Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भगवती सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिले गर्यो पदभार ग्रहण
    कनकाई नगरपालिका

    भगवती सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिले गर्यो पदभार ग्रहण

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ भाद्र २८, शुक्रबार ०७:१८ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई— ३ सुरुङ्गास्थित भगवती बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित पदाधिकारी सहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।

    संस्थाको २४ औं वार्षिक साधारण सभाको अवसरमा नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । संस्थाको निर्वाचन उपसमितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रम अन्तर्गत प्रकाशित उम्मेद्वारहरुको नामावलीमा आवश्यक्ता अनुसार मात्र उम्मेद्वारहरुको मनोनयन भएकोले स्थानीय समाजसेवी युवराज संग्रौलाको नेतृत्वमा ९ सदस्यीय संचालक समिति साथै लीलाप्रसाद उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति यस अघि नै सर्वसम्मत रुपमा चयन भएको थियो ।

    कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न एक विशेष समारोहका विच संस्थाको निर्वाचन उपसमितिका संयोजक ईश्वरीप्रसाद शिवाकोटीले नवनिर्वाचित अध्यक्ष संग्रौला सहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु साथै लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

    यसरी सपथ ग्रहण गर्ने पदाधिकारी तथा सदस्यहरुमा अध्यक्ष संग्रौला सहित उपाध्यक्ष तोमप्रसाद बारकोटी, सचिव नरेन्द्रप्रसाद फुयाल एवं सदस्यहरु क्रमशः हिरण्यकुमार राई, दुर्गाप्रसाद चापागाईँ, गीतादेवी पाण्डे(भेट्वाल), धर्मप्रसाद उप्रेती, गोमादेवी कार्की र योगेन्द्र खतिवडा रहेका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजक लीलाप्रसाद उप्रेती र सदस्यहरु क्रमशः कुलबहादुर बस्नेत र अम्बरबहादुर कार्कीले सपथसँगै पदभार ग्रहण गरेका हुन् ।

    व्यवसायीहरुको संस्था कनकाई उद्योग वाणिज्य संघको संस्थापक अध्यक्षको रुपमा रहेर सफल नेतृत्व सम्हालिसकेका संग्रौला स्थानीय स्तरमा एक सालिन एवं प्रष्ट वक्ताका रुपमा परिचित व्यक्तित्व हुन् । यस अघि २०५४ को स्थानीय तह निर्वाचनमा साविक डाँगीबारी वडा नं.४ को निर्वाचित वडाअध्यक्षका रुपमा रहेर जनप्रतिनिधिको समेत अनुभव गरिसकेका संग्रौलाले स्थानीय स्तरमा क्रियाशिल विभिन्न सामाजिक साथै धार्मिक संघसंस्थाको समेत सफल नेतृत्व सम्हालिसकेका छन् । नयाँ योजनाका साथ स्थानीय एक सफल सहकारी संस्थाको नेतृत्व सम्हाल्न आएका संग्रौलाले सहकारीको माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।

    नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्नु अघि संस्थाका अध्यक्ष खेमप्रसाद प्रसाईँको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा संस्थाको औपचारिक वार्षिक साधारण सभा सम्पन्न भएको थियो । सभामा संस्थाका अध्यक्ष खेमप्रसाद प्रसाईले आ.व. २०८०\०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ३ करोड, ७९ लाख, ५८ हजार ७ सय रहेको जानकारी दिए । खुद नाफा ४६ लाख,९३ हजाार,७ सय ८१ रहेको संस्थामा निक्षेप तर्फ १४ करोड, ८४ लाख,५७ हजार,६४८ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    लेखा समिति संयोजक लीलाप्रसाद उप्रेतीेले आ. व. २०८०\ ०८१ को लेखा परीक्षण प्रतिवेदन र लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको बन्द सत्रमा अध्यक्ष र लेखा संयोजकको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको जनाइएको छ । त्यसैगरी सभाले आ.व. २०८१\०८२ को वार्षिक कार्ययोजना तथा कार्यक्रम समेत पारित गरेको छ ।

    त्यसैगरी सभामा संस्थाको कार्यविधिलाई समय सापेक्ष आवश्यक संशोधन तथा पुनरलेखन पनि गरिएको छ । सभाले ऋण व्यवस्थापन कार्यविधि–२०८१,सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्यविधि–२०८१, शेयर सदस्यता नीति तथा कार्यविधि–२०८१, बैठक सञ्चालन तथा सेवा सुविधा सम्बन्धी कार्यविधि–२०८१, उपसमिति व्यवस्थापन कार्यविधि–२०८१ र कोष परिचालन कार्यविधि–२०८१ पारित गरेको छ ।

    संस्थाका अध्यक्ष खेमप्रसाद प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , विषेश अतिथि कनकाई नगरपालिका सहकारी विभाग प्रमुख हरिप्रसाद पौडेल, अन्य अतिथिहरु भिमसेन सहकारी संस्थाका सचिव तेजप्रसाद प्रधान लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिव लीलाप्रसाद भेटवालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.