Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा सुरक्षित बैदेशिक रोजगार र मानव बेचबिखन बिरुद्ध अभिमुखिकरण
    कनकाई नगरपालिका

    कनकाईमा सुरक्षित बैदेशिक रोजगार र मानव बेचबिखन बिरुद्ध अभिमुखिकरण

    कनकाई खबरBy कनकाई खबर२०८१ श्रावण १६, बुधबार ०८:४६ गते4 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा सुरक्षित बैदेशिक रोजगार र मानव बेचबिखन बिरुद्ध अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    १०औं विश्व मानव बेचबिखन विरुद्धको दिवसको अवसर पारेर कारितास जापानको आर्थिक सहयोग तथा कनकाई नगरपालिका, कारितास नेपाल साथै इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गा, सुरुङ्गा जेसीज, लायन्स क्लव अफ कनकाई सुरुङ्गा, प्रजापति सामुदायिक वन, कनकाई अटो चालक समूह साथै बिरिङ–माई अटो चालक समूह सहितको सहकार्यमा एक दिवसीय अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    कारितास नेपालले विगत चार वर्षदेखि नै कनकाई नगरपालिकासँग समन्वय गरेर नगरका विभिन्न वडामा सुरक्षित बैदेशिक रोजगार एवं मानव बेचबिखन बिरुद्धको अभियानसँगै आयआर्जन र सिपमुलक विभिन्न तालिम तथा गोष्ठी संचालन गर्दै आएको बताइएको छ ।

    कनकाई वडा नं.–१ का वडाअध्यक्ष शुसिलकुमार पोखरेलको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाको तर्फबाट प्रहरी जवान योगेन्द्रराज निरौलाले मानव बेचबिखन बिरुद्धको अभियानका बारेमा सहजीकरण गरेका थिए ।

    प्रहरी जवान निरौलाले मानव बेचबिखन तथा ओसार–पसार मानवता विरुद्धको जघन्य अपराध भएको ठहर गर्दै पिडितको गम्भिर रुपमा मानसिक तथा शारिरीक क्षति हुने बताए । मानव बेचबिखन हुने कारण तथा ओसार–पसारमा संलग्न हुन सक्ने सम्भावित व्यक्तिको पहिचान , लागू औषध प्रयोगकर्ताको पहिचान गर्ने तरिका , कुलतमा फसेका युवाहरुको निगरानी , मानव बेचबिखन गर्दा लाग्ने मुद्धा र सजाय , मानव बेचबिखन जस्तो जघन्य अपराध न्यूनीकरणका लागि समाजले गर्नुपर्ने निगरानीका विषयमा प्रहरी जवान निरौलाले सहजीकरण गरेका थिए ।

    त्यस्तै आयोजक संस्था कारितास नेपालका तर्फबाट फणिन्द्रप्रसाद दाहालले सुरक्षित बैदेशिक रोजगारका विषयमा सहजीकरण गरेका थिए ।“समुदायको निरन्तरको साथ,सचेतना र खबरदारी मानव बेचबिखनको अन्त्य, सुरक्षित वैदेशिक रोजगारी” भन्ने नाराका साथ सहजिकरणको सुरुवात गरेका दाहालले–सके स्वदेशभित्रै रोजगारीको अवसर प्रदान गर्ने नभए पनि जानेर, बुझेर, सिप सिकेर मात्र वैदेशिक रोजगारमा जानुपर्ने तर्फ जोड दिए । नेपाली आर्थिक, सामाजिक जीवनको महत्वपूर्ण हिस्सा वैदेशिक रोजगार बनिसकेको भन्दै सहजकर्ता दहालले वैदेशिक रोजगारको सवाल झण्डै नेपालीको प्रत्येक घरसँग जोडिँदै आएको बताए ।

    पछिल्लो राष्ट्रिय जनगणना अनुसार देशमा ठूलो जनसंख्या अनुपस्थिती रहेको भन्दै दाहालले अनुपस्थित जनसंख्या भनेको मुलुक बाहिर रहेको जानकारी दिए । कार्यक्रममा जनगणना २०७८ अनुसार कनकाई नगरपालिकाको अनुपस्थित जनसंख्या र अनुमानित वार्षिक आयका बारेमा तथ्याङ्क सार्वजनिक गर्दै सहजकर्ता दाहालले कनकाई नगरपालिकाको वार्षिक बजेटको तुलनामा विभिन्न देशमा रहेका नगरबासीबाट दोब्बर विदेशी मुद्रा कनकाई नगर क्षेत्रमा भित्रिएको जानकारी गराए।

    कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले मानव बेचबिखन न्यूनीकरणमा सबैको सहयोग उतिकै आवश्यक रहेको बताइन् । सभ्य समाज निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट जागरुक हुनुपर्नेमा जोड दिँदै उपप्रमुख शिवाकोटीले गरिबी र अशिक्षाका कारण समेत महिलाहरु असुरक्षित वैदेशिक रोजगारीको सिकार हुने भएकाले यस्ता समस्याका विषयमा स्थानीय स्तरमा क्रियाशिल संघसंस्थाहरुले आ–आफ्नो क्षेत्रबाट सचेतना जगाउँनु पर्ने सुझाव दिएकी छन् ।

    आयोजक संस्था कनकाई नगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालले संगठित अपराध मध्येको एक मानिने असुरक्षित वैदेशिक रोजगार साथै मानव बेचबिखनका बिरुद्धमा सबैजना एकजुट हुनु पर्नेमा जोड दिइन् । सिप सिकेर स्वरोजगार बन्न सकेमा स्वदेशमै पनि आँफूले गरेको श्रमको उचित मुल्य प्राप्त गर्न सकिने भन्दै निमित्त प्रमुख प्रशासकीय कटुवालले बिलासी जीवन बिताउँन चाहने महिलाहरु वैदेशिक रोजगारीमा समेत असुरक्षित हुने गरेको बताइन् ।

    कारितास नेपालका कार्यक्रम अधिकृत हिमालयन अधिकारीले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सम्पूर्ण संघसंस्थाहरुको तर्फबाट रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष शुसिलकुमार श्रेष्ठले कार्यक्रम अत्यन्तै फलदायी भएको भन्दै स्वदेशमै आत्मनिर्भर हुने वातावरण सिर्जना हुन सकेमा वैदेशिक रोजगारीको कल्पना नै नहुने तर्फ जोड दिए । शैक्षिक बेरोजगार भएर बस्नु पर्ने बाध्यताका कारण बिदेशिनु पर्ने अवस्था रहेको भन्दै सरकारको मात्र बाटो हेर्ने भन्दा पनि आँफूले आँफैलाई राम्ररी बुझेर सकारात्मक सोचका साथ सिर्जनशिल बन्नु पर्नेमा रोटरीयन श्रेष्ठको जोड थियो ।

    कार्यक्रममा सहभागीका तर्फबाट लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडा, युवा समाजसेवी दिपेश रिमाल लगायतले आआफ्नो जिज्ञासा राखेका थिए ।

    कारितास नेपालका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले संचालन गरेको कार्यक्रममा कनकाई नगरपालिकाका जनप्रतिनिधि साथै कर्मचारीहरु, विभिन्न शैक्षिक साथै सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.