Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज ८५औँ जन्मजयन्ती मनाइँदै
    कनकाई नगरपालिका

    पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज ८५औँ जन्मजयन्ती मनाइँदै

    कनकाई खबरBy कनकाई खबर२०८१ श्रावण २८, सोमबार १२:२० गते2 Mins Read

    काठमाडौं \ तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

    विसं १९९७ साउन २८ गते जन्मनुभएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका थिए । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

    फलःस्वरुप नेपाली जनताको २००७ सालदेखिको चाहनाबमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्वर्गीय नेता कोइरालाको कार्यकालमा पूरा भयो ।

    उहाँले सधैँ सत्यको वकालतका साथै सादगी जीवनयापन गरे ।जनचाहनाबमोजिम संविधानसभाबाट संविधान जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री कोइराला जीवनको अन्तिम क्षणसम्म पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहेका थिए ।

    मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गर्नुभएका कारण नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचय स्थापित छ । राजनीतिमा निष्ठा, इमानदारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको योगदान महत्त्वपूर्ण छ ।

    स्वर्गीय नेता कोइरालाको स्मरणमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रम गरिनेछ । संविधानको सफल कार्यान्वयन भएर लोकतान्त्रिक पद्धतिलाई सबल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने सुशील कोइराला मेमोरियल फाउन्डेसनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले बताए ।

    विसं २०७३ मा स्थापित फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद, कला, संस्कृति, मानवअधिकार, महिला तथा बालबालिकालगायत सामाजिक लोककल्याणकारी क्षेत्रमा ‘थिङ्कट्याङ्क’का रूपमा कार्य गर्दै आएको छ । स्वर्गीय कोइरालाले जीवनमा पुर्‍याएको योगदानको सम्झनामा फाउन्डेसनले विभिन्न रचनात्मक कार्यक्रमसमेत गर्दै आएको छ ।

    फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले आजको युगमा कोइरालाजस्ता इमानदारी र नैतिकतामा अडिग नेतृत्वको आवश्यकता रहेको बताए । फाउण्डेसनको संरक्षकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.