Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले कनकाईको इञ्चार्जमा मञ्जु प्रसाईं
    कनकाई नगरपालिका

    एमाले कनकाईको इञ्चार्जमा मञ्जु प्रसाईं

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र २१, शुक्रबार १७:३६ गते7 Mins Read

    कनकाई खबर \ नेकपा एमाले कनकाई नगर कमिटीको इञ्चार्जको रूपमा एमाले कोशी प्रदेश कमिटीका सदस्य मञ्जु प्रसाईंलाई प्रदेश कमिटीको केही दिन अघिको बैठकले जिम्मेवारी दिएको छ ।

    यस अघि नै नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कमिटीको बैठकले कनकाई नगरमा वार्ड इञ्चार्ज तोकेको थियो, जसअनुसार वार्ड नं. १ मा सीता अधिकारी, वार्ड नं. २ मा नरादेवी मगर, वार्ड नं. ३ मा कमल कट्टेल, वार्ड नं. ४ मा रोशन सुवेदी, वार्ड नं. ५ मा दीपक चापागाईं, वार्ड नं. ६ मा रवीन्द्र लम्साल, वार्ड नं. ७ मा दलबहादुर गजमेर, वार्ड नं. ८ मा सुनिता खरेल र वार्ड नं. ९ मा विनोद रानामगरलाई जिम्मेवारी तोकिएको छ । अहिले प्रदेश कमिटीमा कार्यरतलाई मात्र नगर वा गाउँ कमिटीको इञ्चार्जको जिम्मेवारी दिने केन्द्रीय नीतिअनुरूप प्रसाईंलाई कनकाईको जिम्मेवारी तोकिएको हो ।

    को हुन् मञ्जु प्रसाईं ?
    पञ्चायती कालरात्रीका विरुद्ध नूतन र नवीन सपना हृदयभरि बोकेर बन्दूकको मोहरीका अगाडि उभिन सक्ने हिम्मत झापाका क्रान्तिकारीहरूले गरेका थिए । २०२८ सालको किसान आन्दोलन वर्गसङ्घर्षको उच्चतम रूप थियो । सो सङ्घर्षको मुख्य पहलकर्ता र परिकल्पनाकार सहिद रामनाथ दाहाल थिए । उनै सहिद रामनाथकी छोरी मञ्जु दाहाल (प्रसाईं) आज एमाले राजनीतिमा सक्रिय छन् । पिताको पथ पछ्याउँदै राजनीतिक र सामाजिक काममा सहभागी हुँदै जाँदा र कम्युनिस्ट पार्टीले देखाएको आदर्शमा जतिसुकै डरलाग्दा कठिनाइ आएपनि रत्तीभर पनि शिर नझुकाई अघि बढ्दै जाँदा मञ्जु आज नगरको नेतृत्व सम्हाल्न आइपुगेकी छन् ।

    उनी नेपालको संविधान २०७२ जारी भएपछिको पहिलो स्थानीय तहको चुनाव २०७४ मा कनकाई नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् । कनकाई नगरपालिका वडा नं. ५ मा स्थायी बसोबास गर्ने मञ्जुले २०७४ सालको चुनावमा ८ हजार ५ सय ७६ मत सहित विजय हासिल गरेकी थिइन् । दोस्रो कार्यकालका लागि कनकाई नगरपालिकाको उपमेयरको उम्मेदवारका रूपमा खडा भएर ८ हजार ८ सय ४५ मत ल्याए पनि उनी उपविजेता बनेकी थिइन् ।

    जनअभिमतका माध्यमबाट जनप्रतिनिधि चुनिएर मात्र आफूलाई श्रेष्ठ सावित गर्न सकिन्छ र कम्युनिस्टहरूले जनताको आदेश अनुसार शासन गर्नुपर्छ भन्ने नेकपा एमालेले अङ्गीकार गरेको जनताको बहुदलीय जनवादको आलोकमा आज उनी फेरि इञ्चार्जको जिम्मेवारीको परीक्षामा उभिएकी छन् ।

    मञ्जुको पारिवारिक पृष्ठभूमि
    २०१९ साल कात्तिक १२ गते तत्कालीन इवा गा.वि.स. वडा नं. ५ हाल आठराई गाउँपालिका–४, ते¥हथुममा बुबा रामनाथ दाहाल र आमा जानुका दाहालका सन्तानका रूपमा जन्मेकी मञ्जुले एस.एल.सी. सम्मको शिक्षा हासिल गरेकी छन् । २०४२ सालमा खड्गप्रसाद प्रसाईंसँग वैवाहिक सम्बन्ध गाँसेकी मञ्जुले सासु, ससुरा, जेठाजु, नन्द, देवरसहितको ठूलो परिवारसँग घुलमिल भएर आफ्नो पारिवारिक डुङ्गा अघि बढाएकी थिइन् । मञ्जु र खड्गका छोरा नवीन र छोरी नविना रहेका छन् । मञ्जुको परिवार भूमिगत अवस्थामा सेल्टरदाताको रूपमा आश्रय प्रदान गर्दै आएको परिवार हो । सहिद रामनाथ दाहालकी माइली छोरीको रूपमा राधिका नामले परिचित उनी जन्मनुभन्दा पहिलेदेखि नै उनको परिवार वामपन्थी आन्दोलनमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सरिक थियो । सङ्घर्षपूर्ण जीवनको रूपमा क्रान्तिकारी परिवारसँग रगतको नाता मात्र होइन यो देशको मुक्तिका लागि आफ्नो जीवन बलिदान दिने सहिद परिवारकी छोरी भएर अत्यन्तै कठोर, पञ्चायती शासकको आँखाको तारो भएर जीवनलाई अगाडि बढाउने क्रममा वैवाहिक जीवन पनि एक कम्युनिस्ट परिवारसँग भएकोमा उनी गौरव महसुस गर्छिन् । उनको वैवाहिक सम्बन्ध २०२८ सालको झापा विद्रोहसँग सामिप्य रहेको प्रसाईं परिवारसँग गाँसिएको थियो । प्रसार्इं परिवार कनकाई नगरमा एक सुशिक्षित, चेतनशील र न्याय तथा समानताका पक्षमा दृढतापूर्वक उभिने परिवार हो ।

    मञ्जुको राजनीतिक पृष्ठभूमि
    मञ्जुको माइतीतर्फको परिवारको वातावरण नै राजनीतिक थियो । आफ्नो परिवारमा त्यति ठूलो घटना घट्दा पनि परिवारका कुनै पनि सदस्यहरू सहिदको आदर्शलाई तिलाञ्जली दिएर पञ्चायती तानाशाही सत्ताका सामु झुकेनन् । यही आदर्श र विश्वासलाई अक्करिला र भीषण कठिनाइका दिनहरूमा पनि कम्युनिस्ट आस्था मुटुमा साँचेर अघि बढ्ने क्रममा मञ्जु २०४२ सालमा तत्कालीन नेकपा (माले) को सेल कमिटीमा आबद्ध भइन् । उनले सेल कमिटीमा आबद्ध भएको ६ वर्षपछि प्रजातन्त्रको पुनस्र्थापनापछि २०४८ सालमा विधिवत पार्टी सदस्यता प्राप्त गरेकी थिइन् । त्यसपछि निरन्तर उनी पार्टीका विभिन्न क्षेत्रमा क्रियाशील रहिन् । उनी अखिल नेपाल महिला सङ्घ सुरुङ्गा गाउँ कमिटी सदस्य २०६२ साल (यसोदा लम्सालको कार्यकाल), अखिल नेपाल महिला संघ सुरुङ्गा गाउँ कमिटी सदस्य २०६८ साल (इन्दिरा पकुवालको कार्यकाल), नेकपा (एमाले) सुरुङ्गा ६ नं. वडा कमिटी उपाध्यक्ष २०६८, अखिल नेपाल महिला सङ्घ सुरुङ्गा गाउँ कमिटी सदस्य २०७० साल (बिन्दा थापाको कार्यकाल), अखिल नेपाल महिला सङ्घ कनकाई नगर कमिटी अध्यक्ष २०७१ साल, नेकपा (एमाले) कनकाई नगर कमिटी सदस्य २०७१ साल (कोमल पन्तको कार्यकाल), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कनकाई नगर कमिटी सदस्य २०७५ (रवीन्द्र लम्सालको कार्यकाल) लगायतका विविध जिम्मेवारीमा रहँदै पार्टीले दिएको काम गर्दैरहिन् । झापा जिल्ला कमिटी सदस्य तथा कनकाई नगर सहइञ्चार्जको जिम्मेवारी पुरा गरिसकेकी प्रसाईं हाल नेकपा एमाले कोशी प्रदेशको जिम्मेवारीमा छन् ।

    २०७४ सालमा उपमेयर बनेपछि
    मञ्जु नगरपालिकामा उममेयरका रूपमा निर्वाचित भएपछि नगरभित्रका महिलाको शिर माथि उठेको थियो । स्थानीय सरकारको न्यायिक निकायको जिम्मेवारी पाएपछि मञ्जुको जीवनमा ठूलो परिवर्तन आएको थियो । महिला हिंसा, वैदेशिक रोजगार, साँधसीमाना लगायतका मुद्दाहरूको सुनुवाइ गर्ने र सकेसम्म मुद्दाहरूलाई नगरस्तरमै समाधान गर्ने उनको प्रयत्न रह्यो र उनी सफल पनि भइन् । न्यायिक समितिमा बसेर काम गर्दाको अनुभव सुनाउँदै मञ्जु भन्छिन्– ‘घरेलु मुद्दाको मुख्य कारण त वैदेशिक रोजगारी नै देख्छु । वैदेशिक रोजगारीले धेरै घरबारविहीन भएका छन् । श्रीमान् हिँडिसक्दा यहाँ घरमा श्रीमतीको विजोग हुने गरेको छ । विवाह गर्नेबित्तिकै छाडेर जाने चलन छ । उहाँहरू नजिक भइसक्नुभएको हुँदैन । यस्तो अवस्थामा छाडेर गएर पछि नकारात्मक समस्या आउने गरेका छन् । श्रीमान्ले बाहिरबाट नियमित रूपमा मोटो रकम पठाइदिने र त्यसको श्रीमतीले दुरूपयोग गर्ने गरेको पनि देखिएका छन् । वैदेशिक रोजगारीले विरक्तै लाग्दो बनाएको छ । अर्को कुरा, लागूऔषध दुव्र्यसनीका कारण पनि समस्या देखिएका छन् । घरमै पनि श्रीमान्ले लागूऔषध खायो भनेर पनि उजुरी आउँछन् । यसको न्यूनीकरणका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न आवश्यक छ । धेरैजसो स्वेदशमा काम गर्न हिच्किचाउँछन् । तर, विदेशमा गएर जे गर्न पनि तयार हुन्छन् । विदेशमा जे पनि गर्न सक्ने यहाँ नसक्ने भन्ने हुँदैन । त्यहाँ गरेको तुलनामा नेपालमा केही प्रतिशत मात्र गर्ने हो भने विदेश यहीँ स्वदेशमै हुन्छ ।’

    इञ्चार्जको जिम्मेवारी पाएपछि सहिदलाई सम्झिइन् मञ्जुले
    सहिदहरूले कल्पना गरेको आदर्शवादी सभ्य र समुन्नत नेपाली समाजको निर्माण गर्न ती महान् सहिदहरू हिँडेको बाटोबाट अगाडि बढ्न जरुरी छ भन्ने उनको भनाइ छ । उनीहरूले जस्तै त्याग र बलिदानको अझै पनि आवश्यक छ । गोहीका आँसु चुहाएर मुलुक बदलिदैन र देशले कोल्टे पनि फेर्दैन । समाज र राष्ट्रको मुक्ति र स्वतन्त्रताका लागि जीवन दिने महान् विचार र भावनाको हामीले हृदयदेखि नै कदर र सम्मान गर्नुपर्छ । अन्याय र अत्याचारका विरुद्ध लड्ने समाजका शोषण र उत्पीडनका विरुद्ध लड्दालड्दै जीवन अर्पण गर्ने अग्रज सहिदहरूप्रति हामीले हृदयदेखि नै श्रद्धासुमन टक्रयाउनु पर्छ भन्ने मञ्जुको धारणा छ । कनकाई नगरवासीको चाहना र आम पार्टी कार्यकर्ताको भावना अनुरूप पार्टीलाई व्यक्तिको लहडको भरमा होइन, संस्थागत निर्णयको आधारमा अघि बढाउने काम गर्ने उनको भनाइ छ ।


    मञ्जुको अपिल छ कार्यकर्तासँग
    कामले काम सिकाउँछ । अनुभवले कामलाई खार्छ । आफ्ना समस्त अनुभव, ज्ञान र कौशललाई नगरवासीलाई सङगठित गर्न, एकताबद्ध गर्न र सभ्य, समृद्ध समाज निर्माण गर्न अधुरा काम पुरा गर्दै नगरवासीको सेवा गर्ने योजनाका साथ अघि बढ्न आवश्यक छ । नगरमा के हुँदैछ, स्थानीय सरकार के गर्दैछ र अबको हाम्रो बाटो के हो भन्नेमा हरेक कार्यकर्ता जानकार हुन जरुरी छ । केही मानिसले बुझेर मात्र समग्र नगरको विकास सम्भव छैन । सर्वसाधारण जनतासँग भद्रता र सरलताका साथ पेश हुन जरुरी छ । जनतासँगको घुलनशीलता मुख्य कुरा हो । पार्टीका तर्फबाट स्थानीय सरकारमा जानेहरूले पनि असल जनप्रतिनिधिका रूपमा आफूलाई प्रस्तुत गर्न आवश्यक छ ।

    मञ्जु आफू राजनीतिक परिवारबाट आएकी र राजनीतिमै आफ्नो जीवन बिताउने इच्छा रहेको उनी बताउँछिन् । उनले कनकाई नगरका कार्यकर्तामाझ भरोसायुक्त छबि बनाएकी छन् । वास्तवमा नगरको नेतृत्व राजनीतिमा आबद्ध व्यक्तिले नै गर्ने हो भन्ने उनको धारणा छ । कतिपय प्रतिकूल अवस्थामा नगरको नेतृत्वले आँटिलो निर्णय गर्न सक्नुपर्ने भएकाले अन्य पृष्ठभूमिका मानिसमा अन्य राम्रा विशेषता भए पनि राजनीतिक सुझबुझको कमीका कारण निर्णय क्षमताको कमी हुने प्रसाईको धारणा छ । उनी भन्छिन्, ‘हिजो पनि म जनताकै वीचमा थिएँ, आज पनि जनतासँगै छु र भोलि पनि जनताकै माझमा रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

    कनकाई नगरको पार्टी सञ्चालन सम्बन्धमा मञ्जु भन्छिन्–“कनकाई नगर अनुभवी, खारिएका र कर्मशील नेता तथा कार्यकर्ताहरु रहेको नगर हो । त्यसैगरि, बौद्धिक तप्काको ठूलो उपस्थिति छ यहाँ । उहाँहरु सबको साथ–सहयोग र सल्लाहमा पार्टी कामलाई अघि बढाउने छु । म त एक प्रतिनिधि मात्र हुँ । म, मेरो लक्ष्यमा सफल हुनेछु भन्ने कुरामा पूर्ण विश्वस्त छु ।”

    कनकाई नगरलाई मुलुकको एक उत्कृष्ट नमुना नगर बनाउने भविष्यको सपना पुरा गर्न नेकपा एमालेका हरेक नेता तथा कार्यकर्तामा एक रत्ती पनि घमण्ड हुनुहुँदैन । पार्टीले समाजका सबै पक्षलाई अघि बढ्न आवश्यक रहेको उनको धारणा छ । समयक्रममा देखा पर्ने विजातीय प्रवृत्ति र चुनौतीलाई चिर्न एकीकृत पार्टीबाट मात्र सम्भव भएकाले गुटउपगुट होइन, सङ्घर्ष र रूपान्तरणसहितको सङ्गठित पार्टी निर्माण गर्ने काम कनकाई नगर कमिटीको प्रमुख कार्यभार हो । जनताका हरेक सुखदुःखमा साथै रहेर मात्र हामी पार्टीलाई जनताको माझमा स्थापित गर्न सक्छौं भन्ने मञ्जुको स्पष्ट विचार छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.