Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झण्डोत्तोलन सहित मनाइयो कनकाईमा संविधान दिवस
    कनकाई नगरपालिका

    झण्डोत्तोलन सहित मनाइयो कनकाईमा संविधान दिवस

    कनकाई खबरBy कनकाई खबर२०८१ आश्विन ३, बिहीबार २०:२३ गते3 Mins Read

    कनकाई खबर\ दशौं संविधान दिवसको अवसर पारेर कनकाई नगरपालिकाले झण्डोत्तोलन सहित विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

    नगरपालिका परिसरमा सम्पन्न कार्यक्रममा नगर प्रहरीहरुबाट सलामी अर्पण सहित नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख आशा शिवाकोटीबाट झण्डोत्तोलन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधान सभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको जानकारी दिए ।

    सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको बताउँदै नगर प्रमुख पोखरेलले सहिदहरुले देखेको सपना पूरा गर्ने कार्यमा तीन तहकै सरकारलाई थप शक्ति प्राप्त होस् भन्ने कामना गरे । नगर प्रमुख पोखरेलले मौलिक अधिकारको विषय संविधानमा ग्यारेन्टी गरिए पनि कार्यान्वयन हुने सवालमा कमजोर देखिएको बताए । अहिलेको संविधानले नै सबैलाई अधिकार सम्पन्न गराएको भन्दै नगर प्रमुख पोखरेलले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गर्न आवश्यक रहेको जानकारी दिए ।

    नगर प्रमुख पोखरेलले संविधानमा भएका कतिपय अधिकारको कार्यन्वयन अझै पनि नभएको र हुने प्रक्रियामा रहेको समेत बताए । संविधानमा धेरै मौलिक अधिकार रहेको भन्दै नगर प्रमुख पोखरेलले तीनै तहका सरकारले कतिपय कुराहरु कार्यन्वयनमा ल्याउन बाँकी रहेको जानकारी दिए । नगर प्रमुख पोखरेलले स्थानीय तह आएसँगै धेरै विकास निर्माण र नागरिकका अधिकारका कुरा भएको जानकारी दिदै अझै पनि धेरै काम गर्न बाँकी नै रहेको बताए ।

    स्थानीय तहमा नापी, मालपोत कार्यालयहरु राख्ने अधिकार भएपनि राख्न नसकिएको र त्यसका लागि आफुहरुले माग गरिरहेको जानकारी दिए । कनकाईमा स्थानीय तह हुनु अघि १४ किलोमिटर बाटो कालोपत्रे रहेकोमा हाल ६० किलो मिटरभन्दा बढी कालोपत्रे तथा पेवर्सको काम भएको नगर प्रमुख पोखरेलले कार्यक्रममा जानकारी दिए ।

    त्यस्तै कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले दुई पटक संसोधन भएर आएको यो संविधानले जनताको मर्म र भावनालाई समेत सम्वोधन गरेकोले कार्यान्वयन तर्फ सबै एकजुट हुनु पर्नेमा जोड दिइन् । उपप्रमुख शिवाकोटीले संविधान सभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७जना सभासदले हस्ताक्षर गरेको ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेको जानकारी दिइन् । उपप्रमुख शिवाकोटीले गतिशिल रुपमा रहेको यो संविधान जारी भएको तत्कालिन समयलाई स्मरण गर्दै विभिन्न राजनीतिक दलको अथक प्रयासबाट जारी भएको यो संविधान अन्ततःमुलुककै उत्कृष्ट भएको दाबी गरिन् ।

    नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष शुशिलकुमार पोखरेल , वडा नं.२ का अध्यक्ष वलराम राई ( प्रताप), वडा नं. ८ का अध्यक्ष लिलाबहादुर कटुवाल , वडा नं.३ का कार्यबाहक वडाअध्यक्ष कृष्णमाया भुजेल, कार्यपालिका सदस्य, वडा सदस्यहरु, कर्मचारीहरु सहितको सहभागीता रहेको थियो । उप– प्रमुख शिवाकोटीले शाव्दीक स्वागत गरेको कार्यक्रमको संचालन कर्मचारी मनिता राईले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.