Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » साउनको पहिलो सोमबारदेखि कोटीहोममा कनकाई आरतीको सुरुवात हुने
    कनकाई नगरपालिका

    साउनको पहिलो सोमबारदेखि कोटीहोममा कनकाई आरतीको सुरुवात हुने

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ श्रावण ३, बिहीबार १४:५० गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई —४स्थित पुर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई धाम धार्मिक विकास संस्थाले जल चढाउँने भक्तजनको सुविधाका लागि विशेष तयारी गरेको छ ।

    कनकाई आरतीको समेत सुरुवात गर्न लागेको धाम समितिले पवित्र कनकाई नदिको किनारमा रहेको यस धार्मिक क्षेत्रमा साउनको सोमबार जल चढाउँने भक्तजनहरुका लागि विशेष तयारी पूरा गरेको जनाएको छ । कनकाई धाम कोटीहोम परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रमका विच आयोजक समितिले आवश्यक तयारी पूरा भएको जनाएको छ । सोही अवसरमा कोटीहोम परिसरमै दमक ६ निवासी हिरण्यकुमार र दुर्गादेवी ढुङ्गेलबाट सहयोग हुने गरी २७ लाख बढीमा निर्माण कार्य सम्पन्न हुने लक्ष्मीनारायण मन्दिरको सिलान्यास भएको छ ।

    यसका साथै पवित्र महिना साउन र त्यसमा पनि साउने सोमबारको छुट्टै विशेषता रहने भएकाले साउने सोमबारलाई विशेष महत्वका साथ मनाउन लागिएको हो । सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैंमा विशेष महत्वको महिना रहेको पाइन्छ ।

    साउनको महिनाभित्र पनि बढी सोमबारको महत्व हुन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिव मन्दिरमा गएर पूजाआजा गर्ने गर्दछन् । यसै अवसरमा कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा रहेको कनकेश्वर महादेव मन्दिरमा समेत कनकाई नदिबाट ल्याएको जल चढाउँन भक्तजनहरुको अत्यन्तै भिड लाग्ने भएकाले यस पटक आयोजक समितिले विशेष सतर्कता अपनाउँदै तयारीलाई तिब्रता दिएको संस्थाका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए । हरेक सोमबार बिहान ७ बजेदेखि नै रुद्रभिषेक हवन साथै स्थानीय कलाकारहरुबाट विशेष किर्तन भजनको कार्यक्रम तय गरेको आयोजक समितिका अध्यक्ष थापा बताउँछन् ।

    साउन महिनाभरी विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहेन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा–पोते लगाएर शिवको पूजा गर्ने गरेको पाइन्छ ।यसै अवसरमा पवित्र उद्येश्यका साथ कनकाई धाम धार्मिक विकास संस्थाले जल अर्पणका लागि विशेष तयारी गरेको हुँदा यसबाट पुण्य आर्जन गर्न संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल खतिवडाले सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।

    साउनको हरेक सोमबार बिहान कनकाई आरतीबाट जल अर्पणको कार्यक्रम सुरुवात हुने जानकारी दिँदै कनकाई धाम धार्मिक विकास संस्थाका उपाध्यक्ष प्रकाश थापाले भक्तजनलाई कुनै पनि किसिमको थकाईको अनुभव नहुने गरी विशेष तयारी गरेको जानकारी दिए । कनकाई नदिबाट कोटीहोम धाम परिसर सम्म जल लिएर आउँने क्रममा भक्तजनलाई कुनै पनि समस्या नहोस् भन्ने उद्येश्यका साथ सुरक्षा व्यवस्थाको समेत विशेष तयारी गरिएको उपाध्यक्ष थापा बताउँछन् ।साउने सोमबारसँगै सुरुवात हुने कनकाई आरतीको साउनपछि पनि निरन्तरता दिने लक्ष्य रहेको कनकाई धाम धार्मिक विकास संस्थाले जनाएको छ ।

    धार्मिक संस्थाबाट सुरुवात हुने यस कनकाई आरतीको निरन्तरताकालागि स्थानीय सरकार सहित स्थानीय स्तरमा क्रियाशिल विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाहरुबाट समेत सहयोग हुने अपेक्षा रहेको कनकाई धाम धार्मिक विकास संस्थाका महासचिव दिननाथ खतिवडाले जानकारी दिए ।

    राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा २०४२ को पौष महिनामा सम्पन्न बृहत धार्मिक अनुष्ठान कोटिहोम महायज्ञ पश्चात क्रमिक रुपले विकसित हुँदै हाल पुर्वकै धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास एवं विस्तार भएको कनकाई माईको किनार यस क्षेत्रकै गहना भएको संस्थाका निवर्तमान अध्यक्ष समेत रहेका वर्तमान सल्लाहकार समिति संयोजक नवलकिशोर दत्त बताउँछन् ।

    प्रारम्भिक चरणमा विभिन्न थर,गोत्रीयबन्धु ,संस्था र दाताहरूबाट धर्मशाला तथा मठ मन्दिरको निर्माण कार्यले तिब्रता पाउँदै आएको भएपनि २०४७ मा समाजसेवी भक्तबहादुर खड्काको नेतृत्वमा बनेको समितिले यस क्षेत्रलाई धामको रुपमा विकास गरी बैधानिकता दिएको सल्लाहकार संयोजक दत्तको बुझाई छ ।क्रमिक रुपले विभिन्न सामाजिक व्यक्तित्वहरुले नेतृत्व गर्दै हालपुर्वकै धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न पुगेको कोटीहोम क्षेत्रमा हाल दुई दर्जन बढी विभिन्न बन्धु र गोत्र समाजले भवन साथै मन्दिर निर्माण गर्दै यस धामलाई थप ऐतिहासिक बनाउँदै आएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.