Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वडा कार्यालयमा स्व.थापाको अन्तिम श्रद्धाञ्जली, नगर प्रमुख पोखरेलले ओढाए राष्ट्रिय झण्डा
    कनकाई नगरपालिका

    वडा कार्यालयमा स्व.थापाको अन्तिम श्रद्धाञ्जली, नगर प्रमुख पोखरेलले ओढाए राष्ट्रिय झण्डा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ असार ३, सोमबार ०७:२८ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका वडा नं.—६ का वडाअध्यक्ष दीर्घवहादुर थापाको वडा कार्यालयमा अन्तिम श्रद्धाञ्जलीसँगै कनकाई माइमा अन्त्यष्टी गरिएको छ ।

    कनकाई ६ स्थित वडा कार्यालयमा नगरपालिकाको तर्फबाट नगरप्रमुख पोखरेलले स्व.थापाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । वडा कार्यालयमा राखिएको स्व.थापाको पार्थिव शरिरमा नगर प्रमुख पोखरेलसँगै उपप्रमुख आशा शिवाकोटी, नगरका सबै वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरु, नगरपालिका अन्तर्गत सम्पूर्ण कर्मचारीहरु सहित स्थानीयबासीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको नगरपालिकाका कर्मचारी लक्ष्मी अधिकारीले जानकारी दिए ।

    वडा कार्यालयबाट कनकाई घाटकालागी सुरु भएको शवयात्रामा कनकाई नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि सहित कर्मचारीहरु, नेकपा एमाले सहित अन्य विभिन्न राजनीतिक दलका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु, शिक्षक, विद्यार्थी, समाजका वौद्धिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी सहित स्थानीय सर्वसाधारण समेतको बाक्लो उपस्थिती रहेको थियो ।

    त्यस अघि सुरुङ्गा स्थित निवासमा नेकपा एमालेले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको थियो । नेकपा एमाले केन्द्रिय सदस्य मेनुका काफ्ले, एमाले नेता एवं कोशी प्रदेशका उर्जा,सिंचाई तथा खानेपानी मन्त्री एकराज कार्की, एमाले झापाका अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुङ्गेल, प्रदेश सांसद राधाकृष्ण खनाल, कनकाई नगर कमिटी अध्यक्ष गोकर्ण ओझा सहित अन्य विभिन्न तहका पार्टीका नेता तथा कार्यकर्ताहरुले स्व.थापाको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।

    त्यस्तै स्व. थापाको पार्थिव शरिरमा प्राध्यापक संघ कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, प्याब्सन कनकाई नगर समिति, शिक्षक महासंघ, विभिन्न शिक्षक संघसंगठनहरुबाट समेत अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको स्व.थापाका सहयात्री तुलाराम बस्नेतले जानकारी दिए । स्व.थापाको आइतबार मध्यान्न पवित्र कनकाई माइमा अन्त्यष्टी गरिएको हो ।

    विगत केही महिनादेखी पित्तथैलीमा भएको समस्याका कारण अन्य विभिन्न रोगबाट ग्रसित भइ शारिरीक रुपमा अस्वस्थ भएका थापाको आइतबार राती १ः५० बजे निधन भएको हो । शारिरीक रुपमा अस्वस्थ भई विभिन्न अस्पतालमा भएको उपचारपछि स्व.थापा सुरुङ्गास्थित जेठा छोरा रुद्रवहादुर थापा र बुहारी उषा सहित श्रीमतिको रेखदेखमा रहँदै आएका थिए ।

    थापाका जेठा छोरा रुद्रबहादुर थापा सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसका प्राध्यापक साथै चम्पापुर माविका सहायक प्रधानाध्यापक समेत हुन् भने कान्छा छोरा विशाल थापा समेत शिक्षण पेशामा आवद्ध छन् । थापाका दुई छोरा रुद्र र विशाल थापा, बुहारी उषा थापा, दुईजना श्रीमति भद्रादेवी र इनमाया कटुवाल थापा, एक छोरीज्वाइँ वविता र सन्तोष थापा रहेका छन् । त्यस्तै चारजना नातीनातिनाहरु रिषव र आर्यनजंग, प्रशिक र पलपशा थापा रहेका छन् ।

    वडाअध्यक्ष थापाको निधनले वडासहित नगरको ठूलो क्षति भएको भन्दै कनकाई नगरले थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगर र नगरका मातहतका कार्यालयहरुमा आइतबार एकदिन शोक बिदा गरेको थियो । नगरका सुचना अधिकारी खगेन्द्र मिश्रद्वारा हस्ताक्षर गरिएको सुचनामा कनकाई नगर अस्पताल भने यथावत रुपमा संचालन गरिएको थियो ।

    कनकाई खबर डटकम सहित कनकाई खबर साप्ताहिक परिवारका तर्फबाट स्व.थापाप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौं ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अब कोटेसनबाट काम बन्द, सबै टेण्डरमार्फत गर्नुपर्ने

    २०८२ कार्तिक २६, बुधबार २२:३४ गते

    त्रिपक्षीय साझेदारीमा कनकाई माविमा बहिरा छात्राबास संचालनमा

    २०८२ कार्तिक २५, मंगलवार १३:१५ गते

    कनकाई सहित झापामा आगजनी, तोडफोडमा संलग्नलाई आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा

    २०८२ कार्तिक २५, मंगलवार ०९:१० गते

    सुरुङ्गामा गएराती भएको मोटरसाइकल दुर्घटनामा सिटौलाको निधन

    २०८२ कार्तिक २५, मंगलवार ०८:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.