Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » साउनको दोस्रो सोमबार, कोटीहोममा धार्मिक पदयात्रा सहित जलार्पण
    कनकाई नगरपालिका

    साउनको दोस्रो सोमबार, कोटीहोममा धार्मिक पदयात्रा सहित जलार्पण

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ श्रावण १४, सोमबार १६:२५ गते2 Mins Read

    कनकाई खबर\ साउन महिनाको प्रत्येक सोमबार पुर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई धामस्थित कोटीहोममा दर्शनार्थीको ठूलो भीड लागेको छ।

    साउनको अघिल्लो सोमबार जस्तै दोस्रो सोमबार समेत पवित्र कनकाई नदिबाट ल्याएको जल कोटीहोमस्थित शिवमन्दिरमा चढाउँन दर्शनार्थीको भीड लागेकोहो ।कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा धाम परिसरमा कनकाई आरती, ताण्डव नृत्य,रुद्रभिषेक हवन साथै किर्तन भजनसहित जलार्पण गरिएको हो ।

    जलार्पणका लागि सुरुङ्गादेखि पवित्र कनकाई माइसम्म पैदलयात्रामा सहभागी भएका भक्तजनहरुले कनकाई आरतीको अवलोकन गरेका थिए ।सनातन हिन्दु राष्ट्रकालागि राष्ट्रिय प्रजातन्त्र पार्टीको जनवर्गीय संगठनका रुपमा रहेको नेपाल सनातन धर्म संस्कृति संगठनद्वारा धार्मिक पदयात्रा सहित जलार्पणको कार्यक्रम गरिएको राप्रपा कनकाई नगर समिति अध्यक्ष टिकाराम बरालले जानकारी दिए ।


    “हुँदैन शक्ति टुटेर, नेपालीहामी फुटेर, धर्ममा हमला भएको छ, संरक्षण गरौं जुटेर”भन्ने नाराका साथ राप्रपा कनकाई नगर समितिले धार्मिक पदयात्राको संयोजन गरेको बताइएको छ । नेपाल सनातन धर्म संस्कृति संगठन कनकाई नगरसमितिका संयोजक टिकाराम निरौलाको संयोजकत्वमा धार्मिक पदयात्रा सम्पन्न भएको जनाइएको छ ।पदयात्रामा राप्रपा केन्द्रिय समिति सदस्य श्यामओली र खुश्वु ओली, कोशी प्रदेशका महासचिव कुमार भट्टराई, झापा जिल्लाअध्यक्ष केशव ओझा, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन सहित जिल्ला, क्षेत्र साथै नगरस्तरीय राप्रपाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको कनकाई धामका धार्मिक उपाध्यक्ष समेत रहेका राप्रपाका नेता प्रकाश थापाले जानकारी दिए ।

    हरेक सोमबार बिहान७ बजेदेखि नै रुद्रभिषेक हवन साथै स्थानीय कलाकारहरुसहित विभिन्न किर्तन भजन मण्डलीबाट विशेष किर्तन भजनको कार्यक्रम तय भएको आयोजक कनकाई धाम धार्मिक विकास संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल खतिवडाले जानकारी दिए ।कार्यक्रममा स्थानीय कलाकार माधव भेट्वालबाट प्रस्तुत भएको ताण्डव नृत्यले उपस्थित भक्तजनहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो भने कनकाई— ३ सुरुङ्गास्थित रामजानकी किर्तन भजन समूह साथै पाथिभारा किर्तन भजन समूहबाट आकर्षक किर्तन भजन प्रस्तुत भएको बताइएको छ । सोहीअवसरमा स्थानीय लोकप्रिय भजन गायक दुर्गा ओली सहितको टिमले थप मनोरञ्जन प्रदान गरेको संस्थाका महासचिव दिननाथ खतिवडाले जानकारी दिए ।

    साउन महिनाको प्रत्येक सोमबार ब्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेका कारण यस विशेष अवसरमा कनकाई धाम धार्मिक विकास संस्थाले जलार्पणको कार्यक्रमलाई थप व्यवस्थित बनाएको संस्थाकी पर्यटन उपाध्यक्ष अम्बिका खरेलले कनकाई खबरलाई बताएकी छन् । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्ने गरेको पाइन्छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.