Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लव अफ सुरुङ्गाको रक्तदानमा ५४ पिन्ट रगत संकलन
    कनकाई नगरपालिका

    रोटरी क्लव अफ सुरुङ्गाको रक्तदानमा ५४ पिन्ट रगत संकलन

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ असार २६, बुधबार १५:२४ गते2 Mins Read

    कनकाई खबर \ रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त आयोजनामा आज बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    कनकाई—३ सुरुङ्गा स्थित नेपाल बैंक रहेको कुमुदिनी भवन परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको जनाइएको छ । वर्षातको समयमा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै रोटरी क्लवले रक्तदान कार्यक्रमलाई आफ्नो वार्षिक क्लालेण्डरका रुपमा संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेतीले जानकारी दिए ।

    दान मध्येको पनि महादान रक्तदानमा स्थानीय स्तरमा रहेका बैंक तथा बित्तिय संस्थाहरुबाट उल्लेख्य सहभागीता रहेको अध्यक्ष उप्रेतीले बताए । स्वार्थ भन्दा माथी सेवा भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै विश्वव्यापी रुपमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था अन्तर्गतको रोटरी क्लब अफ सुरुङ्गाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै अघि बढ्ने जनाएको छ । विभिन्न सेवाका क्षेत्रमा सदस्यलाई जिम्मेवारी प्रदान गरेको रोटरीले सर्भिस प्रोजेक्ट अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान आफ्नो स्वास्थ्यका लागि पनि फाइदाजनक भएकाले नियमित रुपमा रक्तदान गरि रगत अभावको अवस्थालाई समेत कम गर्न सकिने कार्यक्रम संयोजक समेत रहेका क्लवका प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोराले जानकारी दिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा झापाको प्राविधिक सहयोग रहेको बताइएको छ ।

    क्लवका अध्यक्ष लुवराज उप्रेतीको सभापतित्व एवं नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा रोटरी इन्टरनेशनलका एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेत, कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडा लगायतले शुभकामना मन्तव्य राख्दै मानवीय सेवाको क्षेत्रमा रोटरी क्लव अफ सुरुङ्गाले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । रगतको माग अत्यधिक रहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै रोटरी क्लवले गरेको सहयोग अत्यन्तै महत्वपूर्ण अनि समय सान्दर्भिक भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी रेडक्रसकर्मी ढकालले मानवीय सेवाका क्रममा झापाको रगत काठमाण्डौ सम्म पुर्याउँनु परेको जानकारी दिए ।

    कार्यक्रम संयोजक अर्जुन बोहोराले औचित्य सहित शाव्दीक स्वागत गरेको कार्यक्रममा क्लवका पुर्व अध्यक्ष समेत रहेका रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ वर्ष २०२४\ २५ का एसिस्टेन्ट गभर्नर कुमारमणि पोखरेल, पुर्व अध्यक्षहरु सुशिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाई, निवर्तमान अध्यक्ष शिवकुमार कडेल सहित अन्य पदाधिकारी तथा सदस्यहरु साथै रोट्रयाक्टका अध्यक्ष प्रतावबाबु जमरकट्टेल, निवर्तमान अध्यक्ष सारिका गिरी सहित पदाधिकारी एवं सदस्यहरु, स्थानीय क्रियाशिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिती रहेको बताइएको छ कार्यक्रमको संचालन क्लवका सचिव सोमनाथ उप्रेतीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.