Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अनियमितताको आशंकासहित कनकाईको बायो ग्याँस कम्पनीमा राप्रपाले माग्यो सूचना
    कनकाई नगरपालिका

    अनियमितताको आशंकासहित कनकाईको बायो ग्याँस कम्पनीमा राप्रपाले माग्यो सूचना

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र १९, बुधबार १७:३७ गते3 Mins Read

    कनकाई \ राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा सञ्चालित ग्यास उत्पादन कम्पनीमा अनियमितताको आशंकासहित परियोजना सम्बन्धी सूचना माग गरेको छ।

    विश्व बैंक, स्थानीय निकाय र उपभोक्ताको संयुक्त लगानीमा झापाको कन्काई-२ स्थित सुकेडाँगीमा निर्माण भएको कनकाई-विर्ता-अर्जुन नविकरणीय उर्जा तथा फोहर व्यवस्थापन कम्पनीसँग त्यहाँ भएका सम्पूर्ण गतिविधिको विस्तृत विवरण माग गरेका हुन्।  नगर प्रमुखको सचिवालयमा २०८१ भदौ १७ गते दर्ता नंं. ४३ कायम भइ दर्ता रहेको माग निवेदनमा जतिसक्दो चाँडो माग अनुसारको कागजात उपलव्ध गराउँन अनुरोध गरिएको छ ।

    सुरुमा १४ करोडको हारहारीमा शुरु भएको सो परियोजनाको लागत अहिले २२ करोड पुगेको र परियोजनामा अनियमितता भएको आशंकासहित राप्रपाका केन्द्रिय सदस्य खुस्बु ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव प्रसाद ओझासहितको टोलीले कन्काई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलसँग परियोजनाको विवरण लिखित रुपमा माग गरेको हो। सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार कुनै पनि नागरिकले सरकारी निकाय र सार्वजनिक निकायसँग मागिएको विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने हुन्छ। परियोजनाको उच्चस्तरीय संयन्त्रको संयोजकमा नगर प्रमुख पोखरेल छन्।

    ‘विश्व बैंकको ४०  र बाँकी तीन नगरपालिका र स्थानीय उपभोक्ताको ६० प्रतिशत लगानीसहित करिब १४ करोडको विस्तृत परियोजना प्रतिवेदन बनेको यो परियोजना अहिले लगभग बन्द हुने अवस्थामा छ। लागत निरन्तर बढिरहेको छ तर प्रतिफल छैन,’निवदेन दर्तापछि ओलीले भनिन्,‘यहाँसम्म कि आर्थिक प्रतिवेदन समेत सार्वजनिक गरिएको छैन र त्यहाँको सभा समेत बस्न सकेको छैन।’

    ओलीका अनुसार पूर्व तयारी र व्यवस्थापनको पाटोको कुनै ख्याल नै नगरी घर घरमा ग्यास पुर्‍याउने महत्वकाँक्षी योजनासहित यो परियोजना सुरु भएको तर अहिले बन्द नै हुने अवस्था भएकाले अनियमितता भएको आशंका गर्ने प्रसस्त ठाउँ छ। उनका अनुसार ग्यास उत्पादन गरेर व्यवस्थापन गर्ने तयारी नहुँदा नष्ट समेत गरिएको थियो। 

    ओलीका अनुसार अहिले २ प्रतिशत पनि पूर्ण क्षमतामा काम हुन सकिरहेको छैन। यदि यो परियोजना बन्द भयो भने धेरै जनताको पैसा डुब्ने बताउँदै तत्कालै सरोकारवालाको ध्यानाकर्षण गर्न आफूले सूचनाको हक सम्बन्धी ऐन अनुसार सूचना मागेको जानकारी गराइन्। 

    झापाको कन्काई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने उद्देश्यले कम्पनी स्थापना गरेका हुन्। प्लान्टमा हाल ७५० जनाभन्दा बढी उपभोक्ताले १० हजारदेखि एक करोड रुपैयाँसम्म शेयर लगानी गरेका छन्। 

    ओलीले भनिन्,‘यसमा भएको लगानी अनुसार कार्य प्रगति नहुनु र यसका अन्य पक्षबारे जनताले यथार्थ जानकारी पाउनुपर्छ त्यसैले एक जिम्मेवार नागरिक, यहाँको स्थानीय र राजनीतिकर्मीको नाताले मैले यो पहल गरेको हुँ। ’

    उनले सूचनाको हक मार्फत सुशासन, पारदर्शीता कायम गर्नुका साथै भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग पुग्ने बताइन्। ‘सूचनाको हक सम्बन्धि अधिकार प्रयोग गरी त्यस परियोजनाको आर्थिक प्रतिवेदन, करचुक्ता, कार्य प्रगतिको विवरण, डीपीआर, सम्भाव्यता अध्ययनको रिपोर्ट माग गरेका छौं, ओलीले भनिन्-‘जनताको करोडौं पैसा कुनै आयोजनामा सिक्न र परिक्षणका लागि प्रयोग गर्न मिल्दैन, यो सरासर दुरुपयोग हो।’
     

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.