Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोशीमा मन्त्रालय संख्या बढ्दैन : मुख्यमन्त्री कार्की
    कनकाई नगरपालिका

    कोशीमा मन्त्रालय संख्या बढ्दैन : मुख्यमन्त्री कार्की

    कनकाई खबरBy कनकाई खबर२०८१ श्रावण २७, आईतवार २०:०२ गते2 Mins Read

    विराटनगर \ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय संख्या थप नगर्ने बताएका छन् ।

    आइतबार पत्रकार सम्मेलन गर्दै उनले कार्यबोझ नबढेको अवस्थासम्म मन्त्रालय थप नगर्ने बताएका हुन् ।

    कोशीमा कांग्रेस एमालेको सरकार छ । मन्त्रालय भागबन्डा गर्दा कांग्रेसले ४ र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाएको छ ।

    सरकारमा सहभागी हुने सहमति भए पनि कांग्रेसमा आकांक्षी धेरै भएका कारण कांग्रेसले मन्त्री पठाउन सकेको छैन । कांग्रेसमा डा. शेखर कोइराला पक्षले दुई वटा मन्त्रालय माग गरेको छ, तर सभापति शेरबहादुर देउवा तयार छैनन् ।

    शेखर पक्षले मन्त्रालय थप गरेर भए पनि २ वटा मन्त्रालय माग गरेको थियो । सोही कारण कांग्रेस सरकारमा सहभागी भएको छैन ।

    मुख्यमन्त्री कार्कीले अहिलको अवस्थामा कार्यबोझ नबढेका कारण मन्त्रालय थप नगर्ने बताए । उनले कांग्रेस सभापतिसहित अन्य नेतासँग मन्त्रालय नबढाउने सहमति भएको बताए ।

    उनले प्रदेशको बजेट संशोधनको सम्भावना नरहेको बताए । कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट संशोधन गर्न माग गरेको थियो । तर बजेट संशोधन नहुने उनले बताए ।

    लगानी र चिया सम्मेलन गर्दै

    मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले चिया सम्मेलन र लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताए । प्रदेशमा उत्पादन हुने चियाको बजारीकरण र विकासका लागि चिया सम्मेलन गर्ने उनले बताए । लगानी आकर्षित गर्नका लागि प्रदेशमा लगानी सम्मेलनको तयारी पनि भइरहेको उनले बताए ।

    पर्यटकलाई आकर्षित गर्नका लागि प्रदेश सरकारले काम गरिएको उनले बताए । भारतबाट आउने पर्यटकलाई ठाउँठाउँमा चेकजाँचको नाममा दुःख दिइने गरेको गुनासो आएको बताउँदै उनले प्रवेश नाकामा कडाइ गरेर अन्यत्र खुकुलो बनाइने बताए ।

    कार्कीले आउने पर्यटकको सहजीकरणका लागि प्रदेशमा पर्यटक प्रहरी राख्ने तयारी सुरु भएको बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.