Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » देश संकटमा परेको बेला समेत सुरुङ्गा रोटरीको भूमिका प्रशंसनीयः पुर्व डिष्ट्रिक गभर्नर रिजाल
    कनकाई नगरपालिका

    देश संकटमा परेको बेला समेत सुरुङ्गा रोटरीको भूमिका प्रशंसनीयः पुर्व डिष्ट्रिक गभर्नर रिजाल

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ असार २४, सोमबार १७:१४ गते6 Mins Read

    रोटरी साथै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाको पदस्थापन कार्यक्रम सम्पन्न

    कनकाई खबर \ रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर रोटरीयन सन्तोष रिजालले देश संकटमा परेको बेला समेत रोटरी क्लव अफ सुरुङ्गाले स्थानीय स्तरमा खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै खुशी व्यक्त गरेका छन् ।

    झापाको सुरुङ्गामा सम्पन्न रोटरी साथै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथीका रुपमा रहेका रोटरीयन रिजालले आर्थिक मन्दिका कारण देश संकटमा रहेको अवस्थामा समेत रोटरी क्लव अफ सुरुङ्गाले सामाजिक क्षेत्रमा गरेको प्रगतिको खुलेरै प्रशंसा गरेका हुन् ।

    सामाजिक उत्तरदायित्व बहनमा रोटरीको भूमिका प्रभावकारी रहेको भन्दै शिक्षा, स्वास्थ्य लगायत सामाजिक सरोकारका विषयहरुमा रोटरीले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै आफ्ना कार्यक्रम अघि बढाएकै कारण समाजमा रोटरीको छुट्टै पहिचान स्थापित भएको रिजालको ठहर छ ।
    रोटरीबाट कुनै पनि सेवाको क्षेत्रमा भएको कामले समाजमा परिवर्तन आउनु नै एक किसिमको जादु भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी रिजालले रोटरीको सेवा भावको कार्यले यस वर्षको नारा (द मेजिक अफ रोटरी)लाई सार्थकता प्रदान गरेको बताए ।

    सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न रोटरी क्लब अफ सुरुङ्गाको छैटौं साथै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाको चौथो पदस्थापन कार्यक्रममा वर्ष २०२३ \२४ का अध्यक्ष शिवकुमार कडेलको गलाको चेन(कलर) वर्ष २०२४\२५ का अध्यक्ष लुवराज उप्रेतीको गलामा लगाइदिएर पदस्थापन गरिएको हो ।

    रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ वर्ष २०२४\२५ का एसिस्टेन्ट गभर्नर एवं रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष कुमारमणि पोखरेल, क्लवका संस्थापक अध्यक्ष एल.पी.उप्रेती, पुर्व अध्यक्षहरु टिकाप्रसाद कट्टेल, शुसिलकुमार श्रेष्ठ, खेमप्रसाद प्रसाईँ सहितको उपस्थितीमा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्व डिस्ट्रीक गभर्नर रोटरीयन सन्तोष रिजालले अध्यक्ष उप्रेतीको गलामा कलर लगाइदिएका हुन् । त्यस्तै विशिष्ट अतिथीका रुपमा रहेका एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेतबाट रोटरीको ग्याबल हस्तान्तरण गरिएको थियो भने रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एल.पी. उप्रेतीले अध्यक्ष लुवराज उप्रेतीलाई चार्टर सटिपिकेट प्रदान गरे ।

    त्यस्तै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष सारिका गिरीको गलामा भएको चेन (कलर) वर्ष २०२४\२५ का अध्यक्ष प्रतापबाबु जमरकट्टेलको गलामा लगाएसँगै नयाँ नेतृत्वले पदभार ग्रहण गरेको हो । कार्यक्रमका विशिष्ट अतिथी समेत रहेका जोनल रोट्रयाक्टर पानस अधिकारीले अध्यक्ष प्रतापबाबु जमरकट्टेलको गलामा चेन (कलर) लगाइदिएका हुन् भने वर्ष २०२३ \२४ की अध्यक्ष सारिका गिरीबाट ग्याबल हस्तान्तरण गरिएको हो । अध्यक्ष कट्टेललाई रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष डा.मनिष उप्रेतीले चार्टर सटिपिकेट प्रदान गरे ।

    कार्यक्रममा रोटरी अध्यक्ष उप्रेतीलाई एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेतले सपथ खुवाएका थिए भने रोट्र्याक्ट अध्यक्ष कट्टेललाई जोनल रोट्रयाक्टर पानस अधिकारीले सपथ खुवाएका थिए । सपथ ग्रहणसँगै दुवैजना अध्यक्षले आ–आफ्नो बोर्डलाई पूर्णता दिएका थिए । जसअनुसार रोटरी वर्ष २०२४\२५ का लागि निवर्तमान अध्यक्षका रुपमा शिवकुमार कडेल, प्रेसिडेन्ट इलेक्टमा डिल्लीराम मैनाली, प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोरा रहेका छन् । त्यस्तै प्रथम उपाध्यक्ष अखिलकुमार कोइराला, द्वितीय उपाध्यक्ष सरला दहाल पोखरेल र तृतीय उपाध्यक्षमा शिवकुमार गिरी रहेका छन् । क्लवको सचिवमा सोमनाथ उप्रेती, कोषाध्यक्षमा यदुका उप्रेती(उषा), सर्जन एट आर्मसमा मेनुका उप्रेती शिवाकोटी रहेका छन् ।
    त्यस्तै क्लवको सर्भिस प्रोजेक्ट चेयरमा रामप्रसाद निरौला, पब्लीक इमेज चेयरमा कमलप्रसाद कट्टेल, मेम्बरसिप चेयरमा मिनाल तिम्सिना, एडमिनिस्ट्रेटिभ चेयरमा रेनुका मैनाली, युथ सर्भिस चेयरमा बमबहादुर कुँवर(दिपक), रोटरी फाउण्डेशन चेयरमा खेमप्रसाद प्रसाईँ, इनभारोमेन्ट(वातावरण) चेयरमा ख्यामप्रसाद ओली र क्लव मेन्टरको जिम्मेवारीमा एल.पी. उप्रेती रहेको बताइएको छ । क्लवको बोर्ड कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई अध्यक्ष उप्रेतीले सपथ खुवाएका थिए ।

    त्यस्तै रोट्र्याक्ट वर्ष २०२४ \२५ को अध्यक्षमा कट्टेलसँगै निवर्तमान अध्यक्षमा सारिका गिरी र क्लवको मेन्टरमा डा.मनिष उप्रेती रहेका छन् । सचिवमा कोमल न्यौपाने, प्रेसिडेन्ट इलेक्टमा दिवाकर तिवारी, प्रथम उपाध्यक्षमा डा.मुकेश शाह, द्वितीय उपाध्यक्षमा शारदाकुमारी कारक र कोषाध्यक्षमा प्रतिक्षा ढुङ्गेल रहेका छन् ।

    त्यस्तै जोइन्ट सेक्रेटरीमा कृष्टि खतिवडा, जोइन्ट ट्रेजरर शितल पोखरेल, क्लव एडमिन चेयरमा कृतिका पाण्डे, प्रोफेशनल डेब्लोप्मेन्ट चेयरमा रिशवसिंह चाहार रहेका छन् । त्यस्तै कम्युनिटी सर्भिस चेयरमा हेमा बास्कोटा, इन्टरनेशनल डेब्लोप्मेन्ट चेयरमा दिक्षा राई, द रोटरी फाउण्डेशन चेयरमा सबिन खरेल, विशेष एरिया प्रोजेक्ट चेयरमा कृष्ण पुरी, मेम्बरसिप डेब्लोप्मेन्ट चेयरमा किरण गिरी, पब्लिक इमेज चेयरमा सोहन उप्रेती, रोट्रयाक्टर युथ लिडरमा दिपेन ओली, लर्निङ फेसिलिटरको जिम्मेवारीमा रोशन शाह, क्लवको आइटी अफिसरमा जेनिश चम्लागाईँ र सर्जन एट आर्मसमा गंगा दहाल रहेको क्लवका सचिव कोमल न्यौपानेले जानकारी दिए । क्लवको बोर्ड कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई अध्यक्ष कट्टेलले सपथ खुवाएका थिए ।

    रोटरी क्लव अफ सुरुङ्गा वर्ष २०२४\२५ का अध्यक्ष लुवराज उप्रेतीको अध्यक्षता एवं पुर्व डिष्ट्रिक गभर्नर सन्तोष रिजालको प्रमुख आतिथ्य रहेको पदस्थापन विशेष कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रबाट क्लवलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा रिजन ७ वर्ष २०२३\२४ का एसिस्टेन्ट गभर्नर सन्दिप दिपु चापागाईँ, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा समेत आफ्नो पहिचान बनाइसकेका चित्रकार एवं मुर्तिकार पवन राजवंशी र हिम्मत नेम्माङ रहेका छन् । रोटरी क्लव अफ सुरुङ्गाको हरेक गतिविधि सहित क्लवले आयोजना गरेको कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सफलताका लागि खेलेको भूमिकाको उच्च मुल्याङकन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं विशिष्ट अतिथीहरुबाट सम्मानित व्यक्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरिएको हो ।

    कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गा वर्ष २०२३\२४ का अध्यक्ष शिवकुमार कडेलले आफ्नो कार्यकालको अन्तिम मन्तव्य राख्दै क्लवका संस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु सहित बोर्डका पदाधिकारीहरुको साथ र सहयोगमा आफ्नो नेतृत्वको कार्यकाल आफैंमा सुखद एवं ऐतिहासिक भएको बताए । समाज रुपान्तरणका लागि मात्र नभई सभ्य समाज निर्माणका लागि रोटरी क्लवको भूमिका अग्र पंतिमा रहेको भन्दै निवर्तमान अध्यक्ष कडेलले स्वदेश तथा विदेशमा समेत रहेर क्लवलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुप्रति आभार प्रकट गरे । त्यस्तै रोट्रयाक्ट क्लव वर्ष २०२३\२४ की अध्यक्ष सारिका गिरीले समेत आफ्नो कार्यकालमा भएका सम्पूर्ण गतिविधि सहितको अन्तिम मन्तव्य राख्दै सहयोगी मनहरु सबै–सबैप्रति धन्यवाद ज्ञापन गरेकी छन् ।

    त्यस्तै रोटरी वर्ष २०२४\२५ लाई थप उचाईमा पुर्याउँन नयाँ योजना सहित नेतृत्वमा आएका अध्यक्ष लुवराज उप्रेती साथै रोट्रयाक्ट अध्यक्ष प्रतापबाबु जमरकट्टेलले समेत आ–आफ्नो वार्षिक योजना सहितको स्विकारोक्ति मन्तव्य राखेका थिए । क्लव स्थापनाको छोटो समयमा समाज रुपान्तरणका लागि अग्रणी भूमिका खेल्दै एउटा अब्बल संस्थाको रुपमा स्थापित सामाजिक संस्थामा रहेर अन्य सहयोगी मनहरुसँग हातेमालो गर्दै आफूलाई रोटरियन हुँ भन्न पाउँदा गर्वको महशुस हुने गरेको रोटरी अध्यक्ष उप्रेतीले बताए ।

    रोटरीको एउटा पिलरको रुपमा रहेको फेलोसिपलाई वर्ष २०२४\२५ मा विशेष प्राथमिकतामा राखिने बताउँदै अध्यक्ष उप्रेतीले जसका कारण सदस्यहरु बिचमा आत्मियता र सद्भाव बढ्ने विश्वास व्यक्त गरे । त्यस्तै रोटरीको अर्को पिलरको रुपमा रहेको ‘द रोटरी फाउण्डेशन’ मा यो वर्ष उल्लेखनीय योगदान गर्ने समेत अध्यक्ष उप्रेतीले प्रतिवद्धता जनाए ।

    रोटरी इन्टरनेशनलको मूलमन्त्र ‘सर्भिस एबोभ सेल्फ’ लाई आत्मसाथ गर्दै हरेक जिम्मेवारीलाई पुरा गर्दै अघि बढ्ने अध्यक्ष उप्रेतीले जानकारी दिए ।
    डिस्ट्रिकले निर्धारण गरेको उद्येश्य पुरा गर्नका लागि रोटरी क्लव अफ सुरुङ्गाको बाइलजलाई आत्मसाथ गर्दै रोटरी इन्टरनेशनलको सातवटै फोकस एरियामा केन्द्रिकृत हुने जनाउँदै अध्यक्ष उप्रेतीले बोर्डले तयार पारेको एक्सन प्लान कार्यान्वयन गर्ने कुरामा सक्रियताका साथ अघि बढ्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा झापामा रहेका सबै रोटरी र रोट्रयाक्ट क्लवका पदाधिकारीहरु सहित स्थानीय सरकारका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित माथिल्लो निकायका रोटरियनहरुको समेत उल्लेख्य उपस्थिती रहेको जनाइएको छ । क्लवका प्रेसिडेन्ट इलेक्ट डिल्लीराम मैनालीले स्वागत गरेको कार्यक्रममा एसिस्टेन्ट डिस्ट्रीक गभर्नर विनोद बस्नेत, जोनल रोट्रयाक्टर पानस अधिकारी लगायतले रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले गरेको कार्यप्रति प्रशंसा गर्दै रोटरीको नयाँ बोर्ड कमिटीको कार्यकाल सफलताको कामना गरे ।

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका सचिवद्वय सोमनाथ उप्रेती र कमल न्यापानेले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोराले धन्यवाद ज्ञापन गरेका थिए भने रोट्रयाक्टर रिशवसिंह चाहारले टोस प्रस्ताव प्रस्तुत गरे ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.