Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मातृशिशु तथा स्वास्थ्य सेवाका क्षेत्रमा रोटरी क्लव अफ सुरुङ्गा
    कनकाई नगरपालिका

    मातृशिशु तथा स्वास्थ्य सेवाका क्षेत्रमा रोटरी क्लव अफ सुरुङ्गा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ श्रावण १२, शनिबार १५:१० गते2 Mins Read

    कनकाई खबर\ सामाजिक उत्तरदायित्व बहनमा महत्वपूर्ण भूमिका खेल्दै आएको रोटरी क्लव अफ सुरुङ्गाले मातृशिशु तथा स्वास्थ्य सेवा सम्बन्धि अत्यन्तै महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ ।

    कनकाईको वडा नं. २ स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न कार्यक्रममा स्थानीय स्तरका अति विपन्न सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य परिक्षण गरिनुका साथै पौष्टिक आहार वितरण गरिएको छ । कनकाई नगर अस्पतालको प्राविधिक सहयोग रहेको कार्यक्रममा अस्पतालकी प्रमुख डा.विद्या पोखरेल र स्टाफ नर्स निशा संग्रौलाले सुत्केरी महिला साथै नवजात शिशुको स्वास्थ्य परिक्षण सहित आवश्यक परामर्श गरेका थिए ।

    क्लवका अध्यक्ष लुवराज उप्रेतीको अध्यक्षता एवं वडा नं. २ की कार्यबाहक वडाअध्यक्ष राधाकुमारी विश्वकर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा रोटरी वर्ष २०२४\०२५ का एसिस्टेन्ट गभर्नर कुमारमणि पोखरेलले शिक्षा, स्वास्थ्य लगायत सामाजिक सरोकारका विषयमा रोटरीले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आफ्ना कार्यक्रम अघि बढाएको जानकारी दिए । समाजमा छुट्टै पहिचान स्थापित गरेको रोटरी क्लव अफ सुरुङ्गाले स्थानीय सरकारसँगको सहकार्यमा कनकाई नगर अस्पताललाई थप व्यवस्थित बनाउँने योजना रहेको बताए ।

    कार्यक्रम संयोजक एवं क्लवका सर्भिस प्रोजेक्ट चेयर रामप्रसाद निरौलाले स्वागत सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कनकाई नगर अस्पतालकी प्रमुख डा.विद्या पोखरेलले सामाजिक क्षेत्रमा रोटरी क्लवको भूमिका अब्बल रहेको भन्दै मातृशिशु तथा स्वास्थ्यका क्षेत्रमा रोटरीले देखाएको चासोप्रति खुलेर प्रशंसा गरिन् । समाजमा रहेका विपन्न सुत्केरी महिला तथा नवजातशिशुको स्वास्थ्यका विषयमा रोटरीले देखाएको चासोसँगै स्थानीय स्तरमा क्रियाशिल अन्य संघसंस्थाहरुले समेत अनुसरण गर्नु पर्नेमा डा.पोखरेलको जोड थियो ।

    कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष टिकाप्रसाद कट्टेल, वडासदस्य नरहरि थपलिया सहित रोटरी क्लव अफ सुरुङ्गाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।क्लवका पब्लीक इमेज चेयर कमलप्रसाद कट्टेलले संचालन गरेको औपचारिक कार्यक्रममा प्रेसिडेन्ट इलेक्ट डिल्लीराम मैनालीले भोट अफ थ्याङस प्रस्तुत गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.