Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘पर्व तथा उत्सवको नाममा फजुल खर्च नगरौं’ ः भागवत मन्जरी राधिका दासी
    कनकाई नगरपालिका

    ‘पर्व तथा उत्सवको नाममा फजुल खर्च नगरौं’ ः भागवत मन्जरी राधिका दासी

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र २, आईतवार ००:११ गते2 Mins Read


    कनकाई खबर \ अन्तर्राष्ट्रिय भागवत कथा वाचिका भागवत मन्जरी राधिका दासीले विभिन्न पर्व तथा उत्सवको नाममा फजुल खर्च नगर्न सबैलाई आग्रह गरेकी छिन् ।


    झापाको कनकाई –६ मनसापुरमा रहेको राधिका फाउण्डेसनको निर्माणाधिन तीनतले सचिवालय भवनमा आफ्नो जन्मोत्सव मनाउन आयोजित संक्षिप्त कार्यक्रममा भागवत मन्जरी राधिका दासीले जन्मोत्सवको नाममा फजुल खर्च नगर्न सबैलाई आग्रह गरेकी हुन् । पछिल्लो समय हरेक पर्व एवं उत्सवको अवसर पारेर फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गइरहेकाले यसले समाजमा विकृति फैल्याएको भन्दै उनले यसको नियन्त्रण जरुरी भएको बताइन्

    अहिले जन्मदिन मनाउने नाममा बिकृति फैलिरहेकाले नयाँ पिडिलाई संस्कार सहितको शिक्षा दिनु आवश्यक रहेको भन्दै उनले बाल आश्रममा गएर बालबालिकाहरूसँग आफ्नो जन्मदिनको खुशी साटासाट गर्न आग्रह गरिन् ।

    राधिका फाउण्डेसनले हाल १०जना अति विपन्न परिवारका बालबालिकालाई आवासीय सुविधा सहित निःशुल्क गुरुकुलीय पद्धतिमा शिक्षा प्रदान गर्दै आएको बताइएको छ । फाउण्डेसनको अनुरोधमा हाल कनकाई ३ सुरुङ्गास्थित पशुपति अंग्रेजी माविमा अध्ययनरत सबै विद्यार्थीहरु मध्ये पाँचजना विद्यार्थीको विद्यालयले नै अभिभावकत्व ग्रहण गर्दै निशुल्क शिक्षा दिँदै आएको बताइएको छ । भागवत मन्जरी दासीले धर्म, संस्कृति, नैतिक शिक्षा प्रदान गरेर कुशल र सबल नागरिक तयार पार्ने राधिका फाउण्डेसनको उद्देश्य रहेकाले यस सत्कर्मका लागि स्थानीय सरकार, नागरिक समाजलाई सहयोग गर्न उनले आग्रह गरिन् ।

    कनकाई— ६,मन्सापुरस्थित स्थानीय समाजसेवी शान्तीराज प्रसाईँ, श्रीमति विष्णुकुसुम प्रसाईँ र आमा सुभद्रा प्रसाईँ सहितको परिवारका तर्फबाट पति एवं बुबा स्व.बेदप्रसाद प्रसाईँको स्मृत्तिमा दान गरेको दुई कठ्ठा जमिनमा फाउण्डेसनको सचिवालय भवन निर्माणाधिन अवस्थामा रहेको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त अनुदान साथै फाउण्डेसनको समेत गरी हाल सम्म एक करोड खर्च भइसकेको भवन तीनतला सम्मको निर्माण गर्ने योजना रहेको बताइएको छ ।

    अध्यात्मिक संस्कार सहितको शिक्षामा जोड दिँदै आएको फाउण्डेसनले. विपन्न र अनाथहरुलाई सहयोग गर्दै आएको छ ।फाउण्डेसनले झापाको बाह्रदशीमा समेत गुरुयोजना सहितको शिक्षालय निर्माण गरिरहेको छ । फाउण्डेसनले यसकालागि सरकारी र गैर सरकारी संस्था एवम् व्यक्तिहरुसँग सहयोग संकलन गर्दै आएको छ । कार्यक्रममा सहभागी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले राधिका फाउण्डेसन भवन निर्माणलाई पूर्णता दिन नगरले पनि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा कनकाई –६ का निवर्तमान वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, फाउण्डेसनको उपाध्यक्ष अन्जु आचार्य , कोषाध्यक्ष शान्ताा कार्कीसहित सदस्यहरु, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु) , सदस्य विपिन बजगाईं, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कनकाई खबर साप्ताहिकका सम्पादक रामप्रसाद निरौला एवं बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला लगायत भक्तजनले भागवत मन्जरी राधिका दासीलाई जन्मदिनको शुभकामनाल दिँदै आशिर्वाद ग्रहण गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.