कनकाई खबर \ कनकाई —३ सुरुङगा निवासी नरेशकुमार गर्गले छोरा स्व.अंकित गर्गको वार्षिक पुण्य तिथीको अवसर पारेर वालआश्रममा खाद्य सामाग्री वितरण गरेका छन् ।
कनकाईको वडा नं.६ स्थित राधिका फाउण्डेशनमा रहेका अनाथ वालवालिकाको लागि गर्ग परिवारका तर्फबाट खाद्य सामाग्री वितरण गरिएको हो । अघिल्लो वर्ष २०८० जेठ २८ गतेका दिन ३१ वर्षको अल्पायुमै ब्रेन ट्युमरका कारण उपचारकै क्रममा अंकितको निधन भएको बताइएको छ । उनको स्मृत्तिमा परिवारका तर्फबाट बुबा नरेश गर्ग सहित छोरीज्वाइँ मोनिका र विशाल अग्रवाल, छोरी हीना र ज्वाइँ अमित वंशल, नाती केशव अग्रवाल सहितको उपस्थितीमा खाद्य सामाग्री वितरण गरिएको हो । सुरुङ्गा बजारमा पुराना कपडा व्यवसायीका रुपमा स्थापित नरेश गर्ग अत्यन्तै सहयोगी भावना भएका धार्मिक एवं सामाजिक व्यक्तित्व हुन् ।

स्व.गर्गको वार्षिक पुण्य तिथीको अवसरमा खाद्य सामाग्रीका रुपमा चामल, चिउरा, खानेतेल, मुराई, मसला सहित नगद एक हजार एकसय रुपैयाँ हस्तान्तरण गरिएको हो । फाउण्डेशनका सदस्य जविन तिम्सिना, सुरुङ्गा जेसीजका अध्यक्ष दुर्गा पाठक(राजु) सहितको उपस्थितीमा गर्ग परिवारले फाउण्डेशनका संरक्षक पंकज नेपाललाई सामाग्री हस्तान्तरण गरेको बताइएको छ । स्व.अंकित गर्गका श्रीमति र एक छोरा छन् ।