Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अध्यक्षमा पुनः उप्रेतीलाई चयन गर्दै कनकाई भूतपूर्व विद्यार्थी समाजको साधारण सभा सम्पन्न
    कनकाई नगरपालिका

    अध्यक्षमा पुनः उप्रेतीलाई चयन गर्दै कनकाई भूतपूर्व विद्यार्थी समाजको साधारण सभा सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र १६, आईतवार १२:४१ गते4 Mins Read

    कनकाई खबर \ झापाको कनकाई —३ सुरुङ्गामा रहेको कनकाई माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुको समुह कनकाई भूतपूर्व विद्यार्थी समाजको छैठौँ साधारण सभा सम्पन्न भएको छ ।

    समाजका अध्यक्ष दिनेशकुमार उप्रेतीको सभापतित्व एवं कनकाई माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर डाँगीको प्रमुख आतिथ्यमा शनिबार कनकाई माविको सभाहलमा साधारण सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष उप्रेतीले आर्थिक वर्ष २०८० \ ०८१ को समाजको कूल आम्दानी रू.१,५१,००२ कूल खर्च रू ४७,७९०.९० र बचत रू १,०३,२११.१० भएको अडिट रिपोर्ट सार्वजनिक गरेका थिए । यसका साथै हाल सम्ममा समाजको अक्षयकोषमा जम्मा रू.७,२८,२११.१० रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    त्यस्तै उप्रेतीले आजीवन तथा साधारण सदस्यहरूले सदस्यता शुल्क बापत साथै कोषवृद्धिका लागि गरेको सहयोग अक्षयकोषमा जम्मा हुने र त्यसको व्याज बापत प्राप्त हुने रकम कनकाई माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति दिने गरिएको जानकारी दिए । अध्यक्ष उप्रेतीले वि.सं.२०७५ देखि २०८० सम्म १३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकिएको पनि जानकारी दिए ।

    यसरी छात्रवृत्ति पाउने विद्यार्थीहरूमा निशान्त बिमली २०७५, सपना राई २०७५, नवीन शिवाकोटी २०७६, सुमन आचार्य २०७७, अंकिता उप्रेती २०७८ , पूजा बम्जन २०७८, साबित्रा लुइटेल २०७९, क्रीतिका चुडाल २०७९, मुना बास्तोला २०७९, साबित्रा लुइटेल २०८०, सुप्रिया लिम्बू २०८०, पूर्णीमा सुवेदी २०८०, आरती तिवारी २०८० रहेका छन् भने छात्रवृत्तिको रकम रू १०,००० रहेको छ ।

    त्यस्तै समाजले २०७६ असोज २० गते वृहत साँस्कृतिक कार्यक्रम सहित ४२ जना अग्रज गुरूहरूलाई सम्मान , कनकाई नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माणमा पूर्व विद्यार्थीहरूलाई आह्वान गरेर आर्थिक सहयोग , पूर्व विद्यार्थी सुमित पाठकलाई नेपाल आइडलमा बिजय गराउन सहयोग आह्वान , पूर्व विद्यार्थी प्रमिला खतिवडाको स्वास्थ्य उपचारको लागि सहयोग सङ्कलन गरी सहयोग गरिएका जस्ता कार्यहरु उप्रेतीले सभामा प्रस्तुत गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगीले असहाय र आर्थिक अभावमा अध्ययनलाई निरन्तरता दिन कठिनाई भोगिरहेका विद्यार्थीहरूको पहिचान गर्दै छात्रवृत्ति दिने समाजको कामलाई मुक्त कण्ठले प्रशंसा गरे । जुन विद्यार्थीले छात्रवृत्ति पाएका छन उनीहरूको प्रगती प्रशंसनीय रहेको भन्दै प्रधानाध्यापक डाँगीले छात्रवृत्ति उपलब्धीमुलक भइरहेकोमा खुशी व्यक्त गरे । प्रधानाध्यापक डाँगीले अत्यन्तै खुला हृदयले उच्च उद्देश्य बोकेर क्रियाशील कनकाई भूतपूर्व विद्यार्थी समाजले निरन्तर आह्वान गरिरहँदा पनि सबै ब्याचका विद्यार्थी अभियानमा जोडिने प्रक्रिया सन्तोषजनक नहुनु दुखःद भएको भन्दै समयले सबैमा चेतना प्रदान गर्ने कुरामा विद्यालय आशावादी रहेको वताए । कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका कनकाई माविका प्रधानाध्यापक डाँगीले निरन्तर निस्वार्थ कर्म गरिरहन समाजलाई आत्मबल मिलोस भन्दै शुभकामना व्यक्त गरे । ।

    कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै समाजका महासचिव अखिल कुमार कोइरालाले राज्यले सार्वजनिक शिक्षा निशुल्क भनेपनि सार्वजनिक शिक्षालयहरूमा अहिले पनि विद्यार्थीहरू आर्थिक कारणले अध्ययनलाई निरन्तरता दिन नसकिरहेको अवस्था दर्साउँदै त्यस्ता विद्यार्थीहरू पहिचान गरेर उनीहरूलाई छात्रवृत्ति दिनु पुर्व विद्यार्थी समाजको केन्द्रीय काम भएकोले २०६६ सालदेखि त्यही कामको निम्ति पुर्व विद्यार्थी संगठित भएको जानकारी दिए ।

    अहिले सम्म यस अभियानमा ११२ जना जोडिसकिएको र यो संख्यालाई बढाएर लान सबै सदस्यहरूलाई एकजनाले कम्तिमा एकजना सदस्य थप गर्न पनि महासचिव कोईरालाले आह्वान गरे । यो संगठित हुने, दान दिने र असहायहरूलाई अध्ययनको अवसर प्रदान गर्ने पुण्यको काम भएकोले यस अभियानमा सबै साथीहरू जोडिदै जान अनुरोध समेत गरे ।

    यसरी अभियानमाबाट प्राप्त आर्थिक सहयोगबाट एक रूपैयाँ पनि अन्य कामको लागि खर्च नगर्ने , सभा, सम्मेलन, चिया पानी इत्यादि खर्चहरू पनि समितिका सदस्यहरू साथै विद्यालयले गरिरहेकोले साथीहरूको सहयोग दुरुपयोग नहुने कुरामा विस्वस्त रहन पनि सबैलाई कोईरालाले अनुरोध गर्नुभयो ।

    त्यस्तै साधारण सभाले आगामी २ वर्षे कार्यकालका लागि पुनः पुरानै कार्यसमितिलाई दोहो¥याएको छ । समाजको अध्यक्षमा दिनेशकुमार उप्रेती रहनु भएको छ भने उपाध्यक्षमा सुजन काफ्ले, महासचिवमा अखिलकुमार कोइराला, सचिवमा मुक्तिनाथ दाहाल, कोषाध्यक्षमा दिलिपकुमार खतिवडा, सदस्यहरूमा महेन्द्र विश्वकर्मा, निर्मल दाहाल , भिष्म मैनाली , राजेन्द्र उप्रेती, चन्द्र पोखरेल र गोमादेवी कार्की रहेका छन् ।

    कार्यक्रममा कनकाई माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाईं र कनकाई बहुमुखी क्याम्पसका प्रधानाध्यापक विकासप्रसाद उप्रेतीको विशिष्ट आतिथ्यता रहेको थियो भने कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष सुजन काफ्लेले शाब्दीक स्वागत गरेकी थिइन्। कार्यक्रमको संचालन समाजका कोषाध्यक्ष दिलिप कुमार खतिवडाले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.