Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वातावरण मैत्री शव दाह गृह संचालनमा कनकाईका सरोकारवालाको ध्यानाकर्षण
    कनकाई नगरपालिका

    वातावरण मैत्री शव दाह गृह संचालनमा कनकाईका सरोकारवालाको ध्यानाकर्षण

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ श्रावण २३, बुधबार २१:३१ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई –४ स्थित पवित्र कनकाई नदिको किनारमा रहेको कनकाई घाटमा वातावरण मैत्री शवदाह गृह सञ्चालन सम्वन्धी सरोकारवालाहरू बीच प्रारम्भिक चरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    कनकाई नगरपालिकाको आयोजना एवं कनकाई घाट व्यवस्थापन समिति सह—आयोजक रहेको अन्तरक्रिया कार्यक्रम कनकाई नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा भारतको दिल्लीस्थित पर्यावरण एवं वन सुरक्षा समिति तथा रोटरी क्लव अफ गाजियाबादका ईन्टरनेशनल सर्भिस डाइरेक्टर अन्सुल गर्ग र रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंका उपाध्यक्ष युवराज रोक्काले सहजीकरण गरेका थिए ।

    रोटरीयन अन्सुल गर्गले भारतका विभिन्न क्षेत्रमा भएका शवदाह गृहको अवस्थाका बारेमा प्रोजेक्टर मार्फत जानकारी गराएका थिए । निर्माण स्थलको अवस्थालाई हेरेर १०देखी ५०लाख सम्मको बजेटमा वातावरण मैत्री शवदाह गृह निर्माण हुन सक्ने भन्दै रोटरीयन गर्गले दाउराको खपत कम हुने र वातावरण प्रदूषणलाई पनि न्युनीकरण गर्ने भएकाले वैज्ञानीक किसिमको शवदाह गृह अत्यन्तै महत्वपूर्ण हुने जानकारी दिए ।
    शवदाह गृहलाई व्यवस्थित किसिमले संचालन गर्न स्थानीय सरकार सहित क्रियाशिल सामाजिक संघसंस्थाहरु तयार हुने हो भने यसको निर्माण कार्यमा दातृ संस्थाहरुसँग सहकार्य गर्न सकिने गर्गले प्रतिवद्धता जनाए ।

    रोटरी क्लवअफ डिल्ली बजार काठमाण्डौका उपाध्यक्ष युवराज रोक्काले नेपालमा भएका विद्युत शव्दाह गृह संचालनको प्रारम्भिक अवस्थाका बारेमा प्रोजेक्टर मार्फत जानकारी दिए । दाउराबाट दाहसंस्कार गर्दै गरेको हालको अवस्थामा एउटा शवकालागि ५ देखि ६ क्विन्टल सम्म दाउरा खपत भइरहेको भन्दै रोटरीयन रोक्काले यस किसिमको शवदाह गृहबाट एउटा शव जलाउँन १५० केजी मात्र दाउरा भए पुग्ने जानकारी दिए ।
    दाउराबाटै शव जलाउने हिन्दु संस्कार जीवित राख्ने योजनाका साथ वातावरण मैत्री, दाउराको खपत कम हुने र एउटा शव जलाउन बढीमा डेढ देखि दुई घण्टा मात्र लाग्ने भएकाले यो प्रविधि धार्मिक मान्यता अनुसार पनि अत्यन्तै प्रभावकारी हुने भन्दै सरोकारवालाहरुले यसको कार्यान्वयनमा ढिलाई गर्न नहुने सुझाव दिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई घाट व्यवस्थापनकालागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ छुट्याएको र सवैले सहयोग गरेर वातावरण मैत्री शवदाह गृह बनाउनु पर्ने जानकारी दिए ।सम्पूर्ण सनातनी धर्मावलम्बीहरुले भगवती देवीका रुपमा पूजा गर्दै आएको पवित्र कनकाई नदीमा फोहोरमैला बगाउँने अनि शव जलाएपछि पानीमा बगाउँने परम्परा आँफैमा नमिल्दो भएको भन्दै नगर प्रमुख पोखरेलले अब यसलाई एउटा शिक्षाको रुपमा लिएर अघि बढ्नु आजको आवश्यक्ता रहेको बताए ।

    कनकाई घाट व्यवस्थापन समितिका अध्यक्ष बेदप्रकाश अग्रवालले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष एवं कनकाई घाटका सचिव सुरेशकुमार अग्रवाल (भद्रपुरे),कनकाई नगरपालिका कार्यपालिका सदस्य नवलकिशोर दत्त,कनकाई घाट समितिका सदस्यद्वय विजेन्द्र अग्रवाल र दुर्गाप्रसाद चापागार्इँ लगायतले वातावरण मैत्री शवदाह गृह सञ्चालन सम्बन्धी आ—आफ्नो धारणा राखेका थिए ।

    कनकाई घाट व्यवस्थापन समितिका कोषाध्यक्ष गोपाल खरेलले संचालन गरेको कार्यक्रममा कनकाई नगरपालिकाको नौवटै वडाका वडाअध्यक्ष सहित जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, कनकाई नगर क्षेत्रका सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, रोटरी क्लबअफ सुरुङ्गाका अध्यक्ष, पुर्वअध्यक्षहरु सहित कार्यसमितिका पदाधिकारीहरु, कनकाई उद्योग वाणिज्य संघ, मारवाडी सेवा समाज, कनकाई छठ सेवा समाज, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गा, नेपालभारत मैत्री संघ, सुरुङ्गा जेसीज, लायन्स क्लवअफ कनकाई सुरुङ्गा र दुर्गापुर लायन्स लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.