Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई क्याम्पसमा तीज विशेष कार्यक्रम ः चाडपर्व भड्किलो बन्दै गएकोमा चिन्ता
    कनकाई नगरपालिका

    कनकाई क्याम्पसमा तीज विशेष कार्यक्रम ः चाडपर्व भड्किलो बन्दै गएकोमा चिन्ता

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ भाद्र २१, शुक्रबार १६:१२ गते3 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा सम्पन्न एक तीज विशेष कार्यक्रममा सहभागी वक्ताहरुले चाडपर्व भड्किलो बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

    कनकाई बहुमुखी क्याम्पस सुरुङ्गास्थित स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको शुभकामना आदानप्रदान सहितको तीज विशेष कार्यक्रममा पछिल्लो समय चाडपर्व भड्किलो बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको हो ।

    तीज भनेको नेपाली महिलाहरुको आफ्नो भावना पोख्ने पर्वको रुपमा परिचित भएपनि पछिल्लो समयमा आएर महिलाहरुको भावना पोख्नेभन्दा पनि यो व्यावसायिक हुँदै गएको बताइएको छ । स्वतन्त्र विद्यार्थी युनियन, कनकाई बहुमुखी क्याम्पसका सभापति चेतन आचार्यको अध्यक्षतामा संचालन भएको कार्यक्रम क्याम्पस संचालक समितिका उपाध्यक्ष खड्गप्रसाद प्रसाईँको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    कार्यक्रममा कनकाई बहुमुखी क्याम्पसकी नेपाली विभाग प्रमुख कमला सुवेदीले चाडपर्वका नाममा भएको विकृति र विसंगतिलाई हटाउँनु पर्ने तर्फ जोड दिइन् । तडक भडक होइन, संस्कृति र संस्कारको संरक्षणमा सबै एकजुट हुनु पर्नेमा जोड दिँदै समय र पुस्ताअनुसार परिवर्तन स्वाभाविकै हो, तर कुनै पनि कुराको मूल तत्व, मर्म नै हराउने गरेर भएको परिवर्तनलाई मौलिक मान्न नसकिने सुवेदीको तर्क थियो । तीजको मौलिकता, सामाजिक तथा सांस्कृितक पाटोलाई जोगाउन नयाँ पुस्ताले सोच्नुपर्ने बेला आएको भन्दै सुवेदीले यस तर्फ सम्पूर्ण विद्यार्थीहरुको चेतना जागृत हुनु पर्ने तर्फ जोड दिइन् ।

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै क्याम्पस प्रमुख विकासप्रसाद उप्रेतीले समयको परिवर्तनसँगै चाडपर्वका नाममा समेत परिवर्तन आउनु राम्रो कुरा भएपनि आफ्नो संस्कृति, परम्परा र यसको भावनालाई सबैले आत्मसाथ गर्नु पर्ने धारणा राखे । वर्तमान पुस्ताको जिम्मेवारी भनेको हाम्रो भाषा, साहित्य, कला र संस्कृतिलाई भावी पुस्तामा जस्ताको तस्तै हस्तान्तरण गर्नु रहेको भन्दै क्याम्पस प्रमुख उप्रेतीले तीजका पुराना गीतहरु हाम्रो मौलिक संस्कृतिको धरोहर भएको बताए ।

    कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि कनकाई वडा नं.४ का वडाअध्यक्ष रोशन सुवेदीले समेत नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा शुभकामना मन्तव्य राख्दै नेपालका प्रायःसबै समुदायका महिलाहरुले मनाउने साझा पर्वका रुपमा विकास भइरहेको तीज पर्वको त्यतिकै धार्मिक महत्व समेत रहेको बताए । तीजमा खासगरी भगवान शिवको आराधना गरिन्छ । यसको अर्को पक्ष नाचगान र मनोरञ्जन पनि भएको वडाअध्यक्ष सुवेदीले जानकारी दिए । अबको पुस्ताले चाडपर्वको अर्थ फरक तरिकाले बुझ्न सक्ने अवस्था सिर्जना भएको भन्दै वडाअध्यक्ष सुवेदीले चिन्ता व्यक्त गरे । आफ्नो धरातललाई बिर्सिएर अघि बढ्दै गरेका युवा पुस्तालाई सुझाव दिँदै वडाअध्यक्ष सुवेदीले विकृति र विसंगतिलाई हटाई हाम्रो संस्कार, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई मौलिक एवं स्वच्छ र स्वस्थ राख्न जरुरी रहेको बताए ।

    कार्यक्रमको प्रमुख अतिथीका रुपमा रहेका क्याम्पस संचालक समितिका उपाध्यक्ष खड्गप्रसाद प्रसाईँले भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न हिमालयकी छोरी पार्वतीले कठोर तपस्या गरी बरदान पाएको दिनलाई हरितालिका तीजका रुपमा मनाउँने परम्परा चल्दै आएको बताए ।
    यसै अवसरमा विवाहित महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामनासहित व्रत बस्ने र अविवाहित महिलाले सुयोग्य पति प्राप्त होस् भन्ने कामनासहित व्रत बसी पूजाआजा गरी मनाइने पवित्र पर्वका रुपमा हरितालिका तीजको महत्व रहेको प्रसाईँको ठहर छ । तर पछिल्लो समय धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको पर्व भड्िकलो र खर्चिलो बन्दै गएका कारण तीजको सांस्कृतिक र सामाजिक पक्ष कमजोर हुन सक्ने भन्दै यस तर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको प्रसाईको बुझाई छ ।

    स्ववियु कोषाध्यक्ष प्रिया पुरीको स्वागत तथा सचिव बासु निरौलाको संचालन रहेको कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुबाट नृत्य, गीत, गजल सहित विभिन्न साँगितीक प्रस्तुतीहरुसहित कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.