Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संविधान दिवसमा कनकाईका विभिन्न ठाउँमा दीप प्रज्वलन
    कनकाई नगरपालिका

    संविधान दिवसमा कनकाईका विभिन्न ठाउँमा दीप प्रज्वलन

    कनकाई खबरBy कनकाई खबर२०८१ आश्विन ४, शुक्रबार ०७:१४ गते2 Mins Read

    कनकाई खबर \ संविधान दिवसको अवसरमा विहिबार साँझ कनकाई नगर क्षेत्रका चोक बजार सहित विभिन्न क्षेत्रमा दीप प्रज्वलन गरिएको छ ।

    कनकाईका मुख्य बजार सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर, घैलाडुवा लगायत अन्य विभिन्न चोक बजार सहित नगर क्षेत्रका विद्यालयमा समेत दीप प्रज्वलन गरिएको बताइएको छ । मैनबत्तीबाट नेपालको नक्सा बनाएर दिप प्रज्वलन गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाइएको हो ।
    यसै अवसरमा कनकाई—२ स्थित जानकी आधारभुत विद्यालयको स्काउट दलले समेत दिप प्रज्वलन गरेको छ । विद्यालयकी प्र.अ.इन्दिरादेवी पाठकको अध्यक्षता एवं कनकाई वडा नं.२ का वडाअध्यक्ष बलराम राईको प्रमुख आतिथ्यमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वडाअध्यक्ष राईले नेपाली जनताको लामो समयको प्रतिक्षा,त्याग र बलिदानबाट प्राप्त नेपालको संविधान २०७२ ले सबै नेपालीलाई पहिचान दिएको बताए । यहि संविधानको जगमा टेकेर ३ तहको निर्वाचन सम्पन्न भइ कार्यान्वयन समेत भएको भन्दै वडाअध्यक्ष राईले संविधान दिवसको अवरमा सबैलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा मेचीनगर नगरपलिका स्काउट परिषदका सदस्य तथा स्काउट शिक्षक दिपक बग्दासले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

    दिप प्रज्वलन कार्यक्रममा विद्यालयका स्काउट दलको स्काउट शिक्षक द्वय अरुन नेपाल र सीता थपलिया सहित विद्यालयका शिक्षक, अभिभावक, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयबासीको उल्लेख्य सहभागीता रहेको विद्यालयकी प्रअ इन्दिरा पाठकले जानकारी दिएकी छन् । औपचारिक कार्यक्रमको संचालन जानकी स्काउट ट्रूप लिडर न्युकृति खड्काबाट भएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.