Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लव अफ सुरुङ्गामा क्लव अफिसर ट्रेनिङ
    कनकाई नगरपालिका

    रोटरी क्लव अफ सुरुङ्गामा क्लव अफिसर ट्रेनिङ

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ श्रावण ९, बुधबार २०:५५ गते2 Mins Read

    कनकाई खबर / रोटरी क्लव अफ सुरुङ्गाले क्लवका पदाधिकारीका लागि क्लव अफिसर ट्रेनिङ सेमिनार(कट्स) सम्पन्न गरेको छ ।

    क्लवमा आवद्ध पदाधिकारी तथा सदस्यहरु साथै नवआगन्तुक रोट्रयाक्टर साथै रोटरीयनहरुलाई क्लवको इतिहास काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउने उद्येश्यका साथ तालिम आयोजना गरेको जनाइएको छ । क्लवका अध्यक्ष लुवराज उप्रेतीको अध्यक्षतामा सम्पन्न सेमिनारमा रोटरी इन्टरनेशनल डिस्ट्रीक ३२९२ का असिस्टेन्ट गभर्नर विनोद बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

    क्लवका पुर्व अध्यक्ष समेत रहेका रोटरी वर्ष २०२४/२५ का एसिस्टेन्ट गभर्नर कुमारमणि पोखरेल सहितको उपस्थिती रहेको सेमिनारमा रोटरी रिजन ७ का ट्रेनिङ चेयर बद्री कटुवाल, ट्रेनिङ कोचेयर सन्दिपदिपु चापागाई, ट्रेनिङ कमिटी सदस्य विनोद चापागाईँले सहजीकरण गरेका थिए ।

    ट्रेनिङ चेयर कटुवालले रोटरीको परिचय सहित क्लवका अध्यक्ष, सचिव र क्लव एडमिनिस्ट्रेशनको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराएका थिए । त्यस्तै कमिटी सदस्य विनोद चापागाईँले कोषाध्यक्ष, पब्लीक इमेज र सर्जन एट आर्मसको बारेमा साथै ट्रेनिङ कोचेयर सन्दिपदिपु चापागाईले सर्भिस प्रोजेक्ट चेयर, मेम्बरसिप चेयर र टिआरएफले गर्ने काम, कर्तव्य र अधिकारका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी क्लवका सदस्य दिपक कुँवर र रोट्रयाक्ट क्लवकी सदस्य सारदा कारकले अफिसर ट्रेनिङका विषयमा आ—आफ्नो अनुभव सुनाएका थिए ।
    रोटरीले आफ्ना सात वटा फोकस एरियाहरु शान्ति तथा द्वन्द ब्यवस्थापन, रोग नियन्त्रण तथा उपचार, खानेपानी तथा सरसफाई, मातृशिशुु तथा स्वास्थ्य, प्राथमिक शिक्षा तथा साक्षरता, आर्थिक ,सामाजिक विकास तथा वातावरणमा सहयोग गर्दै आएको सेमिनारका प्रमुख अतिथी एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेतले जानकारी दिए । यसका कार्य क्षेत्रहरु पनि विस्तृत रहेको बताउँदै प्रमुख अतिथी बस्नेतले रोटरीले विश्वमै पोलियो उन्मुलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

    रोटरी साथै रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका पदाधिकारी एवं सदस्यहरुको सहभागीता रहेको कार्यक्रममा रोटरीका पूर्व अध्यक्षहरु टिकाप्रसाद कट्टेल, सुशिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाईँ, निवर्तमान अध्यक्ष शिवकुमार कडेल, रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष प्रतापबाबु जमरकट्टेल लगायतले क्लवसँग सम्बन्धित आ—आफ्नो धारणा राखेका थिए । क्लवका पुर्व अध्यक्ष खेमप्रसाद प्रसाईँले संचालन गरेको औपचारिक कार्यक्रममा प्रेसिडेन्ट इलेक्ट डिल्लीराम मैनालीले भोट अफ थ्याङस प्रस्तुत गरे ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.