Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रेडियो भिजनको अध्यक्षमा पुनः डालमिया निर्वाचित, उपाध्यक्षमा ढकाल
    कनकाई नगरपालिका

    रेडियो भिजनको अध्यक्षमा पुनः डालमिया निर्वाचित, उपाध्यक्षमा ढकाल

    कनकाई खबरBy कनकाई खबर२०८१ श्रावण ३२, शुक्रबार १०:४६ गते2 Mins Read

    बिर्तामोड\ रेडियो भिजनको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य रेडियो सञ्चालक उमेश डालमिया दोस्रो पटक निर्वाचित भएका छन् ।

    विहीबार बिर्तामोडस्थित रेडियो भिजनको सभाहलमा भएको वार्षिक साधारण सभाले डालमियाको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको हो । साधारण सभाले झापा उद्योग संघका बरिष्ठ उपाध्यक्ष तथा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललाई सञ्चालक समितिको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ भने सचिवमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल र कोषाध्यक्षमा आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष चूडामणि लिम्बू (विशाल नेम्वाङ) सर्वसम्मत निर्वाचित भएका छन् ।

    त्यसैगरी, सदस्यहरुमा माधव विद्रोही, सुब्रत न्यौपाने र लक्ष्मीप्रसाद सापकोटा निर्वाचित भएका छन् । साधारण सभाले विर्तामोड नगरका मेयर एवम् सञ्चालक पवित्रा महतरा प्रसाईंको अध्यक्षतामा पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार सदस्यहरुमा हरि सापकोटा, गोपालबहादुर थापा, नरेन्द्र बराल र कुलप्रसाद खरेल रहेका छन् ।
    रेडियो भिजनका प्रवन्ध निर्देशक गणेश पोखरेलले सञ्चार उद्यमले व्यहोर्नु परेको कठिनाइसँग पौठेजोरी खेल्दै रेडियो भिजन सुरक्षित अवस्थामा सञ्चालन भइरहेको जानकारी गराउँदै बजार सुदृढ हुनासाथ रेडियो मुनाफातिर जाने अवस्था रहेको सबै सेयर सदस्यहरुलाई जानकारी गराए । झापामा एफएम रेडियो बन्द हुँदै गएको चिन्तित अवस्थालाई नियाल्दा रेडियो भिजन २०००वाट बाट निरन्तर सञ्चालनमा आएको पोखरेलले बताए । प्रवन्ध निर्देशक पोखरेलले भने, बजारको चुनौतीले गर्दा हामीले व्यापार बढाउन नसके पनि खर्च व्यवस्थापनमा मितव्ययी बनेर सञ्चालनमा छौं ।

    सञ्चालक समितिका अध्यक्ष डालमियाको अध्यक्षतामा भएको साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनलाई सभाले पास गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.