Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आज पुस्तकालय दिवसः पुस्तकालयको विकासमा स्थानीय सरकार उदासिन
    कनकाई नगरपालिका

    आज पुस्तकालय दिवसः पुस्तकालयको विकासमा स्थानीय सरकार उदासिन

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ भाद्र १५, शनिबार १०:५४ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्ने अभियान चलाएको भएपनि ज्ञानको भण्डारका रुपमा रहेको पुस्तकालयको विकास एवं विस्तारमा भने उदासिन बनेको छ ।

    समृद्धिकालागि सधैं उपयोगी बन्न सक्ने सार्वजनिक पुस्तकालयको विकासमा स्थानीय सरकार उदासिन बनेको हो । वौद्धिक व्यक्तित्वहरुको जमात रहेको कनकाईमा इतिहासलाई संरक्षण गर्नका लागि समेत स्थानीय सरकार गम्भिर हुनु पर्ने सरोकारवाला बताउँछन् । ज्ञानको स्रोतका रुपमा रहेको पुस्तकालयको विकास एवं विस्तारमा स्थानीय सरकारले चासो नदिएको भएपनि आगामी दिनमा यसलाई छलफलको विषय बनाउँने कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारी बताउँछन् ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा समेत प्रत्येक स्थानीय तहमा एउटा सार्वजनिक पुस्तकालयको अवधारणा रहेको भएपनि कनकाई नगरका विद्यालयस्तरमा भने पुस्तकालयको व्यवस्थापन गर्ने प्रयास भएको शिक्षा शाखा प्रमुख ओडारीले जानकारी दिए ।

    यसै अवसरमा नेपाल सरकारले यहि भाद्र १५ गते सत्रौँ राष्ट्रिय पुस्तकालय दिवस विशेष कार्यक्रमका साथ मनाउँदैछ ।कनकाई नगरमा समेत पुस्तकालय दिवस मनाउँन सर्कुलर आएको भएपनि हाल सम्म यस विषयमा कुनै छलफल नभएको बताइएको छ । पुस्तकालयको प्रयोगमा रुचि जगाउने, सानै उमेरदेखि पठन संस्कृतिको विकास गर्ने, शिक्षा, सूचना तथा ज्ञानको स्रोतको संकलन, व्यवस्थापन गरी आवश्यकताका आधारमा समाजमा सम्प्रेषण गराउने जस्ता विभिन्न गतिविधि गर्नु पुस्तकालय दिवसको उद्देश्य रहेको बताइएको छ ।

    यसको अर्थ स्थानीय स्तरका प्रत्येक नागरिकहरू पठन संस्कृतिबाट विमुख नहुन् र उनीहरूले आफ्नो इच्छित विधाअनुसारका पुस्तकहरू पढ्न पाउन् भन्ने नै हो। यतिमात्र नभई पालिकाका हरेक वडाहरूले आफ्नो वडाभित्र पुस्तकालय खोल्न पाउने अधिकार वडालाई समेत सुरक्षित गरिदिएको छ। इति हुँदाहुँदै पनि स्थानीय सरकार नागरिकहरूप्रति कतिसम्म जिम्मेवार रहेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिने स्थानीय सरोकारवालाहरु बताउँछन् । कनकाई नगर क्षेत्रमा यस अघि पनि सचेत नगरबासीहरुले विभिन्न समयमा विभिन्न किसिमका पुस्तकालय संचालनमा ल्याएको भएपनि संरक्षणको अभावमा गति लिन नसकेको स्थानीयबासी बताउँछन् ।

    सार्वजनिक पुस्तकालयको आवश्यक्ता र यसको महत्वलाई प्राथमिकतामा राख्दै स्थानीय सरकार कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारी सहित यस क्षेत्रका अग्रज साहित्यकार, प्राध्यापक, शिक्षक साथै विद्यार्थीले समेत आआफ्नो विचार व्यक्त गरेका छन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.