Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई ६ का वडाअध्यक्ष दीर्घवहादुर थापाको निधन
    कनकाई नगरपालिका

    कनकाई ६ का वडाअध्यक्ष दीर्घवहादुर थापाको निधन

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ असार २, आईतवार ०८:२४ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका वडा नं.६ का वडाअध्यक्ष दीर्घवहादुर थापाको निधन भएको छ ।

    विगत केही महिनादेखी शारिरीक रुपमा अस्वस्थ भएका थापाको गएराती १ः५० बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । शारिरीक रुपमा अस्वस्थ भई विभिन्न अस्पतालमा भएको उपचारपछि हाल सुरुङ्गास्थित जेठा छोरा रुद्रवहादुर थापा र बुहारी सहित श्रीमतिको रेखदेखमा रहँदै आएका थिए । पारिवारीक स्रोतका अनुसार थापाको आज १० बजेपछि कनकाई घाटमा अन्त्यष्टी गरिने जनाइएको छ ।

    थापाका जेठा छोरा रुद्रबहादुर थापा सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसका प्राध्यापक साथै चम्पापुर माविका सहायक प्रधानाध्यापक समेत हुन् भने कान्छा छोरा विशाल थापा समेत शिक्षण पेशामा आवद्ध छन् । थापाका दुईजना श्रीमति, दुई छोरा, एक बुहारी र एक छोरी र नातीनातिना छन् ।

    आफ्नो स्वास्थ्य भन्दा पनि वडाको विकासमा धेरै चिन्ता भएको बताउँने वडाअध्यक्ष थापा गएको स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्षका रुपमा निर्वाचित भएका हुन् । स्वतन्त्रबाट उम्मेदवार बनेका निवर्तमान वडाअध्यक्ष समेत रहेका लक्ष्मीप्रसाद ओलीलाई ६८ मतको अन्तरले हराउँदै एमालेका तर्फबाट वडाअध्यक्षका रुपमा थापा निर्वाचित भएका थिए ।

    दिनप्रतिदिन कमजोर बन्दै गएको शरिर आफैंले थाम्न नसक्ने अवस्थामा पुगेको भएपनि आफ्नो वडा कार्यालय अनि वडामा रहेका सबै टोलमा हरेक दिन पुग्न पाए हुन्थ्यो भन्ने ईच्छा व्यक्त गर्दै आएका थापा जीवनको लामो समय शिक्षण पेशामा आवद्ध थिए । कनकाई ६स्थित चम्पापुर माविबाट अवकास प्राप्त भएका थापा जनप्रतिनिधि हुनु अघिदेखी नै आफ्नो वडामा एक सफल न्यायधिस जस्तै भूमिकामा रहेर वडाबासीलाई सहयोग अनि सेवा प्रदान गर्दै आएका थिए । चम्पापुर माविको व्यवस्थापन समितिको अध्यक्ष समेत भएर विद्यालयको शैक्षिक गुणस्तरमा महत्वपूर्ण भूमिका खेलेका थापा स्थानीय स्तरका विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थामा नेतृत्वदायी भुमिकामा क्रियाशिल थिए ।

    शिक्षक पेशाबाट अवकास प्राप्त बाँकी जीवन जनताको सेवामा बिताउँने अठोटका साथ अघि बढेका वडाअध्यक्ष थापाले पहिलो आर्थिक वर्षको सफल नेतृत्व प्रदान गरी अहिले दोस्रो आर्थिक वर्ष समापनको घडीमा अघि बढ्दैथिए । वडाभित्रै भएको स्रोत साधनको परिचालन गर्ने परिकल्पनाका साथ दिगो आर्थिक व्यवस्थापनमा जुटेको वडाअध्यक्ष थापाको नेतृत्व स्रोत व्यवस्थापनको खोजीमा क्रियाशिल रहेको स्थानीयबासी बताउँछन् । आँफू स्वस्थ भएर फेरी पनि जनताको सेवामा आउँन सकेमा वडाभित्रको गौरवको योजना सहित अन्य केही महत्वपूर्ण कामलाई पूर्णता दिने वडाअध्यक्ष थापाले कनकाई खबरसँगको कुराकानीमा बताएका थिए ।

    कनकाई खबर परिवारका तर्फबाट स्वर्गवासी थापाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै परिवारप्रति धैर्यधारण गर्ने ईश्वरीय शक्ति प्राप्त होस भन्ने कामना गर्दछौं ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.