Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मनोजबाबु ओली स्मृति पुरस्कारबाट साहित्यकार सुवेदी सम्मानित
    कनकाई नगरपालिका

    मनोजबाबु ओली स्मृति पुरस्कारबाट साहित्यकार सुवेदी सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०८१ असार २६, बुधबार ०६:१७ गते2 Mins Read

    कनकाई खबर \ कनकाई प्रतिभा प्रतिष्ठान झापाद्वारा सुरुङ्गामा आयोजित एक विशेष कार्यक्रममा मनोजबाबु (लक्ष्मीप्रसाद) ओली स्मृति पुरस्कारबाट प्राध्यापक तथा साहित्यकार होम सुवेदी सम्मानित भएका छन् ।

    मेची बहुमुखी क्याम्पस भद्रपुरबाट सेवानिवृत्त प्राध्यापक सुवेदीले ९ वटा पुस्तक सृजना गरी प्रकाशनमा ल्याएका छन् भने दर्जनौं पुस्तक तथा साहित्यिक पत्रिकाको कुशल सम्पादन पनि गरेका छन् । प्राध्यापक तथा साहित्यकार सुवेदी १५ हजार नगदसहित सम्मानित भएका हुन् ।
    कोरोनाबाट निधन भएका मनोजबाबुका पिता कनकाई —१ निवासी लोकगायक अनिरुद्र ओली, माता नन्दा ओली र परिवारजनबाट आफ्नो सुपुत्र र भाइको स्मृतिमा स्थापित अक्षयकोषबाट सो सम्मान प्रदान गरिएको हो ।

    कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीको अध्यक्षता र अग्रज साहित्यकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महाकाव्यकार मित्रप्रसाद दाहाल रचित पाँचौं महाकाव्य ‘देवहूति’ को लोकार्पण गरिएको थियो । समीक्षक विष्णुप्रसाद कोइरालाले सम्मानित व्यक्तित्वको परिचय प्रस्तुत गरेका थिए भने युवा लेखक भीम दाहालले लोकार्पित कृतिको समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा विशिष्ट अतिथि रुद्र–गौरी श्री –अम्बिका ओली प्रतिष्ठान झापाका अध्यक्ष गंगाप्रसाद ओली, नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय महासचिव एवम् गीतकार चन्द्र भण्डारी, कनकाई नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष युवराज चम्लागाईं, प्रगतिशील लेखक संघका झापा अध्यक्ष राजेन्द्र संग्रौला लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा मातृका संग्रौला, हस्त परियार, टंक विकल्प, गणेश निरौला, जय भण्डारी, मोक्ष खतिवडा, देवीभक्त श्रेष्ठ, तुलसीप्रसाद भट्टराई, आकृति चौधरी, अशोक तिवारी, अंकित राई, खगेन्द्रा खुसी, वीरेन्द्र खडका, विश्वनाथसिंह राजवंशी, दिव्या काफ्ले लगायतले गीत, गजल तथा कविता प्रस्तुत गरेका थिए ।

    भानु जयन्तीको पूर्व सन्ध्यामा आयोजित सो कार्यक्रममा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेल, सामाजिक व्यक्तित्व शेरबहादुर थापा, संगीत साधना कला केन्द्र सुरुङ्गाका सञ्चालक ध्रुबप्रसाद पाठक, लेखक भवानी थापा, शिक्षाकर्मी उमानाथ ओली, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका सभापति बालकृष्ण प्रसाईं, साहित्यकार हरिनारायण भट्टराई लगायतको आतिथ्य रहेको थियो ।

    आयोजक संस्थाका सदस्य निर्मलकुमार खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन डा. पुण्यप्रसाद सिग्देल र प्रेम प्रभातले संयुक्त रूपमा गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.