Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा ६९ करोड ७७ लाख ८४ हजार बराबरको बजेट सार्वजनिक
    कनकाई खबर बिशेष

    कनकाईमा ६९ करोड ७७ लाख ८४ हजार बराबरको बजेट सार्वजनिक

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ असार ११, मंगलवार ०८:५४ गते4 Mins Read

    कृषि तथा पशुपालन क्षेत्रको रुपान्तरणका लागि , एक वडा एक सामूहिक खेती

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ \ ०८२ का लागि ६९ करोड ७७ लाख ८४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्वमा भएको नगर सभाको सोह्रौं अधिवेशनबाट नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले बजेट सार्वजनिक गरेकी हुन् । कृषि तथा पशुपालन क्षेत्रको रुपान्तरण सहित एक वडा एक सामूहिक खेतीको अवधारणका साथ समय सापेक्ष गुणस्तरीय शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरपालिकाले आर्थिक वर्ष २०८१\०८२ को बजेट सार्वजनिक गरेको हो ।
    उपप्रमुख शिवाकोटीले बजेट प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य सहित गरीब, भूमिहीन र बिपन्न परिवार लक्षित कार्यक्रम संचालन साथै आर्थिक तथा सामाजिक क्षेत्रमा समानुपातिक विकासलाई प्राथमिकतामा राख्ने बताएकी छन् । त्यस्तै बजेटमा भौतिक पुर्वाधारको निर्माण एवं स्तरोन्नती, संस्थागत सहित लक्षित वर्गको क्षमता विकास, पर्यटन प्रवद्र्धनलाई समेत प्राथमिकतामा राखिएको छ । एकिकृत विपद् व्यवस्थापन, वातावरण संरक्षण, औद्योगिकीकरण तथा युवा रोजगारीको अवसरमा वृद्धि, हरित, उज्यालो, बालमैत्री नगर निर्माण लगायतका विषयहरु बजेटको प्राथमिकतामा परेका छन् ।

    बजेट प्रस्तुत गर्दै उपप्रमुख शिवाकोटीले नगरमा रहेका प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै श्रम शक्ति र पुँजीको अधिकतम उपयोग गरी गरिबी न्युनिकरणलाई प्राथमिकता दिनु बजेटको मुख्य उद्येश्य रहेको बताएकी छन् । उपप्रमुख शिवाकोटीले आ.ब.२०८१\०८२का लागि मुख्य पाँचवटा क्षेत्रमा क्षेत्रगत रुपमा बजेट बिनियोजन गरेको जनाएकी छन् ।

    आ.व.२०८१\०८२ को कुल बजेटमा सामाजिक विकास कार्यक्रम तर्फ सबै भन्दा बढी २६ करोड,४१ लाख,१५ हजार बजेट बिनियोजन भएको छ । जसमध्ये स्वास्थ्य तथा पोषण, शिक्षा, भाषा,कला तथा साहित्य सम्बन्धी कार्यक्रम,सुचना तथा संचार, खानेपानी तथा सरसफाई, महिला बालबालिका तथा सामाजिक समाबेसीकरण, युवा खेलकुद तथा नवप्रवर्तन, सामाजिक सुरक्षा तथा पन्जिकरण तर्फ खर्च हुने जनाइएको छ । शिक्षातर्फ योग शिक्षा र ध्यान कक्षालाई हरेक कक्षामा अनिवार्य गरिने र स्थानीय मातृभाषामा पठनपाठन अनिवार्य गर्ने नीति लिएको छ । यता स्वास्थ्य क्षेत्रमा समेत नगर अस्पतालको स्तरोन्नति गरिने र एलोपेथिक चिकित्साको साथमा आयुर्वेदिक चिकित्सा प्रणाली र होमियोप्याथिक चिकित्सा प्रणालीको समेत विकास गरिँदै लगिने नीति लिएको छ ।

    त्यस्तै बजेटमा संस्थागत तथा सुशासन क्षेत्रको विकास तर्फ २१ करोड एक लाखको बजेट बिनियोजन भएको छ । जस मध्ये नीति, कानुन, न्याय तथा सुशासन, संगठन तथा क्षमता विकास, जनशक्ति व्यवस्थापन र सेवा प्रवाह, राजश्व तथा श्रोत परिचालन, तथ्यांक प्रणाली र योजना विकास व्यवस्थापन तर्फ खर्च हुने जनाइएको छ ।

    त्यस्तै पूर्वाधार विकास क्षेत्रका कार्यक्रम संचालन गर्न कुल बजेट मध्ये ७ करोड बिनियोजन भएको जनाइएको छ । जसमध्ये भवन, आवास तथा बस्ती बिकास, सडक, पुल तथा यातायात, जलस्रोत, विद्युत विस्तार तथा स्वच्छ उर्जा, सुचना तथा संचार प्रविधि तर्फ खर्च हुने जनाइएको छ ।
    त्यस्तै आर्थिक विकास क्षेत्रका कार्यक्रममा ३ करोड, ३० लाख, २२ हजारको बजेट बिनियोजन भएको छ । जसमध्ये कृषि तथा खाद्य सुरक्षा कार्यक्रम, पशुपंक्षी विकास, उद्योग, व्यापार तथा व्यवसाय, पर्यटन तथा संस्कृति कार्यक्रम, भूमि व्यवस्था, सहकारी र वित्तीय सेवाका कार्यक्रम श्रम तथा रोजगारी, गरिवी निवारण लगायतका कार्यक्रम तर्फ खर्च हुने जनाइएको छ ।

    त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रम तर्फ ३ करोड, २५ लाख खर्च गर्ने गरी बजेट बिनियोजन भएको जनाइएको छ । जसमध्ये वन, भू—संरक्षण तथा जैविक विविधता, वातावरण तथा फोहोरमैला व्यवस्थापन, विपद जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूल तर्फ खर्च हुने बजेटमा उल्लेख गरिएको छ ।

    बजेटमा कृषितर्फ उन्नत जातको बिउमा आत्मनिर्भर बन्ने, गहुँखेती र तरकारी खेती प्रवद्र्धन, फलफूलको नर्सरी विकास, अन्न बैँक स्थापना, जैविक खेतीलाई प्रवद्र्धन तथा कृषि उपजको बजारीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउने उपप्रमुख शिवाकोटीले बताएकी छन् । बजेटले कृषिमा जोड दिँदै एक वडा एक नमुना सामूहिक खेती गरिने र कृषिको प्रवद्र्धनका लागि पत्रकार र सञ्चार माध्यमको समेत प्रयोग गरिने नीति सार्वजनिक गरिएको छ ।

    कनकाई नगरपालिकालाई अग्र्यानिक खेतीको नगर बनाईने भन्दै पशुपक्षि र माछामा समेत आत्मनिर्भर नगरपालिका बनाइने नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कृषिका लागि खाने तेल, तरकारी र दुध तथा मासुजन्य उत्पादन र बिउ उत्पादनका क्षेत्रमा नगरले सहजीकरण गरिदिने नीति सार्वजनिक गरिएको छ । कृषि क्षेत्रमा हुनसक्ने जोखिमलाई मध्यनगर गर्दै कृषि बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने नीति कनकाई नगरपालिकाले लिएको छ ।

    “समुन्नत सम्पदा दिगो पूर्वाधार, समृद्ध कनकाई मूल आधार” भन्ने नारा तय गरेको कनकाई नगरले सडक निर्माण गर्दा सडकको दुबै किनारामा बिरुवाहरु रोपिने, पुराना सडक मर्मतका लागि हरेक वडालाई अनिवार्य कम्तीमा १० लाख रुपियाँ बजेट विनियोजन गर्ने लगायतको नीति नगरले लिएको छ ।
    कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले समग्र आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रको विकास समानुपातिक ढंगबाट व्यवस्थापन गर्न नगरपालिका दृढ संकल्पित रहेको बताए । नगर प्रमुख पोखरेलले स्थानीय सरकार गठन भए पश्चात जनप्रतिनिधिहरुबाट नागरिकले अनुभूत गर्नेगरी समग्र क्षेत्रको परिवर्तन र विकासका कार्यहरु निरन्तर भइरहेको सभामा जानकारी गराए ।

    सभाका सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले संचालन गरेको नगर सभामा सबै वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्य, नगर तथा वडाका सम्पूर्ण कर्मचारी सहितको उपस्थिति रहेको सभाले आगामी वर्षको बजेट सार्वजनिक गरेको हो । नगर सभाको अर्को बैठक आगामी २३ गते आईतबार बस्ने जनाइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.