Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » फोहोरलाई मोहोरमा बदल्ने जनप्रतिनिधिको महत्वकांक्षी योजनामा ब्रेक
    कनकाई खबर बिशेष

    फोहोरलाई मोहोरमा बदल्ने जनप्रतिनिधिको महत्वकांक्षी योजनामा ब्रेक

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ श्रावण १७, बिहीबार १२:३६ गते3 Mins Read

    कनकाई खबर, फलोअप \ पहिलो स्थानीय तहकै निर्वाचनमा फोहोरलाई मोहोरमा बदल्ने चुनावी एजेण्डा बनाएका जनप्रतिनिधिहरुको महत्वकांक्षी योजनामा ब्रेक लागेको छ ।

    स्थानीय तहको जिम्मेवारी सम्हालेपछि तत्काल कनकाई–२ स्थित सुकेडाँगीमा कनकाई–विर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी स्थापना गरेर फोहोरलाई मोहोरमा बदल्ने योजना बनाएको सम्बन्धित तीनवटा पालिकाले अझै पनि उपभोक्तामा परिणाम दिन नसक्दा महत्वकांक्षी योजनामा ब्रेक लागेको हो ।

    आजभन्दा ठीक आठ महिना अघि पौष महिनाको १६ गतेका दिन कम्पनी परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरी संचालनमा ल्याइएको फोहोर वर्गिकरण (सेग्रीगेसन) मेसिन बन्द भएको छ । कुहिने र नकुहिने फोहोर वर्गिकरण (सेग्रीगेसन) गर्ने कार्यका लागी सञ्चालनमा ल्याएको मेसिन औपचारिक रुपमा उद्घाटन भइ संचालनमा ल्याइएको थियो । संचालनको तीन महिना बित्न नपाउँदै स्थानीय ग्रामिण क्षेत्रमा दुर्गन्ध बढेको भन्दै उपभोक्ताले कम्पनीमा दबाब सिर्जना गरेपछि फोहोर वर्गिकरण (सेग्रीगेसन) गर्ने मेसिन बन्द गरिएको हो ।

    भारतको अहमदावादबाट ल्याइएको सो मेसिन करिब ८८ लाख रुपैयाँको लागतमा खरिद गरिएको हो भने कम्पनी स्थलसम्म ल्याएर जडान हुँदा थप खर्च बढेको उद्घाटनकै अवसरमा संचालक समितिले जानकारी गराएको थियो । यसरी करिब एक करोडको लागतमा संचालनमा आएको सेग्रीगेसन मेसिनमा हाल माकुराको जालोले छोपेको देख्न सकिन्छ ।

    कम्पनीका अध्यक्ष मदनगोपाल सुव्वाको अध्यक्षतामा भएको एक विशेष समारोहका विच सरोकारवाला तीनवटा पालिकाका प्रमुख, उपप्रमुखहरुले संयुक्त रुपमा बटम थिचेर सेग्रीगेसन मेसिनको उद्घाटन गरेका थिए । यस मेसिनमा सेग्रीगेसन गरिसकेपछि कुहिने फोहोर ग्यास उत्पादन गर्ने डाइजेस्टरमा लगाइँदै आएको थियो भने नकुहिने प्लाष्टिकजन्य फोहोरबाट कम्पनीले खरिद गरेको पेवर्स (ब्लग) बनाउने मेसिनले ब्लग उत्पादन गर्न सुरुवात गरेको थियो । तर अहिले सेग्रीगेसन मेसिन बन्द भएसँगै पालिकाहरुबाट आएको कुहिने फोहोरलाई अन्य तरिकाबाट डाइजेस्टरमा पठाउँने गरेको इन्जिनियर रुपक कार्कीले जानकारी दिए । कम्पनीले संचालनमा ल्याएको पेवर्स उत्पादन गर्ने मेसिन भने उद्घाटनसँगै २० दिनपछि बन्द भएको बताइएको छ ।

    झापाका पालिकाहरु कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने उद्येश्यले कम्पनी स्थापना गरेका हुन् । १७ करोड ५० लाखमा तीनवर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरी बायोग्यास संचालन गर्ने लक्ष्यका साथ आजभन्दा ६ वर्ष अघि डिपिआर तयार गरी काम सुरु गरेको कम्पनीमा हाल करिव २५ करोडको बजेट खर्च भइसकेको बताइएको छ ।
    उत्पादन भएको बायोग्यास उपभोक्तालाई बिक्रि बितरण गरेर आयआर्जन गर्ने उद्येश्य लिएको कम्पनीमा हाल मासिक १३ लाख ५० हजार सम्म खर्च आउँने गरेको कम्पनीका लेखा प्रमुख गायत्रीप्रसाद अधिकारीले जानकारी दिए । कम्पनीमा कार्यरत १५ जना कर्मचारीको तलब, कम्पनीको विद्युत खर्च, बैंकको ब्याज सहित भइपरी आउँने समेत खर्च धान्न हाल अत्यन्तै कठिन हुँदै गएको लेखा प्रमुख अधिकारी बताउँछन् । कम्पनीमा केही महिना अघि मात्र नियुक्त भएका प्रमुख प्रशासकीय अधिकृत गणेशवहादुर कार्कीले मासिक रु.६० हजार तलब खाने गरेका छन् भने इन्जिनियर र लेखा प्रमुखले समेत मासिक ४५ हजार सम्म तलव खाँदै आएको बताइएको छ । हालसम्म कम्पनीको उत्पादन बजारमा जान नसकेका कारण सम्बन्धित पालिकाहरुबाट प्राप्त शेयर अनुदानबाटै कर्मचारीको तलब सहित सबै किसिमको खर्चको व्यवस्थापन हुँदै आएको लेखा प्रमुख अधिकारी बताउँछन्।

    एक वर्ष अघिदेखि नै बजारीकरणको अवस्थामा पुगेको बायोग्यास कम्पनीले हालसम्म पनि बजार क्षेत्रमा उपभोक्ताको पहिचान गर्दै अघि बढेको पाइन्छ । कम्पनीबाट अघिल्लो आर्थिक वर्षको असार महिनादेखी नै उत्पादन सुरु भएको बायोग्यास एक वर्षदेखी उपभोक्तामा नगएर बालेर नष्ट गरिँदै आएको थियो । पहिलो चरणमा होटल व्यवसायीहरुसँग समन्वय गर्दै आएको कम्पनीले यहि साउन महिनाको सुरुवातबाट मात्र सुरुङ्गा बजारका दुईवटा होटल लोटस र डिलाइटमा बायोग्यास प्रयोगमा ल्याइएको कम्पनीका इन्जिनियर रुपक कार्कीले जानकारी दिए ।

    समयमै उद्येश्य अनुरुपको काम सम्पन्न गर्न उचित व्यवस्थापन हुन नसक्नु व्यवस्थापकीय कमजोरी भएको सहजै अनुमान गर्न सकिन्छ । स्थानीय उपभोक्ताको घर–घरमा बायोग्यास पुर्याउने प्रतिवद्धतासहित सुरुवात गरिएको योजनाबाट कहिले ग्यास उपभोग गर्न पाइने हो भन्ने विषयले उपभोक्तामा अन्यौल छाएको छ ।

    बायोग्यास उत्पादनकालागि विश्व बैंकको ४० प्रतिशत साथै स्थानीय पालिका सहित उपभोक्ताबाट ६० प्रतिशत लगानी व्यहोर्ने सहमतिअनुसार योजना अघि बढेको प्लान्टमा हाल ७५० जनाभन्दा बढी उपभोक्ताले १० हजारदेखि एक करोड रुपैयाँसम्म शेयर लगानी गरेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.