Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » फूलबारीको संरक्षण भएन, ईलाका प्रहरी कार्यालय सुरुङ्गा ग्यारेजमा परिणत
    कनकाई नगरपालिका

    फूलबारीको संरक्षण भएन, ईलाका प्रहरी कार्यालय सुरुङ्गा ग्यारेजमा परिणत

    कनकाई खबरBy कनकाई खबर२०८१ श्रावण २०, आईतवार १९:२३ गते2 Mins Read

    कनकाई खबर \ झापाको ईलाका प्रहरी कार्यालय सुरुङ्गा यतिबेला ग्यारेजका रुपमा परिणत भएको छ ।

    प्रहरी कार्यालयको गेटमा सुकेको धुपीको विरुवा

    विभिन्न घटना, दुर्घटनमा चेकजाँचका क्रममा नियन्त्रणमा लिएका सवारी साधनका कारण प्रहरी कार्यालय सुरुङ्गा ग्यारेजमा परिणत हुन थालेको हो । बर्षौदेखिका थोत्रा मोटरसाइकल कार्यालय परिसरमै राखेका कारण दिनप्रतिदिन कुरुप बन्दै गएको प्रहरी कार्यालयमा फुलबारी समेत नहुनु साथै गेटमा भएका धुपीका विरुवाको समेत संरक्षण नभएकै कारण प्रहरी कार्यालयको रुपरेखा परिवर्तन भइ ग्यारेजका रुपमा परिणत हुन थालेको हो।
    सुरुङ्गा प्रहरी कार्यालय परिसरको अग्र भाग थोत्रा मोटरसाईकल सहित फोहोरमैलाले भरिभराउ भएको देख्न सकिन्छ भने कार्यालयको (पूर्वतर्फ) पछाडीको भाग समेत फोहोरको डम्पीङ साइट झैं भएकाले पछिल्लो समय प्रहरी कार्यालय कुरुप बन्दै गएको स्थानीयबासी बताउँछन् ।

    प्रहरी कार्यालय पछाडीको फोहोरको डम्पीङ साइट

    प्रहरी कार्यालय परिसरमा प्रयाप्त ठाउँको अभाव साथै सरसफाईको समेत कमजोरी भएका कारण क्रमिक रुपले कार्यालय परिसर अस्तव्यस्त बन्दै गएको छ । यसरी फोहोरमैलाका कारण अस्तव्यस्त अवस्थामा रहेको प्रहरी कार्यालय सुरुङ्गाको ड्युटीमा रहेका एक प्रहरीले लामो समयसम्म सम्बन्धित व्यक्तिहरू सवारी साधन लिन नआउँदा यस्तो अवस्था भएको बताए । सवारीको नविकरण गर्नुपर्ने साथै लामो समयदेखिको नविकरण बापतको बुझाउनु पर्ने करको रकम धेरै लाग्ने भएकाले पनि सवारी धनीहरू आफ्नो साधन लिन नआएको हुनसक्ने प्रहरीको भनाइ छ ।

    अधिकांश टुटफुट भएका र खिया लागेका मोटरसाइकलहरू छन् । थन्क्याउने ठाउँ नहुँदा सवारी साधन राखेको ठाउँमा समेत फोहोर भएको छ ।सवारी धनी आफ्नो साधन लिन नआउँदा सवारी साधन कवाडीको रुपमा परिणत हुन थालेपछि समस्या बढ्दै गएको बताइएको छ ।

    प्रहरीले नियन्त्रणमा लिएका जुनसुकै सवारी साधन पनि आवश्यक प्रक्रिया पूरा गरी बैधानिक कागजात लिएर आउँने सवारी धनीहरुलाई तत्काल दिएर पठाउँने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । आवश्यक कागजात नभएका र सम्पर्कमा नआएका सवारी साधनलाई कार्यालयमा राख्नु पर्ने बाध्यता प्रहरीलाई भएको प्रवक्ता चन्द बताउँछन् ।

    लामो समयसम्म सवारी धनी सम्पर्कमा नआएपछि प्रहरी कार्यालयबाट राष्ट्रिय पत्रिकामा सूचना सार्वजिनक गर्ने गरेको जानकारी दिँदै झापाका प्रहरी प्रवक्ता चन्दले समयमै लिलामी हुन नपाउँदा धेरैजसो सवारी साधनहरु खिया लागेर काम नै नलाग्ने भएको बताए । प्रहरीले सूचना सार्वजनिक गरेर आफ्नो प्रक्रिया पूरा गरे पनि सवारी साधनको विभिन्न पार्टसहरु पत्रुमा बेचेर राजस्व जम्मा गर्ने गरेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.