Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विविध कार्यक्रम सहित जामुनखाडी कृषि सहकारीको १०औं वार्षिकोत्सव सम्पन्न

    २०८२ चैत्र ११, बुधबार ०६:०८ गते

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    २०८२ चैत्र ९, सोमबार ०७:०३ गते

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » माटोमा विषादीको प्रयोग कम भएमा मृत्युदर घट्न सक्छ ःनगर प्रमुख पोखरेल
    कनकाई नगरपालिका

    माटोमा विषादीको प्रयोग कम भएमा मृत्युदर घट्न सक्छ ःनगर प्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र २८, शुक्रबार १९:२५ गते3 Mins Read


    कनकाई खबर \ विषादी ब्यवसायी महासंघ नेपाल झापा शाखाको प्रथम जिल्ला अधिवेशन आज शुक्रबार कनकाई नगरपालिकाको सुरूङ्गामा सम्पन्न गरिएको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा आयोजित जिल्ला अधिवेशनको उद्घाटन गमलामा रहेको बिरुवामा पानी हालेर पोखरेलले गरेका थिए । कार्यक्रममा उद्घाटन मन्तब्य राख्दै नगरप्रमुख पोखरेलले किटनाशक विषादीले मान्छेले खाने सागसब्जी तरकारीलाई पनि असर पार्ने भएकाले विषादी प्रयोग गरेको कति दिन पछिमात्र उपभोग गर्न मिल्छ भन्ने कुरालाई विषादी ब्यवसायी र उत्पादकले सन्देश प्रवाह गर्नुपर्ने बताए ।

    विषादीका कारण मानव शरीरमा प्रतिकूल असर पर्ने गरेको दृष्टान्त सुनाउँदै नगरप्रमुख पोखरेलले दुईवर्षको कोभिड १९ महामारीमा ४७ जनाको मृत्यु खेपेको कनकाई नगरले अहिले विभिन्न नसर्ने रोगहरुबाट वर्सेनी १०० हाराहारीको मृत्यु हुने गरेको तथ्याङ्क पनि सुनाएका थिए ।नगर प्रमुख पोखरेलले माटोमा विषादीको प्रयोग कम गर्न सकेमा मृत्युदर घट्न सक्ने विश्वास व्यक्त गरे ।

    ‘हाम्रो माटोमा आज विषादीको प्रयोग गरिएन भने कृषि उपज उत्पादन गर्नै सकिँदैन । यसलाई सहजताका साथ उपलब्ध गराउने विषादी ब्यवसायीहरुलाई धन्यवाद दिनैपर्छ । तर आज विषादीयुक्त खाद्यवस्तु उपभोग गरेकै कारण मानिसको मृत्युको कारण ८० प्रतिशत हिस्सा ओगटेको तथ्य तर्फपनि ध्यान पुर्याउन आवश्यक देखिन्छ’ नगरप्रमुख पोखरेलको सुझाव छ ।

    जिल्ला तदर्थ समितिका संयोजक कमल बरालको अध्यक्षतामा आयोजित प्रथम जिल्ला अधिवेशनमा कोशी प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख सहसचिव पशुपति पोखरेलले आगामी हप्ताभित्रै कोशी प्रदेशबाटै विषादी व्यवसायीको दर्ता र नविकरणका लागि खुकुलो ऐन आउन लागेको जानकारी गराए ।

    विषादी औषधी होइन, यसको प्रयोगमा सावधानी अपनाउन सकिएन भने मानिसमा तीन प्रकारका जटिल समस्याहरु देखिएकाले ‘सेफर युज’का लागि मन्त्रालय र व्यवसायीहरुले सचेतना जगाउन हातेमालो गर्नुपर्ने आव्शयकता औंल्याए ।
    नेपाल विउ विजन व्यवसायी संघ कोशी प्रदेशका महासचिव बसन्त न्यौपानेले सञ्चालन गरेको सो अधिवेशन समारोमा विषादी ब्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष छोटेलाल प्रसादले विषादी आयातमा १३ प्रतिशत भ्याट थोपरेर सरकारले किसानमाथि झन् ठूलो बोझ बोकाएको जिकिर गरे ।
    ‘हामी व्यवसायीले त किनेको मूल्यमा २ प्रतिशत थपेर बेचौंला तर किसानले महंगाई थेग्न नसक्ने भएकाले अब क्रमशः विषादीको मात्रा कम गर्दै लैजानुपर्ने आवश्यकता रहेको छ’ अध्यक्ष छोटेलालको भनाई छ ।

    समारोहमा बाली संरक्षण प्रयोगशाला झुम्काका कार्यालय प्रमुख सरस्वती श्रेष्ठले विषादी व्यवसायीले पालना गर्नुपर्ने नियमहरु, ओसार पसार तथा प्याकेजिङ पुनः प्याकेजिङ सम्बन्धी ऐनमा उल्लेखित ब्यवस्थाहरु बारे जानकारी दिएकी थिइन् । आयोजक तदर्थ समितिका सचिव राजेन्द्र काफ्लेले शाब्दिक स्वागत गर्दै विषादी व्यवसायी संघको गठनको औचित्य प्रष्ट्याएको सो समारोहमा नेपालकै सबैभन्दा पहिलो कृषि सामग्री व्यवसायी संघका अध्यक्ष उमाप्रसाद सिटौला, नेपाल विउ विजन  व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष पदम बुढाथोकी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

    समारोहमा अधिवेशन सम्पन्न गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र तथा संघको आजीवन सदस्यता ग्रहण गर्ने व्यवसायीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
    १७ सदस्यीय नेतृत्व चयन
    अधिवेशनले तीन वर्षे कार्यकालका लागि कमल बरालको अध्यक्षतामा १७ सदस्यीय नेतृत्व चयन गरेको छ । अग्रज ब्यवसायी केशवप्रसाद पोखरेलको संयोजकत्वमा युवराज काफ्ले र श्याम खतिवडा सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरेको हो ।

    प्रथम अधिवेशनले विषादी ब्यवसायी महासंघ नेपाल झापा शाखाको वरिष्ठ उपााध्यक्षमा दमकका पुण्यप्रसाद भट्टराई, उपाध्यक्षमा विज्ञान ढकाल बिर्तामोड, सचिवमा राजेन्द्र काफ्ले बिर्तामोड र कोषाध्यक्षमा सन्दिप खतिवडा बिर्तामोडलाई जिम्मेवारी दिएको छ ।

    यस्तै सदस्यहरुमा पुष्पा भण्डारी (मेचीनगर), निर्मला घिमिरे बाँस्तोला (गौरादह), गंगा खतिवडा (दमक), बिक्की रजाक (भद्रपुर) र प्रेम भट्टराई (बुद्धशान्ति) रहेका छन् । कार्यसमितिमा १२ जना सदस्यहरु चुनिएका हुन् । यसरी चुनिएका सदस्यहरुमा जाकिर हुसेन मियाँ (राजगढ), बिजय जबेगु (मेचीनगर), मन्दिप बराल (दमक), प्रमोद शाह (बोलोचोक, शिवसताक्षी), शोभाकान्त दास (गौरीगञ्ज), गौरब बजगाईं (शिवसताक्षी) र धिरेन बिष्ट (मेचीनगर) रहेका छन् ।

    नवनिर्वाचित नेतृत्वलाई निर्वाचन समितिका संयोजक केशवप्रसाद पोखरेलले सपथग्रहण गराएका थिए भने विषादी ब्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष छोटेलालले झापाको कार्यसमिति देशभरकै उत्कृष्ट शाखा बन्ने अपेक्षासहित शुभकमाना दिएका थिए । समारोहमा नवनिर्वाचित अध्यक्ष बरालले एक्लो प्रयासले केही पनि काम गर्न नसकिने भएकाले कार्यसमितिमा रहेका वा नरहेका सबै विषादी व्यवसायीको सामुहिक प्रयासले लक्ष्य हासिल गर्न सकिने भएकाले सबैबाट यथेष्ट सहयोग भएमा सफलता हासिल गर्ने विश्वास दिलाए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    विविध कार्यक्रम सहित जामुनखाडी कृषि सहकारीको १०औं वार्षिकोत्सव सम्पन्न

    २०८२ चैत्र ११, बुधबार ०६:०८ गते

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    २०८२ चैत्र ९, सोमबार ०७:०३ गते

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    विविध कार्यक्रम सहित जामुनखाडी कृषि सहकारीको १०औं वार्षिकोत्सव सम्पन्न

    २०८२ चैत्र ११, बुधबार ०६:०८ गते

    कनकाईमा फायर बाइकसँगै- कता हो ? नामक डिजिटल ठेगाना प्रणाली सञ्चालनमा

    २०८२ चैत्र ९, सोमबार ०७:०३ गते

    बुद्धशान्तिमा चितुवाको आक्रमणबाट एक प्रहरीसहित ४घाइते, स्थानीयको कुटाइबाट चितुवाको मृत्यु

    २०८२ चैत्र ८, आईतवार २३:१३ गते

    बजारमा ग्याँसको अभाव भएसँगै कनकाई नगरपालिकाले गर्यो आकस्मिक अनुगमन

    २०८२ चैत्र ३, मंगलवार २२:३४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.