Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कलवार सेवा समिति झापाको तीज विशेष कार्यक्रम सम्पन्न
    कनकाई नगरपालिका

    कलवार सेवा समिति झापाको तीज विशेष कार्यक्रम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र १९, बुधबार २१:२० गते2 Mins Read

    कनकाई खबर \ नेपाल कलवार सेवा समिति झापाले हरितालिका तीज साथै मङ्गल चौथी ब्रतको अवसरमा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ ।
    समितिका झापा अध्यक्ष समाजसेवी राजकिशोर चौधरीको अध्यक्षता एवं प्रतिनिधि सभा सदस्य माननीय चन्दा चौधरीको प्रमुख आतिथ्य रहेको महान पर्व तीज विशेष कार्यक्रम आदर्श पाटी प्यालेस बिर्तामोडमा सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद चौधरीले महिला भनेको एउटा शक्ति भएका कारण परिवारमा एकआपसमा सहकार्य गरेर अघि बढ्नुु पर्नेमा जोड दिएकी छन् । शक्ति भएकै कारण कुनै पनि महिलाले घर भित्र साथै बाहिरको सामाजिक परिवेशमा समेत सक्रियता देखाउँनु पर्ने भन्दै प्रमुख अतिथी सांसद चौधरीले अबको समयमा एकजनाको मात्र कमाईले परिवार चलाउँन कठिन हुने बताएकी छन् ।

    समाज रुपान्तरणका लागि महिलाहरु पनि सधैं सक्रियताका साथ अघि बढ्नु पर्ने तर्फ जोड दिँदै प्रमुख अतिथी चौधरीले कार्यक्रममा कलवार समुदायका महिलाहरुको अत्यन्तै राम्रो उपस्थिती भएको भन्दै खुशी व्यक्त गरिन् । रातो पहिरनमा सजिएका कलवार समुदायका महिलाहरुले तीजको गीतमा नाच्दै एकआपसमा खुशी साँटेको कार्यक्रम संयोजक हेमलता चौधरीले जानकारी दिइन् ।

    संस्थाका अध्यक्ष राजकिशोर चौधरीले महिलाहरुको महान पर्व तीज विशेष कार्यक्रममा उत्साहका साथ उपस्थित भएका सबै आमा, दिदी, बहिनीहरुलाई शुभकामना व्यक्त गरे । महिलाहरुको हितका लागि संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष चौधरीले तीज पर्वको अवसरमा दिदीबहिनीहरु विचमा शुभकामना आदानप्रदानसहित दर खुवाउने विशेष कार्यक्रम समेत रहेको जानकारी दिए ।

    संस्थाका उपाध्यक्ष मनोजकुमार चौधरीले स्वागत गरेको कार्यक्रममा कलवार समुदायका अग्रज व्यक्तित्व प्रेमचन्द्र चौधरीले कार्यक्रमको औचित्य सहित सामाजिक क्षेत्रमा संस्थाको भुमिका र वर्तमान अवस्थाको बारेमा प्रष्ट पारेका थिए । मीनाकुमारी दासले संचालन गरेको साँस्कृतिक विशेष कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रमेश भगत, विशेष अतिथि एपोलो भगत लगायत संस्थाका सल्लाहकार समितिका पदाधिकारी तथा सदस्यहरु सहित जिल्ला बाहिरबाट समेत कलबार समुदायको बाक्लो उपस्थिती रहेको समितिका महासचिव दिपक कुमार चौधरीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.