Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नगरपालिकाको डम्पिङ्साइड बन्यो तराईकै पहिलो सामुदायिक वन
    कनकाई खबर बिशेष

    नगरपालिकाको डम्पिङ्साइड बन्यो तराईकै पहिलो सामुदायिक वन

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ भाद्र ६, बिहीबार १४:४२ गते4 Mins Read


    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले लामो समयदेखी डम्पिङ्साइड बनाउँदै आएको तराईकै पहिलो सामुदायिक वन फोहोरका कारण दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ ।

    पुर्वकै धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित पवित्र कनकाई नदी साथै धार्मिक क्षेत्र कोटीहोम परिसर आसपासको कनकाई सामुदायिक वन— क्षेत्र लामो समयदेखी कनकाई नगरपालिकाको डम्पिङ्साइड बनेको हो ।

    कनकाई–२ स्थित सुकेडाँगीको कनकाई–बिर्ता–अर्जुन नबिकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीमा फोहोर बर्गिकरण (सेग्रीगेसन) मेसिन बन्द भएका कारण कनकाई नगर क्षेत्रको प्लाष्टिकजन्य फोहोरसँगै सबै किसिमका फोहोर वन क्षेत्रमा फाल्न थालेपछि स्थानीय स्तरमा दुर्गन्ध बढेको बताइएको छ । कम्पनीमा जम्मा भएको फोहोरले स्थानीय ग्रामिण क्षेत्रमा दुर्गन्ध बढेको भन्दै स्थानीयबासीबाट अवरोध आएपछि फोहोर बर्गिकरण गर्ने मेसिन बन्द गरिएको हो । वन क्षेत्रमा रहेको डम्पिङ्साइडमा फालिएको फोहोरबाट समेत दुर्गन्ध बढेसँगै विभिन्न किसिमका हैजा फैलने डरका कारण वन आसपासका स्थानीयबासीले केही दिन अघि फोहोर संकलन गरेर आएको कनकाई नगरपालिकाको गाडीलाई अवरोध गरेका थिए ।

    ग्रामिण क्षेत्रको बाटो हुँदै सामुदायिक वन तर्फ फोहोर लिएर गएका ट्रयाक्टर र ट्रिपरबाट दुर्गन्ध फैलिएको साथै बाटामा फोहोर फाल्दै हिडेका कारण मानव स्वास्थ्यमा समस्या हुने गरेको भन्दै स्थानीयबासीले फोहोर लिएर गएको गाडीलाई अवरोध गरेको नगरपालिकाका सफाई कर्मचारीहरु बताउँछन् । स्थानीयबासीबाट अवरोध सिर्जना भएपछि सफाई कर्मचारीले अहिले कोटीहोम धार्मिक क्षेत्र आसपासको बाटो हुँदै सामुदायिक वनको डम्पिङ्साइडमा फोहोर थुपार्ने गरेको बताइएको छ ।

    विभिन्न मठमन्दिर, प्रहरीका नाममा निर्माण भएपनि हाल मजदुर बस्दै आएको घर, चौतारी, खेल मैदान, आवश्यक्ता भन्दा बढी निर्माण भएका बाटाहरु, कृषि बजारसँगै निर्माण भएका संरचनाहरुका कारण कनकाई सामुदायिक वन हरेक वर्ष अतिक्रमणको चपेटामा पर्दै आएको सरोकारवाला बताउँछन् ।

    वन क्षेत्रमा रहेको डम्पिङ्साइडमा बजार क्षेत्र सहित गाउँ–घरको सबै किसिमको फोहोर, मासु पसल, सैलुन, मेडिकलबाट निस्किने फोहोर डम्पिङ्साइडमा फ्याँकिएका छन् । त्यसैगरी डाइफर, रक्सीका बोतल, मेडिकलमा प्रयोग भएका सुई, सीसी, अन्य बोतल फालिएको देख्न सकिन्छ।
    स्थानीय सरकारले फोहोरलाई जतिसक्दो चाँडो अन्य स्थानमा व्यवस्थापन गर्नु पर्ने भन्दै कनकाई सामुदायिक वन समूहका अध्यक्ष खेमप्रसाद ओलीले सामुदायिक वन फोहोर व्यवस्थापनको दिर्घकालीन समाधानको क्षेत्र नभएको बताएका छन् ।

    कनकाई नगर क्षेत्रमा फोहोर व्यवस्थापनको ठूलो समस्या भएपछि नगरपालिकाको अनुरोधमा केही वर्ष अघि छोटो समयकालागि स्थान उपलव्ध गराएको भन्दै वन समूहका अध्यक्ष ओलीले अब कनकाई नगरपालिकाले सामुदायिक वनलाई डम्पिङ्साइड बनाउँन नहुने सुझाव दिए । स्थानीय उपभोक्ताहरुबाट समेत पटक–पटक अवरोध सिर्जना भएका कारण फोहोरको बैकल्पीक व्यवस्थापनका लागि नगरपालिका गम्भिर हुनु जरुरी रहेको अध्यक्ष ओली बताउँछन् ।

    वन क्षेत्रमा फोहोर नफाल्न सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएको भएपनि यसमा कुनै निकायबाट सुनुवाई नभएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन् । यता स्थानीय सरकारका प्रतिनिधि समेत रहेका कनकाईको वडा नं.–२ का वडाअध्यक्ष बलराम राई समेत फोहोर व्यवस्थापनका विषयमा आँफू निकै गम्भिर बनेको बताउँछन् ।

    फोहोर मैला व्यवस्थापन गर्न बनेको उर्जा कम्पनी र कनकाई सामुदायिक वन क्षेत्रको ‘डम्पिङ्साइड’ का कारण विशेष गरी कनकाईको वडा नं.२ प्रत्यक्ष रुपमा प्रभावीत बनेको वडाअध्यक्ष राईको भनाई छ । कनकाई नगर क्षेत्रमा फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको भन्दै वडाअध्यक्ष राईले यस विषयमा नगर क्षेत्रमा क्रियाशिल राजनीतिक दल, सामाजिक संघसंस्था सहित सरोकारवाला बिच संवाद हुनु जरुरी रहेको बताए ।

    हरियाली वन क्षेत्र वातावरणीय हिसाबले राम्रो मानिदै आएपनि कनकाई नगरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिचान दिएको सामुदायिक वन भने फोहोर फाल्ने ‘डम्पिङ्साइड’ बन्नु राम्रो कुरा नभएको स्थानीयबासी बताउँछन् । कनकाई नगरपालिकाले नगर क्षेत्रको मुख्य बजार सुरुङ्गाको लागि कनकाई सामुदायिक वनलाई ‘डम्पिङ्साइड’ बनाएको छ भने दुर्गापुर बजार सहित आसपासको ग्रामिण क्षेत्रका लागि कनकाई–७ स्थित निर्माणाधिन श्रमिक स्वावलम्बन उद्योग आसपासको जङ्गलमा खुल्ला ‘डम्पिङ्साइड’बनाएको छ । त्यस्तै लक्ष्मीपुर र घैलाडुवा बजारका लागि समेत सोही वडामा रहेको बिरिङको धारसँगैको जङ्गलमा फोहोर फाल्ने गरेको सफाईका कर्मचारी बताउँछन् ।

    विशेष गरी बजारको फोहोर वन क्षेत्रमा फाल्नाले स्वच्छ वातावरण मानिने क्षेत्रमै दुर्गन्ध बढेको स्थानीय कनकाई–२ निवासी दिलकुमारी श्रेष्ठ बताउँछिन् ।ं गाउँबाट पवित्र कनकाई नदिमा नुहाउँने र पूजापाठ गर्न जाने भक्तजनहरुका लागि समेत वन क्षेत्रमा थुपारेको फोहोरका कारण नाक थुन्दै हिड्नु पर्ने समस्या भएको श्रेष्ठको भनाई छ ।

    सामुदायिक वनमा फ्याँकिएकोे फोहोरको दुर्गन्धका कारण गाउँ–गाउँबाट धार्मिक तथा पर्यटकीय क्षेत्र कोटीहोम साथै कनकाई नदिमा सहज रुपमा आवतजावत गर्न समस्या भएको स्थानीय जेष्ठ नागरिक हर्कबहादुर श्रेष्ठको भनाई छ । पश्चिमबाट आएको हावाले ‘डम्पिङ्साइड’ को दुर्गन्ध सोझै गाउँघरमा ल्याउँने भएकाले यसको समस्या समाधानमा सरोकारवाला निकाय गम्भिर नभएको स्थानीय जेष्ठ नागरिक श्रेष्ठको ठहर छ ।

    कनकाई नगर क्षेत्रको फोहोर दिर्घकालिन रुपमा समाधान हुन नसक्नुले यहाँको ‘ग्रीनसिटी क्लिन सिटी सुरुङ्गा’ को नारा ब्यानरमै मात्र सिमित हुने सम्भावना बढेर गएको अनुमान गर्न थालिएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.