Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कन्काईमा बहिरा तथा सुस्त श्रवण क्षमताका विद्यार्थीका लागि छात्रावास
    कनकाई नगरपालिका

    कन्काईमा बहिरा तथा सुस्त श्रवण क्षमताका विद्यार्थीका लागि छात्रावास

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र १०, सोमबार २०:३९ गते2 Mins Read

    कनकाई खबर\ कनकाई नगरपालिका–३ सुरुङ्गामा बहिरा तथा सुस्त श्रवण क्षमताका विद्यार्थीका लागि थप एक छात्रावास बन्ने भएको छ ।
    अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छायाँ नेपाल, स्थानीय सरकार कनकाई नगरपालिका र कन्काई माध्यमिक विद्यालयको संयुक्त लगानीमा सो छात्रावास भवन बन्न लागेको हो । एक भव्य समारोहका वीच उक्त भवनको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शिलान्यास गरे ।
    हरेक तलाको क्षेत्रफल १४८१.९१ वर्ग फिट रहने डाइनिङ हल, भान्साकोठा, आआफ्ना शौचालयसहित छात्र छात्राका लागि अलगअलग कोठा, स्टडी रुम र केयर टेकर रुम रहने २ तले भवनको जम्मा लागत ९८ लाख ९५ हजार ८ सय ४२ रुपैयाँ ९९ पैसा रहेको छ । मुख्य दाता छायाँ नेपालको ८० प्रतिशत अर्थात् ७९ लाख १६ हजार ६ सय चौरहत्तर रुपैयाँ ३९ पैसा, कनकाई नगरको १५ प्रतिशत् अर्थात १४ लाख ८४ हजार ३ सय ७६ रुपैयाँ ४५ पैसा र कन्काई माविको ५ प्रतिशत अर्थात् ४ लाख ९४ हजार ७ सय ९२ रुपैयाँ १५ पैसा लगानी रहने विद्यालयका विशेष शिक्षा संयोजक जीवेन्द्र घिमिरेले जानकारी दिए । गत जेठ ३२ गते सम्पन्न त्रिपक्षीय सम्झौताअनुरूप सम्झौता मितिले १ वर्षभित्रमा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेछ ।
    सन् २०१५ मा सामाजिक तथा वातावरणीय चुनौती सम्बोधन गर्ने र जनताका समस्यालाई दीगो समाधानका लागि विशेष भूमिका खेल्ने उद्देश्यका साथ स्थापित छायाँ नेपालले मुलुकका विभिन्न जिल्लामा विद्यालय भवन निर्माण तथा पुनर्निर्माणका लागि महत्त्वपूर्ण आर्थिक तथा प्राविधिक सहयोग पु¥याउँदै आएको शिलान्यास कार्यक्रममा छायाँ नेपालका प्रमुख कार्यकारी अधिकृत तथा संस्थाका संस्थापक कमल थापाले जानकारी दिए । छायाँ नेपालले कोशी प्रदेशमा छात्रावास निर्माणको काम पहिलो पटक गर्न लागेको हो ।

    कार्यक्रममा नगर प्रमुख पोखरेल र विद्यालयका सल्लाहकार संयोजक जनार्दन उप्रेतीले बहिरा विद्यार्थीका लागि सुविधासम्पन्न छात्रावास निर्माण हुनु खुसीको कुरा भएको बताए । हाल विद्यालयमा ८० बहिरा तथा सुस्त श्रवण क्षमताका विद्यार्थी अध्ययनरत छन् भने कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी अध्ययन गर्न आउने भएकाले थप छात्रावासको आवश्यकता परेको हो । हाल सञ्चालित छात्रावासमा २७ विद्यार्थी बस्तै आएका छन् ।
    कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटी, पूर्व अध्यक्ष तिलचन्द्र उप्रेती, पूर्व अध्यक्ष तथा प्रअ कोमलप्रसाद पोखरेल, पूर्व प्रअहरु चन्द्रप्रसाद मैनाली, ईश्वरीप्रसाद शिवाकोटी, निर्मलकुमार खतिवडा, गोपीकृष्ण भट्टराई, ज्येष्ठ नागरिक सङ्घ कनकाई नगर अध्यक्ष शम्भु पोखरेल, सल्लाहकारहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, पीटीए अध्यक्ष रमेश शेर्पा र सदस्यहरु लगायतको आतिथ्य रहेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंले गरेका थिए ।

    कार्यक्रममा छायाँ नेपालका इञ्जिनियर आशीषकुमार राय र वातावरणीय इञ्जिनियर देवमणि पोखरेलको पनि आतिथ्य रहेको थियो । धार्मिक विधिपूर्वक सम्पन्न शिलान्यास कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.