Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आ.व.२०८१\८२ को नीति तथा कार्यक्रमसहित कनकाईको सोह्रौं नगर सभा सुरु
    कनकाई खबर बिशेष

    आ.व.२०८१\८२ को नीति तथा कार्यक्रमसहित कनकाईको सोह्रौं नगर सभा सुरु

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ असार १०, सोमबार ०८:२९ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले आ.व.२०८१\८२ को नीति तथा कार्यक्रमसहित सोह्रौ नगर सभा सुरु गरेको छ ।

    प्रस्तावित नीति तथा कार्यक्रम सहित कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आइतबार सुरुवात भएको सभामा नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले नगर सभा सदस्यहरु बीच आ.व.२०८१\८२को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख शिवाकोटीले समग्र आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रहरुको विकास समानुपातिक ढंगबाट व्यवस्थापन गर्न नगरपालिका दृढ संकल्पित रहेको बताएकी छन् । स्थानीय सरकार गठन भए पश्चात जनप्रतिनिधिहरुबाट नागरिकले अनुभूत गर्नेगरी समग्र क्षेत्रको परिवर्तन र विकासका कार्यहरु निरन्तर भइरहेको बताइएको छ । संघीय तथा प्रदेश सरकारको बजेट बिनियोजनबाट प्राप्त योजना, कार्यक्रम र आयोजनाहरु तोकिएको समयमा नै सम्पन्न भइरहेको उपप्रमुख शिवाकोटीले नीति तथा कार्यक्रम मार्फत सभासदस्यहरु समक्ष जानकारी गराएकी छन् ।

    “समुन्नत सम्पदा दिगो पूर्वाधार, समृद्ध कनकाईको मूल आधार” भन्ने नगरको नारालाई आत्मसाथ गरी सभाको उपाध्यक्ष समेत रहेकी उपप्रमुख शिवाकोटीले आ.ब.२०८१\०८२ का लागि मुख्य पाँचवटा क्षेत्रमा क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । जस अन्तर्गत “हाम्रो विकास हाम्रो हात, जुटौं सबै एकै साथ” भन्ने नाराका साथ कनकाई नगरपालिकाको पूर्वाधारको निर्माण पूर्वाधार विकास गुरुयोजना बमोजिम गरिने जानकारी गराउँदै भौतिक पूर्वाधार विकासको क्षेत्रलाई थप व्यवस्थित गर्दै अघि बढ्न विभिन्न २७ वटा बुँदामा जानकारी गराइएको छ ।

    त्यस्तै सामाजिक विकास तर्फ—शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, महिला, बालबालिका,ज्येष्ठ नागरिक, अपाङ्ग तथा लक्षित वर्गका लागि विशेष कार्ययोजना अघि बढाइने बताइएको छ ।

    त्यसैगरी वन, वातावरण, विपद् व्यवस्थापन तथा पर्यटन अन्तर्गत फोहोरमैला व्यवस्थापन सहित खानेपानी तथा सरसफाई, वन वातावरण तथा पर्यटन, विपद् व्यवस्थापन लगायतका क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउने जनाइएको छ ।

    त्यस्तै सार्वजनिक सेवा, सु—शासन तथा संस्थागत क्षमता विकास अन्तर्गत पेपरलेस संगठनको अवधारणालाई आत्मसाथ गर्दै सबै शाखा तथा निकायबाट प्रवाह गरिने सेवालाई प्रविधिको प्रयोग गरी अनिवार्य रुपमा सफ्टवेयरको माध्यमबाट सेवा प्रवाह गरिने जनाइएको छ । “जनताको घरदैलोमा जनप्रतिनिधि” कार्यक्रम संचालन गरी नगरवासीसँग संवाद र गुनासो सुन्ने पद्धतिको विकासलाई निरन्तरता दिने बताइएको छ । त्यस्तै “गरौं मिलाप नगरौं विलाप भन्ने नाराका साथ” न्यायिक समिति मार्फत सरोकारवालाहरुको प्रत्यक्ष सहभागीतामा छिटो छरितो एवं महसुस हुने गरीको न्याय सम्पादन हुने नीति तथा कार्यक्रममा जनाइएको छ ।

    त्यस्तै नगरपालिकाको आर्थिक विकास तर्फ विभिन्न २३ बुँदा समेटिएको राजश्व परिचालन र अन्य विभिन्न २३ बुँदा समेटिएको कृषि तथा पशुपालन थप व्यवस्थित गर्ने नीति लिएको उपप्रमुख शिवाकोटीले सभामा जानकारी गराएकी छन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख शिवाकोटीले “सम्मुन्नत सम्पदा दीगो पूर्वाधार, समृद्ध कनकाईको मूल आधार” भन्ने कनकाई नगरपालिकाको नारालाई सार्थकता प्रदान गर्ने किसिमको कार्ययोजना ल्याएको बताएकी छन् ।

    सभामा सहभागी तीन जना सभासदका रुपमा रहेका वडाअध्यक्षहरुले प्रस्तावित कार्ययोजनामाथि सुझाव सहित जिज्ञासा राखेका थिए । जसमध्ये कनकाई— १ का वडाअध्यक्ष सुशिल पोखरेलले वडामा खानेपनी योजनाले प्राप्त गरेको बजेट र भइरहेको प्रगतिको बारेमा नगरले अनुगमन गर्नुपर्ने माग राखेका थिए । त्यस्तै वडा नं.—२ का वडाअध्यक्ष बलराम राईले कनकाई नगर क्षेत्रमा धार्मिक पर्यटनसँगै प्राकृतिक पर्यापर्यटन क्षेत्र विस्तारका विषयमा सुझाव सहित आफ्नो जिज्ञासा राखेका थिए । त्यसैगरी कनकाई—८का वडाअध्यक्ष लिलाबहादुर कटुवालले कृषिमलको उचित व्यवस्थापनका बारेमा सुझाव दिएका थिए ।

    कार्यक्रममा सभाध्यक्ष नगरप्रमुख पोखरेलले सभासदहरुले उठाएका सवाल र सुझावहरुलाई नीति तथा कार्यक्रममा समेटिने प्रतिवद्धता जनाए ।
    सभाका सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले सहजीकरण गरेको नगर सभामा सभासदका रुपमा नगरका सबै वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडासदस्यहरु लगायतको उपस्थिति रहेको थियो । पुनः सोमबार हुने नगर सभाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रम सभामा पेश गर्ने जनाइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.