Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भगवती सहकारी संस्थाको अध्यक्षमा संग्रौला, सहकारीलाई नयाँ दिशाबाट अघि बढाउँने संग्रौलाको प्रतिवद्धता
    कनकाई नगरपालिका

    भगवती सहकारी संस्थाको अध्यक्षमा संग्रौला, सहकारीलाई नयाँ दिशाबाट अघि बढाउँने संग्रौलाको प्रतिवद्धता

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ भाद्र २६, बुधबार ०८:३३ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई— ३ सुरुङ्गास्थित भगवती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा स्थानीय समाजसेवी युवराज संग्रौला सर्वसम्मत निर्वाचित भएका छन् ।

    संस्थाको निर्वाचन उपसमितिले प्रकाशन गरेको निर्वाचन कार्यक्रम अन्तर्गत प्रकाशित उम्मेद्वारहरुको नामावलीमा आवश्यक्ता अनुसार मात्र उम्मेद्वारहरुको मनोनयन भएकोले संग्रौलाको नेतृत्वमा ९ सदस्यीय संचालक समिति सर्वसम्मत भएको हो ।

    व्यवसायीहरुको संस्था कनकाई उद्योग वाणिज्य संघको संस्थापक अध्यक्षको रुपमा रहेर सफल नेतृत्व सम्हालिसकेका संग्रौला स्थानीय स्तरमा एक सालिन एवं प्रष्ट वक्ताका रुपमा परिचित व्यक्तित्व हुन् । साविक डाँगीवारी वडा नं.४ को निर्वाचित वडाअध्यक्ष(२०५४) समेत भएर जनप्रतिनिधिको अनुभव बटुलीसकेका संग्रौला स्थानीय स्तरमा विभिन्न सामाजिक, शैक्षिक साथै धार्मिक संघसंस्थाको जिम्मेवारीमा क्रियाशिल छन् । एक सफल व्यवसायीका रुपमा क्रियाशिल संग्रौला श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला कार्य समिति झापाको पुर्व अध्यक्ष, सुरुङ्गा खानेपानी संस्था साथै कनकाई घाटको समेत पुर्व उपाध्यक्ष, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको पुर्व सल्लाहकार समेतको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गरिसकेका संग्रौलाले सहकारी क्षेत्रलाई नयाँ दिशाबाट अघि बढाउँन आफ्नो तर्फबाट पहल गर्ने जनाएका छन् ।

    कनकाई खबरसँगको संक्षिप्त कुराकानीका अवसरमा नवनिर्वाचित अध्यक्ष संग्रौलाले सबै किसिमका चुनौतीलाई सामना गर्न साथै प्राप्त अवसरलाई उपलव्धीका रुपमा संस्थागत गराउँन सम्पूर्ण शेयर सदस्य, सामाजिक व्यक्तित्व, संघसंस्थाहरुको नेतृत्व तहमा रहेका सम्पुर्ण महानुभावहरुप्रति सहयोगको अपेक्षा राखेको बताएका छन् ।

    संस्थाको अध्यक्षमा संग्रौलासँगै उपाध्यक्षमा तोमप्रसाद बारकोटी, सचिवमा नरेन्द्रप्रसाद फुयाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः हिरण्यकुमार राई, दुर्गाप्रसाद चापागाईँ, गीतादेवी पाण्डे(भेट्वाल), धर्मप्रसाद उप्रेती, गोमादेवी कार्की र योगेन्द्र खतिवडा रहेका छन् ।
    सोही अवसरमा संस्थाको लेखा सुपरिवेक्षण समिति समेत सर्वसम्मत रुपमा चयन भएको छ ।जसको संयोजकमा लिलाप्रसाद उप्रेती र सदस्यहरुमा क्रमशः कुलबहादुर बस्नेत र अम्बरबहादुर कार्की सर्वसम्मत रुपमा चयन भएको निर्वाचन उपसमितिका संयोजक ईश्वरीप्रसाद शिवाकोटीले जानकारी दिए ।

    सहकारी ऐन नियमावलीमा भएको व्यवस्था अनुसार संचालक समितिले गठन गरेको निर्वाचन उपसमितिद्वारा निर्वाचन कार्यक्रम अघि बढेको बताइएको छ । यसरी सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुले यहि भदौ २७ गते हुने संस्थाको २४ औं वार्षिक साधारण सभाको अवसरमा सफदग्रहणसँगै पदभार ग्रहण गर्ने जनाइएको छ ।

    राजनीतिक अस्थिरताका कारण स्थानीय स्तरका वित्तिय संस्थाहरु पलायन भइरहेको तत्कालिन अवस्थालाई मध्यनजर गर्दै आज भन्दा २४ वर्ष अघि आफ्नो ठाउँमा आर्थिक कारोवारमा टेवा पुर्याउँने उद्येश्यले २०५७ को पौष १४ गतेदेखी संस्थाले आफ्नो सेवा सुचारु गरेको बताइएको छ । स्थापनाकालमा २५ जना शेयर सदस्यले २ लाख ५० हजार शेयर पुँजीको लगानी गरी संचालनमा ल्याएको भगवती साकोसमा क्रमिक रुपले हाल १ हजार ६९१ शेयर सदस्य भइसकेको संस्थाका कार्यलय प्रमुख महेन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

    सहकारीको माध्यमबाट नै मानव जीवनको आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिने भन्दै स्थानीय समाजसेवी व्यक्तित्वहरुको पहलमा संचालनमा आएको भगवती साकोस केही वर्ष अघिदेखी नै आफ्नै भवनमा संचालनमा रहेको छ ।संस्थाको पछिल्लो नेतृत्वमा हालसम्म स्थानीय शिक्षासेवी खेमप्रसाद प्रसाईँ समितिको अध्यक्षमा रहेर कार्यसम्पादन गरिरहेका छन् । संचालक समितिको नयाँ नेतृत्वले विहिबारदेखी आफ्नो पदभार सम्हाल्ने जनाएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.