Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा रेडक्रसको सोह्रौं सभामा सम्मान
    कनकाई नगरपालिका

    सुरुङ्गा रेडक्रसको सोह्रौं सभामा सम्मान

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र २२, शनिबार २२:१४ गते2 Mins Read

    कनकाई खबर \ नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाको सोह्रौं साधारणसभा सम्पन्न भएको छ ।

    रेडक्रस सभाहलमा उपशाखा सभापति बालकृष्ण प्रसाईंको अध्यक्षता, कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा सुरुङ्गा रेडक्रस स्थापनामा विशिष्ट योगदान गरेको मूल्यांकन गर्दै रेडक्रस अभियानको धरोहरका रूपमा जग्गादाता संस्थापक अध्यक्ष गेहनाथ उप्रेतीलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियोे ।

    त्यसै गरी, रेडक्रसकर्मीहरू तोयानाथ अधिकारी र दुर्गाप्रसाद चापागाईंलाई संस्थालाई पुर्याएको देनको लागि प्रशंसापत्रद्वारा सम्मान गरिएको थियोे । सदस्य श्याम पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा अध्यक्ष प्रसाईंले वार्षिक प्रतिवेदन, सचिव अर्जुन बोहराले सङ्गठनात्मक प्रतिवेदन र कोषाध्यक्ष दीपक भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा एमाले नगर अध्यक्ष गोकर्ण ओझा, नेपाली कांग्रेस नगर सचिव दीपक खतिवडा, राप्रपा नगर अध्यक्ष टीकाराम बराल, सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारी, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका अध्यक्ष प्रेमप्रसाद चुडाल, शिक्षासेवी डम्बर फुयाँल, युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस प्रमुख दीपक भट्टराई, घैलाडुब्बा रेडक्रस सभापति चन्द्र चुडाल, शरणामती रेडक्रस सभापति महेन्द्र प्रसाईं, सल्लाहकारद्वय श्रीप्रसाद बिमली र खेमराज कार्की, कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौला लगायतको आतिथ्य रहेको थियोे । २०५८ सालमा स्थापित सुरुङ्गा उपशाखामा हाल ६ यशस्कर सदस्य, १० विशिष्ट सदस्य र ६२६ जना आजीवन सदस्यहरू रहेका छन् । उपशाखा अन्तर्गत १३ वटा जुनियर रेडक्रस सर्कल र ४ वटा युवा रेडक्रस सर्कल रहेका छन् ।

    यस वर्ष अधिवेशनसमेत रहेकाले नयाँ कार्यसमिति गठनका लागि निर्वाचन समिति गठन गरी जिल्ला शाखाले आवश्यक प्रक्रिया अघि बढाएको बुझिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.