Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बालमैत्री नगर घोषणाको अन्तिम तयारीमा कनकाई नगरपालिका
    कनकाई नगरपालिका

    बालमैत्री नगर घोषणाको अन्तिम तयारीमा कनकाई नगरपालिका

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ श्रावण ७, सोमबार २२:१६ गते3 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको अन्तिम तयारीमा पुगेको छ ।

    बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक साथै स्थानीय नगरपालिकाले तयारी पारेको २ वटा सहित ५३ सूचक पूरा गर्दै नगरका ९ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले तयारीलाई अन्तिम चरणमा पुर्याएको हो । सोही क्रममा कनकाई नगरपालिका सहित प्रदेशस्तरीय अनुगमन समितिबाट नगर क्षेत्रमा अनुगमन गरिएको छ ।

    सोही अवसरमा बालमैत्री स्थानीय शासनयुक्त कनकाई नगरपालिका घोषणाको पूर्ण तयारीका सन्दर्भमा कनकाई नगरपालिकाको तर्फबाट भएका प्रगतिका बारेमा प्रदेशस्तरीय समितिलाई विस्तृत जानकारी गराइएको थियो । अनुगमन पुर्व कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको अध्यक्षतामा नगरपालिकामा भएको एक संक्षिप्त कार्यक्रममा कनकाई नगरपालिकाका बालकल्याण अधिकारी उमानाथ ढकालले हालसम्म भएको प्रगतिका बारेमा प्रोजेक्टर मार्फत जानकारी गराएका थिए । बाल कल्याण अधिकारी ढकालले बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने पाँचवटा क्षेत्रमा समेटिएका सुचकहरुका बारेमा प्रष्ट पार्दै ९७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराए ।

    कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव एवं बालमैत्री स्थानीय शासन प्रदेशस्तरीय अनुगमन समितिका संयोजक विष्णुप्रसाद पौडेल, सामाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्री, मन्त्रालयका शाखा अधिकृत यादवप्रसाद दुलाल, सुनीता भट्टराई, प्रदेश योजना आयोगका नवदिप राई, स्वास्थ्य मन्त्रालयका वासुदेव कुँवर, मुख्य मन्त्री कार्यालयका शाखा अधिकृत डिकेन्द्र सुवेदी, राष्ट्रिय बालअधिकार परिषदका सुमन अधिकारी लगायतको सहभागीतामा रहेको प्रदेशस्तरीय अनुगमन टोलीले नगरका विभिन्न वडा कार्यालय, विद्यालय, टोल विकास संस्था लगायतका क्षेत्रमा अनुगमन गरेको हो ।

    यसै क्रममा कनकाई नगरपालिकाको तर्फबाट उपप्रमुख आशा शिवाकोटीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ, बालमैत्री स्थानीय शासन फोकल पर्सन जमुना कटुवाल, कनकाई नगरपालिकाका सुचना अधिकारी खगेन्द्र मिश्र, बालकल्याण अधिकारी उमानाथ ढकाल सहित नगरका कर्मचारीहरु, कनकाई नगर बाल संजालकी अध्यक्ष अश्लेसा कँडेल सहित अन्य पदाधिकारीहरु, संचारकर्मी लीलाराज झापाली, रामप्रसाद निरौला लगायतको सहभागिता रहेको बताइएको छ ।

    बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सबै सूचक पूरा गरिसकेको कारण कनकाई नगरपालिकाले चाँडै बालमैत्री नगर घोषणा गर्ने योजना बनाएको बताइएको छ ।

    बालबालिकाको शिक्षा, स्वास्थ्य, पूर्णखोप, स्तनपान, पोषण, बालमैत्री भौतिक संरचना, सामाजिक क्रियाकलापमा बाल सहभागिता, बालश्रम र बालविवाह अन्त्य लगायतका ५१ सूचक पूरा गरेमा नगरपालिका बालमैत्री घोषणा गर्न मिल्ने राष्ट्रिय मापदण्ड रहेको छ । कनकाई नगरपालिकाले अन्य २ वटा सूचक थप गरेर ५३ सूचक बनाएर पनि मापदण्ड भन्दा माथि पुगेको जनाएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ एवं स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्दिष्ट गरेको ५१ वटा सूचक मध्ये ३८ वटा सूचकमा शतप्रतिशत उपलब्धि र ६ वटा सूचकमा ९५ प्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रावधान रहेको छ । यस्तै ६ वटा सूचकमा ८० प्रतिशत र एउटा सूचकमा ९० प्रतिशत नतिजा प्राप्त गरेमा बालमैत्री नगर घोषणा गर्न सकिने जनाइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.