Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वालवालिकाहरुमा पाेषणकाे महत्व
    कनकाई नगरपालिका

    वालवालिकाहरुमा पाेषणकाे महत्व

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र ३, सोमबार १४:५१ गते4 Mins Read

    मानव सरिरलाई आवश्यक पर्ने पोषक तत्व र खाने खाद्यान्न बीचको सन्तुलनलाई पोषण भनिन्छ।पोषणले मानिसलाई स्वस्थ रहन एवं रोग प्रतिरोधात्मक क्षमता कायम तथा विकास गर्न मद्धत गर्दछ। हरेक उमेर समुहका स्वस्थ तथा रोगी दुवै मनिसहरुमा राम्रो पोषण जीवनभर आवश्यक पर्दछ। बिशेषतः गर्भवती महिला, स्तनपान गराइरहेकी आमा, शिशु, बालबालिकालाई विशेष किसिमको पोषण र हेरचाहको जरुरत पर्दछ।आजका बालबालिका भोलिका देशको अहम जनशक्ति हुन,जसको स्वास्थ्य र उत्पादकत्वले समग्र देशको आर्थिक तथा सामाजिक विकासको निर्धारण गर्दछ। बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो। राम्रो पोषण पाएका बालबालिकाहरू राम्ररी सिक्न र हुर्कन सक्छन्, समुदायमा सहभागी हुन र योगदान दिन, तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसंग लड्न समर्थ हुन्छन्। तर कुपोषणबाट पिडित लाखौं बालबालिकाको लागि वास्तविकता निकै तितो छ। लाखौं बालबालिका कुपोषणका कारण पुड्का हुने गर्दछन, जसको उपचार सम्भव छैन । यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई प्रत्यक्ष रुपमा असर गर्दछ।

    नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण २०२२(Nepal Demographic and Health Survey 2022)  अनुसार २६ वर्षमा बालबालिकामा पोषण तथा पोषण सँग प्रत्यक्ष रुपमा सम्वन्धित धेरै सूचकहरुमा उल्लेखनीय रुपमा सकारात्मक परिवर्तन आएको देखिन्छ भने केही महत्वपूर्ण सूचकहरु घट्दो अवस्थामा पुगेको पाईन्छ।जसलाई तपशिल अनुसार प्रस्तुत गरिएको छ।

    क्र.सं.सुचकहरुनतिजा(प्रतिशतमा)
    १९९६२००१२००६२०११२०१६२०२२
    १पुड्कोपना५७५७४९४१३६२५
    २कम तौल१५१११३१११०८
    ३ख्याउटेपन१५१११३१११०८
    ४अधिक तौल११११११
    ५सबै खोपको मात्रा पूरा गरेको४३६६८३८७७८८०
    ६कुनैपनि खोप नलगाएको२०१३३१४
    ७पूर्ण स्तनपान७५६८५३७०६६५६
    • ९८% घरधुरीका परिवारहरुले आयोडिन युक्त नुनको प्रयोग गर्छन्।
    • ६ देखि ५९ महिना बीचका बालबालिकामा भिटामिन ए र जुका बिरुद्धको औषधिको पहुँच ८५% छ।
    • ० देखि ५ महिना सम्मका १०% बालबालिका स्तनपान वाट वञ्चित छन।
    • ६ देखि २३ महिना उमेरका ४७% बालबालिकाले मात्रै सन्तुलित भोजन पाएका छन् र ति मध्ये ३६% ले न्युनतम स्विकार्य पोषण पाएका छन्।
    • ७९ प्रतिशत महिलाहरुको सुत्केरी स्वास्थ्य संस्था(वर्थिङ्ग सेन्टर)मा भएको पाईन्छ।
    • पाँच वर्ष मुनिका ४३% बालबालिका र ६-२३ महिनाका ६९% बालबालिका रक्त अल्पताबाट पिडित छन्। त्यसै गरि, ३४% किशोरीहरू, ४६% गर्भवतीहरु र प्रजनन उमेरका ४१% महिला रक्त अल्पताबाट पिडित छन।

        यसरी हेर्दा हाम्रो देशमा वालवालिकाहरुको पोषणको अवस्था समग्रमा सकारात्मक रुपमा देखिएता पनि केहि मात्रामा अझै पनि सतहवाटै सुधार गर्नुपर्ने देखिन्छ।स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेका समुदायका सेवाग्रहिहरुलाई समेत पोषण कार्यक्रमको दायरामा ल्याउन सके मात्र वाँकी रहेको समुहको पनि पोषण स्थितिमा केहि हद सम्म सुधार ल्याउन सहयोग पुग्छ।

    सुधारका उपायहरुः

    वालवालिकाहरुमा पोषणको अवस्थालाई अनुकुल वनाई कुपोषणको रोकथाम गर्न तथा यसका परिणामहरूबाट जोगिनका लागि गर्भावस्थाको सुरुवात देखि शिशुको दोस्रो जन्मदिन(2nd Birthday) सम्मको सुनौला १००० दिनसम्म बिशेष महत्व दिनुपर्छ। स्तनपानलाई प्रोत्साहन गर्ने, ६ महिना माथि उमेरका शिशुहरूलाई थप अतिरिक्त खाना उपलब्ध गराउने, अन्य समस्याहरुको समाधानका लागि महिला तथा बालबालिकालाई सुक्ष्म पोषण उपलब्ध गराउने,नियमित खोप लगाउने,भिटामिन ए तथा जुका बिरुद्धको औषधि सेवन गराउने,तौल(बृद्धि अनुगमन)लिने,सरसफाईलाई महत्व दिने जस्ता कार्यकरुलाई यस संवेदनशील समयावधिमा केन्द्रित गर्नुपर्दछ। जीवनको शुरुवाती वर्षहरूमा पोषणको लागि गरिने यस लगानीले बालबालिका, तिनका परिवार र समुदायहरूलाई जीवन पर्यन्त प्रतिफल दिने गर्दछ।

    • किशोरकिशोरी, गर्भवती महिला तथा स्तनपान गराईरहेका आमाहरू, शिशु तथा साना बालबालिकाका लागि स्वस्थ, पोषणयुक्त र विविध खानाको प्रवर्धन गर्ने।
    • ६-२३ महिनाका साना बालबालिकाको खानामा विविध सुक्ष्म पोषक तत्वहरु (वबालभिट्टा) समावेश गर्ने।
    • आयोडिनयुक्त नुनको प्रवर्धन गर्ने।
    • १५ महिना मुनिका वालवालिका तथा गर्भवति महिलालाई नियमित खोप लगाएको सुनिश्चित गर्ने।
    • ६-५९ महिनाका बालबालिकाका लागि भिटामिन ए तथा १३-५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए तथा जुकाबिरुद्ध औषधिको व्यवस्था गर्ने।
    • किशोरी, गर्भवती महिला तथा स्तनपान गराइरहेका आमाहरुको लागि आइरन चक्कीको व्यवस्था गर्ने।
    • स्वास्थ्य संस्थामा बृद्धि अनुगमन कार्यलाई जोड दिई बिद्यालयमा पोषण सम्बन्धी शिक्षा र परामर्श सेवालाई प्रथमिकता दिने।
    • बिद्यालमा दिईने दिवा-खाजा कार्यक्रममा स्थानिय रैथाने खाद्यबालीवाट प्राप्त खानेकुरालाई प्राथमिकता दिने।  
    • आधारभूत स्वास्थ्य सेवा केन्द्र,स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रवर्धनात्मक तथा प्रतिकारात्मक सेवालाई बिशेष महत्वका रुपमा राख्ने।
    • बालबालिकाहरुलाई पत्रु खाना(जङ्क फूड)को सेवनको लतवाट टाढा राख्ने साथै विद्यालयभित्र खाजामा पत्रु खाना(जङ्क फूड)लाई पूर्ण प्रतिवन्ध लगाउने।

    अन्त्यमा पोषणमा गरिएको लगानिको नतिजा(प्रतिफल) तत्कालै नदेखिने भएता पनि बिश्व पोषण प्रतिवेदन २०१६ अनुसार कुपोषणका कारणवाट कुल ग्राहस्थ उत्पादनको ११ प्रतिशत सम्म ह्रास हुन्छ।पोषणका लागि वालवालिकामा गरिने लगानीले मानव जीवन र समग्र अर्थ ब्यवस्थामा उल्लेख्य प्रतिफल प्राप्त हुन्छ।कुपोषणले भविष्यमा हुन सक्ने दीर्घ रोगहरु जस्तैःमधुमेह, मोटोपना,उच्च रक्तचाप,क्यान्सर तथा छिटो बुढ्यौलीपना हुने सम्भावनालाई बढाउछ।वालवालिकामा गरिएको लगानीले भबिष्यमा १६ गुणासम्मको प्रतिफल प्राप्त हुने अध्धयानले देखाएकोछ। अत स्वास्थ्य तर्फको बजेटलाई बिशेष मात्रामा स्थान दिई वालवालिकामा पोषणमा खर्च होईन लगानी हो भन्ने कुरालाई आत्मसाथ  गर्दै बालबालिका भोलिका देशको प्रमुख जनशक्ति हुन,जसको स्वास्थ्य र उत्पादकत्वले समग्र देशको आर्थिक तथा सामाजिक विकासको निर्धारण गर्ने कुरालाई बिशेष महत्व दिनुपर्दछ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.