Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले झापाले गर्यो कार्यविभाजन र मनाेनयन,कनकाईको सबै वडामा इञ्चार्जको टुङ्गो
    कनकाई नगरपालिका

    एमाले झापाले गर्यो कार्यविभाजन र मनाेनयन,कनकाईको सबै वडामा इञ्चार्जको टुङ्गो

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८१ श्रावण २८, सोमबार २२:२३ गते3 Mins Read

    कनकाई खबर / नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कमिटीको बैठकले कार्यविभाजन तथा मनोनयन गरेको छ ।

    उक्त बैठकले कनकाई नगरमा वार्ड इञ्चार्ज तोके को छ, जसअनुसार वार्ड नं. १ मा सीता अधिकारी , वार्ड नं. २ मा नरादेवी मगर, वार्ड नं. ३ मा कमल कट्टेल, वार्ड नं. ४ मा रोशन सुवेदी, वार्ड नं. ५ मा दीपक चापागाईं , वार्ड नं. ६ मा रवीन्द्र लम्साल, वार्ड नं. ७ मा दलबहादुर गजमेर , वार्ड नं. ८ मा सुनिता खरेल र वार्ड नं. ९ मा विनोद रानामगरलाई जिम्मेवारी तोकिएको छ । त्यसै गरी,  रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय निर्वाचन आयोगका सचिव साथै स्थायी समिति सदस्य समेत रहेका कनकाईका जुझारु युवा दिपक चापागाईँ फेडेरेसनको जिल्ला इञ्चार्जमा समेत मनोनित भएका छन् ।

    झापा क्षेत्र नं.४ को इञ्चार्जमा यस अघि नै केन्द्रीय सचिवालय बैठकले गोविन्द थापालाई तोकेको छ भने जिल्ला कमिटी बैठकले सचिवमा रवीन्द्र  लम्साललाई तोकेको छ । क्षेत्र नं. ४ (ख) को संयोजकमा हिम कार्की र सचिवमा विनोद रानामगरलाई जिम्मेवारी दिइएको छ । 

    त्यसै गरी, नेकपा (एमाले) झापाले १० जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ ।हालै सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले सदस्यहरु मनोनित गरेको सचिव तुलसी कार्कीले जानकारी दि ए । कार्कीका अनुसार हरि ढुङ्गाना, बोधप्रसाद घिमिरे, बोधराज न्यौपाने, देविन्द्र   चम्लागाई, दीपेन्द्र लम्साल, प्रविन पोखरेल, शान्ता गौतम, तुलसा काफ्ले, गौरी राजवंशी र चन्द्रमाया तामाङलाई जिल्ला सदस्यमा मनोनित गरिएको छ ।     

    उनले बैठकले जनवर्गीय सङ्गठनहरूको इञ्चार्ज तोकेको बताएका छन् । ट्रेड युनियन महासंघको इञ्चार्जमा हरि अधिकारी, अखिल नेपाल किसान सङ्घ बिमल निरौला, अनेमसङ्घ पवित्रा पाठक, अनेरास्ववियु मनोज ताम्ली, राष्ट्रिय युवा सङ्घ सागर पोर्तेल, जनसांस्कृतिक महासङ्घ भूपाल शिवाकोटी, खेलकुद महासङ्घ भवानी बराल, आदिवासी जनजाति महासङ्घ सुरेन राजवंशी, पेशागत महासङ्घ जगत न्यौपाने, मुक्ति समाज छबिलाल विश्वकर्मा, मुस्लिम इत्तेहाद सङ्गठन मोहम्मद इस्लाम अन्सारी,  प्रेस चौतारी मनकुमार गदाल, भूमिहीन हडाम मूर्मु, लोकतान्त्रिक अपाङ्ग सङ्गठन यसोदा बराल, बुद्धिजीवी परिषद् नर्वदा उप्रेती गौतम, प्रगतिशिल पेशागत कानुन व्यवसायी अग्नि कार्की, भूतपूर्व सैनिक तथा प्रहरी संगठन बलभद्र कोइराला, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ रिङकुमार आचार्य, प्रगतिशिल इन्जिनियर्स एशोसियसन रोशन थोप्रा, मानव अधिकार एलायन्स मिना कुमारी कोइराला र पिछडा वर्गको इञ्चार्जमा विणा शाहलाई जिम्मेवारी प्रदान गरिएको सचिव कार्कीले जानकारी दिए ।  

    यस्तै, विभागतर्फ शिव ढुङ्गेल स्थानीय विकास विभाग,  तुलसी कार्की सङ्गठन, दीपेन्द्र लम्साल निर्वाचन, प्रेम गिरी पार्टी स्कूल, कमल गुरागाई वित्त तथा कोष व्यवस्थापन, रेणुका डाँगी सहकारी, तुलसी मैनाली कानुन, अर्जुन कार्की पर्यटन, द्रौपदी गणेश भूमि व्यवस्था, निशा लिम्बु युवा तथा खेलकुद, खेमनाथ  मिश्र वन तथा वातावरण, विनोद रानामगर  विपद् व्यवस्थापन, दीपक गौतम शिक्षा, विज्ञान तथा प्रविधि, सहि कुमार राई श्रम तथा रोजगार, मिना विश्वकर्मा सामाजिक सेवा र भूपाल शिवाकोटीलाई साहित्य कला तथा सांस्कृतिक विभागको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

    बैठकले प्रतिनिधिसभा क्षेत्र नं. १ को संयोजकमा कृष्ण कनाल, २ मा बद्री भट्टराई, ३ मा लक्ष्मण पाठक, ४ मा धनबहादुर थेबे र ५ मा नारायण गौतमलाई जिम्मेवारी प्रदान गरेको सचिव कार्कीले जानकारी दिए ।    

    सचिव कार्कीका अनुसार २८ सदस्यीय सचिवालय गठन गरिएको छ । यस्तै, सचिव तुलसी कार्कीको संयोजकत्वमा जिन्सी सामान मूल्याङ्कन समिति गठन गरिएको छ । त्यसको सदस्यहरुमा कार्यालय सचिव छबिलाल विश्वकर्मा, लेखा समिति संयोजक राजेन्द्र भट्टराई रहेका छन् ।

    बैठकले सल्लाहकार परिषदको संयोजकमा आरके खनाललाई जिम्मेवारी प्रदान गरेको छ ।

    सोही बैठकमा निवर्तमान जिल्ला इञ्चार्ज विशाल भट्टराई र हालै इञ्चार्जको जिम्मेवारी प्राप्त गर्ने रोमनाथ ओलीलाई स्वागत तथा विदाइ गरिएको बताइएको छ ।   

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.