Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
    कनकाई नगरपालिका

    नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र २७, बिहीबार ०५:१३ गते4 Mins Read

    शेषराज भट्टराई
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ मात्रै लगाउँछ । हो ! नमच्चिने पिङको गतिविधि उतिविधि ठिक हुँदैन । चारै सुरुमा लिंगो गाडेको छु भनेर मख्ख पर्नै पर्दैन । तिनको गोलीगाँठो मिल्नु पर्छ । लगन गाँठो मिल्नुपर्छ । अनि मात्रै पिङको ह्याकुलो हाँस्छ र राम्रोसँग मच्चिन्छ । अन्यथा झड्का मात्रै हात लाग्छ र मच्चिनुभन्दा थच्चिनु जायज लाग्न थाल्छ । यो गर्छु, त्यो गर्छु भनेर फुर्ति लगाउने तर नाच्ने बेलामा कम्बर मर्काउन पनि जान्दैन भने कसरी हिरो हुन्छ, जिरो हुन्छ । यस्तो भएपछि सय झड्का मात्रै होइन हजारौं बेकामे झड्काले ङिच्च दाँत देखाउँछ ।

    चुनावमुखी राजनीतिक दलमा मात्रै होइन हरेक क्षेत्रमा नमच्चिने पिङले अगणित झड्का दिइराखेको हुन्छ । हामी यसो गम खाएर विचार गरौं त शैक्षिक सत्र सुरु भएपछि पाठशालाहरूले नयाँ भर्ना हुन आम नागरिकहरूलाई बाबु बाजेले नदिएको अनेक सुविधा उपसुविधाले भरिएको इन्द्रेणी आश्वासनको गगनभेदी भ¥याङ देखाएर सयौं नमच्चिने झड्का दिइराखेका हुन्छन् । अन्य पाठशालाले भन्दा आफ्नाले नमरीकनै स्वर्ग देखाइदिने आश्वासन दिएर अर्काे विशेष जादूले भरिएको सय झड्का प्रकट गर्ने गर्छन् । शिक्षालयको क्षेत्रफल धेरै भनेर हुन्छ कि या सभाहल ठूलो भनेर हुन्छ कि या प्राप्तांकको प्रतिफल अधिक देखाएर हुन्छ । पौडीको नाममा कौडीको कुवा देखाएर वा खेलकुदको गरो देखाएर भए पनि दरो आम्दानीका लागि दत्तचित्त भएर लागि परेका हुन्छन् । थोत्रा कम्प्युटरको करङ सो गरेर हुन्छ कि या भाडाका बाइनाकुलरको नलीखुट्टो देखाएर वा प्रोफेसर डाक्टरको नाम भजाएर भए पनि नमच्चिने पिङले झड्को दिइरहेको हुन्छ । यसरी व्यापार आपारको नसाको अगाडि गाँजा, भाङ, धतुरो, अफिम, चरेसको नसा आफैं छेउ लाग्छ । त्यसैले नमच्चिने पिङको सय झड्का दिनमा पाठशालालाई कसैले जित्न सक्दैनन् । तब न पाठशाला, विद्यालय, महाविद्यालय अन्यथा के विद्यालय ?

    लगन गाँठो मिल्नुपर्छ । अनि मात्रै पिङको ह्याकुलो हाँस्छ र राम्रोसँग मच्चिन्छ

    पिङ मजाले मच्चिन्छ भनेर सय झड्का दिनेमा अस्पतालहरू पनि अगाडि छन् । आफ्नो यावत् सुविधाले स्वास्थ्य लाभ हुन्छ भन्दै आफैं लाभालाभ हुन अग्रणी अस्पतालहरू एकथरी समस्या देखायो भने दश थरी ल्याबटेस्ट गर्न लगाएर आफ्नो अभावको खाल्डो पुर्ने गर्छन् । एक दुई दिन राखे हुने बिरामीलाई महिनौं अस्पतालमा ओस्याएर दीर्घरोगीको प्रमाणपत्रले सुशोभित गर्छन् । पहिला सामन्ती महाजनले शोषण गर्थे अहिले अस्पतालहरूले शोषण गर्छन् । अनेक रोगको उपचार गरिन्छ भन्दै अनेक रोगमा जुकाले झैं चुसेर अभाव पनि थपेर डिस्चार्ज गर्छन् । अनुसन्धान, प्रयोगशालाले नमच्चिने पिङमा झुम्कादार झड्का दिएपछि एनेस्थेसिया सुँगाएर बेहोस् बनाउनै पर्दैन बिल देखाए बेहोस् भैहाल्छन् नि ।

    नेपालका प्रधानमन्त्रीले दिने आश्वासनका नाराहरू पनि सयौं झड्का दिने खालका असाध्यै प्यारा कोरली राखुँ जस्ता हुन्छन् तर व्यवहारमा ठ्याक्कै उल्टो । विब्ल्याँटो भएपछि त्यसलाई निको मानिँदैन । हरेक प्रधानमन्त्रीको समान धारणा ‘म अरू जस्तो नेता होइन’ मानौं तिनको दुई खुट्टा नै छैन । भन्छन् म मुलुकलाई बनाउँछु । नागरिकलाई असम्भव सुविधा भोग्न बाध्य पार्छु । सबैका सारा गारा अप्ठ्यारा छुमन्तरको तालमा हरण गरिदिन सक्छु ।’ तर नेता आफैं दूषित आफ्नै आङमा भैंसी दौडीरहेको छ अर्काका आङको जुम्राको बखान गर्छन् । यस्ता आधुनिक हनुमानले अरूको कष्ट निवारण कसरी गर्छन् ? अनि उही उखान दोहो¥याउनुपर्ने हुन्छ, ‘नमच्चिने पिङको सय झड्का ।’

    काम गर्छु, गरेर देखाउँछु भन्नेलाई पनि अवरोध गरेर लाजनीतिको गन्धे खेलमा रमाएकाहरूलाई स्वतन्त्र नेताहरूले केही ज्ञान दान गर्दै छन् । तर रिस डाहाले फतक्क गलेकाहरूले फित्कौली ताकीताकी मट्याङ्ग्राले बाधा अड्चन सिर्जना गरिरहेका छन् । नमच्चिने पिङ मच्चाइ रहेका छन् । के गर्नु विचारहरूको सिंगो सक्कल देशको ढुकुटी रित्याउँदा रित्याउँदै दुख र सास्तीले फुलेर पिङ मजाले मच्चाउन सक्दैनन् अनि डाहाले फर्सी कुहे झैं भित्रभित्रै आफैं सिद्धिरहेका छन् । तैपनि सय झड्का भने दिन छोड्दैनन् दुष्टात्माहरू ।

    कोही कस्टमर पसलमा पसेर घुँडा धसेर वा धर्ना बसेर हाँसेर भैराखेको जिनिस थपक्क नकिनीकन यो मालमा यता फुर्का भएको भए लाने थिएँ । यसमा चाहिँ यहाँनेर प्वाल भएकोभए लानेथिए । यो मालको चाहिँ यहाँनेर तुना झुण्ड्याइदिएको भए लाने थिएँ । यसमा यहाँनेर गोजी भएको भए लाने थिए भनेर दोष मात्रै थोपर्छ भने त्यस्तो अवस्थामा पसले जतिसुकै बुद्ध भए पनि क्रुद्ध हुन्छ र नमच्चिने पिङको सय झड्का भन्दै आफ्नो रिस आफैंले घुटुक्क पिउँदै सुटुक्क मुर्मुरिनुपर्छ । अहिले देशको सत्ताधारी दल र नागरिकको असली अवस्था ठिक त्यस्तै छ । अब भन्नुस् तपाईं हाम्रो छरछिमेक प्रहरी प्रशासन, समाजसेवी, शैक्षिक जगत्, स्वस्थ्य क्षेत्र, विकास निर्माण हरेक निकायमा नमच्चिने पिङको मर्मत गर्ने कि नगर्ने ? खबरदार ! भन्नुस् हारगुहार माग्नुस् नत्र त जहिले पनि सय झड्का मात्रै हात लाग्ला है होसियार !

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.