Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आमाको स्मृतिमा सञ्चारकर्मी निरौलाले गरे संस्कृत विद्यालयलाई सहयोग
    कनकाई नगरपालिका

    आमाको स्मृतिमा सञ्चारकर्मी निरौलाले गरे संस्कृत विद्यालयलाई सहयोग

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८१ असार २९, शनिबार २२:४८ गते2 Mins Read

    कनकाई खबर \ आमा स्व. हेमकला निरौलाको स्मृत्तिमा सञ्चारकर्मी रामप्रसाद निरौलाले कनकाई नगरपालिका–४ कोटीहवनस्थित संस्कृत विद्यालयलाई सहयोग गरेका छन् ।

    सुरुङ्गाबाट प्रकाशन भइरहेको कनकाई खबर साप्ताहिक र कनकाई खबर डट कम अनलाइनका सम्पादक समेत रहेका रामप्रसाद निरौलाकी स्वर्गवासी माता हेमकला निरौलाको जन्मजयन्तीको स्मृतिमा कोटिहवनस्थित कनकाई गायत्री विद्यापीठका लागि आवश्यक पर्ने विशेष किसिमको कार्पेट प्रदान गरेका हुन् । एक कार्यक्रमका वीच पिता टीकाराम निरौला, धर्मपत्नी शान्ता निरौला, छोरा सार्थक र छोरी समृद्धि निरौला लगायतले कोटीहवन धार्मिक संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मल खतिवडा सहित पदाधिकारीहरु, विद्यापीठका अध्यक्ष एवम् कनकाई धाम धार्मिक विकास संस्था कोटीहवनका सचिव यामप्रसाद खतिवडा, प्रधानाध्यापक आचार्य योगेश खतिवडा लगायतलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

    माता हेमकलाको २०८० को चैत १७ मा निधन भएको थियो । माताको निधन हुनुभन्दा दुई वर्ष अघि नै निरौला परिवारद्वारा “टीकाराम–हेमकला निरौला रोटरी उत्कृष्ट पत्रकार कोष“ को स्थापना गरी सो कोषबाट आएको ब्याजबाट हरेक वर्ष झापा जिल्लाका एक जना उत्कृष्ट सञ्चारकर्मीलाई नगदसहित सम्मान गर्ने क्रम शुरुआत गरिएको थियो । सो पुरस्कारबाट अहिलेसम्म ३ जना पत्रकार सम्मानित भइसकेका छन् ।

    कनकाई धाम धार्मिक संस्थाका वरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवडाको अध्यक्षता, कनकाई नगरपालिका वार्ड नं. ४ का अध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्य र वार्ड सदस्य शेषप्रसाद प्रसाईंको विशेष आतिथ्य रहेको कार्यक्रममा धाम समितिका धार्मिक उपाध्यक्ष प्रकाश थापा, कोषाध्यक्ष मानबहादुर पौडेल, पूर्व उपाध्यक्ष गोपाल भट्टराई, सदस्यहरु डम्बरप्रसाद फुयाल, गोपाल खरेल, सञ्चारकर्मीहरू विकास उप्रेती, प्रेमबहादुर जिम्बा लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सुवेदीले सहकार्य गरेर विकास–निर्माणको पहल गर्न सकेमा मात्र प्रगतिको बाटोमा अघि बढ्न सकिने बताएका थिए । राष्ट्रगुरु योगी नरहरिनाथको सदिच्छाअनुरूप स्थापित संस्कृत विद्यापीठमा हाल ३७ विद्यार्थी अध्ययनरत छन् भने जसमध्ये १२ जना विद्यार्थी छात्रावासमा रहँदै आएका छन् ।

    गुरुकुल सञ्चालनका लागि वार्षिक रूपमा २ लाख ४१ हजार रूपैयाँ स्थानीय सरकार कनकाई नगरपालिकाबाट प्राप्त हुने गरेको र कनकाईधाम संस्थाबाट चामल, ग्यास उपलब्ध गराउने र आवासमा बस्ने विद्यार्थीलाई खाना पकाउन भान्सेको पारिश्रमिक दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद खतिवडाले जानकारी दिए । अध्यक्ष खतिवडाले आवासमा बस्ने विद्यार्थीका लागि केही महिनाअघि समाजसेवीहरू कुलप्रसाद घिमिरेबाट १ थान मिक्स्चर, विजय गजुरेलबाट १ थान फ्रिज र चन्द्र अधिकारीबाट ३ थान फ्यान सहयोग प्राप्त भएको जानकारी दिए ।

    विद्यापीठका अध्यक्ष एवम् कनकाई धाम धार्मिक विकास संस्था कोटीहवनका सचिव यामप्रसाद खतिवडाले औचित्यसहित स्वागत मन्तव्य राखेका थिए भने महासचिव दिननाथ खतिवडाले सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पालिकाहरुले करारका कर्मचारीलाई सेवाबाट हटाउँदै, बिर्तामोडले हटायो १८ जना

    २०८२ आश्विन ३१, शुक्रबार १९:४८ गते

    कनकाई खबर आठौं वर्षमा प्रवेश

    २०८२ आश्विन २४, शुक्रबार १३:४८ गते

    प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

    २०८२ आश्विन २२, बुधबार २२:०६ गते

    दसैं विजयोत्सवको पर्व :

    २०८२ आश्विन २०, सोमबार २३:५२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.