविधिको माध्यमबाट पठनपाठन गर्ने गरिएको बताए । प्रअ डाँगीले आफ्ना छोराछोरीप्रति अभिभावकको अझ बढी सकारात्मक चासो रहनुपर्ने र विद्यालय अभिभावकसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

    नेपाल शिक्षक महासङ्घ कनकाई नगर अध्यक्ष चन्द्रप्रसाद पोखरेल, विद्यालयका सहायक प्रअ हरिप्रसाद तिम्सिना, चन्द्रप्रसाद शिवाकोटी, तीर्थराज खरेल, आधारभूत तह संयोजक खेमराज भट्टराई, विशेष शिक्षा स्रोत शिक्षक खेमकुमारी घिमिरे लगायतको उपस्थितिमा भएको कार्यक्रममा विशेष शिक्षा संयोजक जीवेन्द्र घिमिरेले विशेष शिक्षातर्फको अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । घरमा राखिएका नानीबाबुभन्दा विद्यालय गएर शिक्षा ग्रहण गर्ने नानीबाबुमा बौद्धिक क्षमता, भविष्यको मार्गप्रतिको सोच, सञ्चार क्षमता अब्बल भएको र पारिवारिक जिम्मेवारीमा वृद्धि भएको पाइएको संयोजक घिमिरेले बताए ।

    ्कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा भएको थियो । अभिभावकको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.