Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जुवाको खालबाट प्रअसहित ८ जना पक्राउ
    समाचार

    जुवाको खालबाट प्रअसहित ८ जना पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन ९, शुक्रबार ०६:३७ गते2 Mins Read

    झापा  \  झापा प्रहरीले गएराती जुवाको खालबाट ९१ हजार नगद सहित ८ जनालाई पक्राउ गरेको छ ।

      प्रहरीले गौरादह नगरपालिका वडा नम्बर ९ का दिनेश पोख्रेलको घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सवै सामाजिक क्षेत्रमा नाम चलेका ब्यक्ति रहेका छन । सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकका साथै राजनीतिक दलका स्थानीय नेता समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

       पक्राउ परेका मध्ये गोपाल पोख्रेल स्थानीय अमर माविका प्रधानाध्यापक हुन । त्यस्तै रामवहादुर ढुंगाना लेखनाथ प्राविका शिक्षक हुन् । ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुको साथवाट कौडा र नगद वरामद गरेको हो । प्रहरीले २१ किलोमिटर दक्षीणको दुरीबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
    प्रहरीले पक्राउ गरे लगत्तै खालबाट बरामद भएको नगद घुस लिएर छोडिदिन प्रहरी निरिक्षक ठाकुरलाई पक्राउ परेकाले आग्रह गरेका थिए । प्रधानाध्यापक पोख्रेलले ठाकुरलाई अदालत पेस गरेपनि ३० हजार धरौटीमा रिहा भईहालिन्छ भन्दै त्यै पैसा लिएर छोडिदिन अनुरोध गरेका थिए ।

     ‘यस्तो वाइयात कुरा नगर्नुहोस । अहिले गाला चढ्काईदिन्छु, घुस खाने जस्तो लाग्यो ?’ पोख्रेल र प्रहरी निरीक्षक ठाकुर बीचको संबादको भिडियो समेत सुरक्षित रहेको वताइएको छ । प्रहरीले उनीहरुलाई पैसाको वार्गेनिङ्ग गरेको अभियोगमा पनि मुद्धा चलाउने तयारी गरेको छ । श्रोतका अनुसार जुवा नियन्त्रण ऐन र घुस लिन प्रेरित गरेको कसुर पक्राउ परेकालाई हुन्छ ।
    जिल्ला स्थित प्रहरी उच्च श्रोतका अनुसार बिहीबार राती करिव साढे १० बजे स्थानीयले प्रहरीलाई जुवा खेलिरहेको गोप्य सुचना दिएका थिए । स्थानीयले दिएको सुचनाको १५ मिनेटमा प्रहरीले जुवा खेलिरहेको घर घेरा हालेको थियो ।

       प्रहरीले पोख्रेलको घर घेरा हालेर जुवाडे पक्राउ गरेपछी स्थानीयबासी पुगेका थिए । प्रहरीले १६ थान कौडा ,मोबाईल ७ थान र नगद ९१ हजार ३ सय ८० रुपैंया बरामद गरेको ईलाका प्रहरी कार्यलय दमकका डीएसपी विजयराज पंडितले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सवै गौरादह ९ बैगुनधुराका हुन् । प्रहरीले ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङगाना, गोपाल पोख्रेल, महेश निरौला, रोहित बस्नेत, नेत्र पोख्रेल र गोपाल ढकाल पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सवैलाई जुवा ऐन अन्तर्गत कारवाही हुने दमक प्रहरीका प्रहरी नायव उपरिक्षक पण्डितले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.